×

NMB BANK
NIC ASIA

स्वास्थ्य बीमा कार्यक्रमलाई जनपक्षीय रूपमा सञ्चालन गर्नुपर्छ : खगराज अधिकारी

साउन २५, २०७९

NTC
फाइल फोटो
Premier Steels

नेकपा एमालेका सांसद खगराज अधिकारीले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई जनपक्षीय रूपमा सञ्चालन गर्नुपर्ने माग गरेका छन् ।

Muktinath Bank

बुधवार प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्दै सांसद अधिकारीले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई खारेज गर्न लागेको आरोप लगाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारी अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रमलाई लागू गर्न नसकेको र सरकारले पनि भुक्तानी दिन नसकेको भन्दै उनले बीमा कार्यक्रमलाई सरकारले रद्द गर्न लागेको बताए । सांसद अधिकारीले स्वास्थ्य बीमा कार्यक्रममार्फत् ज्येष्ठ नागरिक, अपाङ्ग नागरिक तथा एचआईभी/एड्स संक्रमितहरूले लाभ लिइरहेकाले उनीहरूको स्वास्थ्यमाथि खेलवाड नगर्न अनुरोध गरे ।


Advertisment
Nabil box
Kumari

उनले यसलाई कुनै पनि हालतमा सरकारले जनपक्षीय रूपमा सञ्चालन गर्नुपर्ने बताए । उनले भने, ‘यो कार्यक्रमलाई रद्द गर्न खोजेका हौं ? ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूको हामीले हूर्मत लिन खोजेका हौं ? अहिले त ५ लाख डोज कोभिशिल्ड समेत हराएको छ स्वास्थ्य मन्त्रालयबाट । यस्तो अवस्थामा अलपत्र पारेर के गर्न खोज्दैछौं ? एकातिर हामी आयल कर्पोरेसनलाई मूल्य समायोजन गरेर महंगी घटाउनुपर्ने ठाउँमा १५/१५ दिनमा स्वचालित मूल्यको व्यवस्था गर्ने भनेर सरकार भन्छ तर अहिले घट्दा ४ रुपैयाँ, ९ रुपैयाँ, १३ रुपैयाँ घट्दाखेरी सरकारले घटाएको छैन । नेपालीलाई महंगो मारमा त पार्‍यो, पार्‍यो तर स्वास्थ्य क्षेत्रमा अत्यन्तै खतरनाक अवस्था आउँदैछ र स्वास्थ्य बीमा कार्यक्रम कोल्याप्स हुँदैछ । सरकारलाई सभामुखले गम्भीरतापूर्वक यसलाई कार्यान्वयन गर्न, स्वास्थ्य बीमा कार्यक्रमलाई कुनै पनि हालतमा जनपक्षीय रूपमा सञ्चालन गर्न । यो समाजवादको कार्यक्रमतर्फ उन्मुख कार्यक्रम यो मात्रै हो । सभामुखमार्फत् सरकारको ध्यानाकर्षण हुनेछ भन्ने कुरा म रुलिङको अपेक्षा गर्न चाहन्छु । स्वास्थ्य बीमा कार्यक्रम कोल्याप्स गर्न पाइँदैन । अपाङ्गता भएका जनताको स्वास्थ्यमाथि खेलवाड गर्न पाइदैन । ज्येष्ठ नागरिकमाथि खेलवाड गर्न पाइँदैन । एचआईभी/एड्स संक्रमितमाथि खेलवाड गर्न पाइँदैन । स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध सबैलाई स्वास्थ्य बीमा कार्यक्रममा समाहित गर्नका निम्ति जोडदार माग संसदीय दलको तर्फबाट गर्न चाहन्छु ।’

Vianet communication

समय माग गरी बोल्दै एमाले सांसद महेश बस्नेतले महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई तत्काल निलम्बन गर्न सरकारसमक्ष अनुरोध गरे । उनले महान्यायाधिवक्ता खातीले पदमा बसेर विवादित ठगी कामहरू गरेको आरोप लगाए । उनले भने, ‘नेपाल सरकारको महान्यायाधिवक्ता जस्तो गरिमामय पदमा बसेको र सरकारवादी मुद्दाको वकालत गर्नुपर्ने यस्ता विवादित, यस्ता फटाहा, यस्ता ठग, यस्ता अपराधी व्यक्तिहरू कुनै हालतमा राख्नुहुन्न र तत्काल प्रधानमन्त्रीले खम्बबहादुर खातीजीलाई निलम्बन गर्नका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु । हार्दिक माग गर्न चाहन्छु ।’

सांसद बस्नेतले देशभर बाढीबाट धनजनको क्षति भएको भएपनि प्रधानमन्त्री र गृहमन्त्रीले राहत र पुनःस्थापना गर्ने सम्बन्धमा उदासिनता देखाएको बताए । उनले यस सम्बन्धमा सरकारले संसदमा आएर जवाफ दिनुपर्ने माग पनि गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x