×

NMB BANK
NIC ASIA

चीन भ्रमण द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउन फलदायी : परराष्ट्रमन्त्रीमन्त्री खड्का

साउन २६, २०७९

NTC
Sarbottam
फाइल तस्बिर
Premier Steels
Marvel

परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्नो तीनदिने जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउन फलदायी भएको बताएका छन् ।

Muktinath Bank

चीन भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे जानकारी गराउँदै उनले विश्वव्यापी कोभिड–१९ को महामारीका कारण केही समयदेखि नेपालको तर्फबाट चीनतर्फ उच्चस्तरमा द्विपक्षीय भ्रमण हुन नसकिरहेका अवस्थामा यो भ्रमण महत्वपूर्ण रहेको बताए । 
उनले यस किसिमको भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप प्रगाढ तुल्याउन मद्दत पुग्ने कुरामा आफू विश्वस्त रहेको बताए । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ यही साउन २४ देखि २६ गतेसम्म चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री खड्काले भ्रमणका क्रममा स्टेट काउन्सिलर र आफ्नो बीचमा द्विपक्षीय मामिलालगायतका समान चासोका विभिन्न विषयमा छलफल भएको जानकारी गराउँदै भने, “चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले मेरो मैत्रीपूर्ण निमन्त्रणामा गत मार्च २५ देखि २७, २०२२ सम्म नेपालको औपचारिक भ्रमण गर्नुभएको कुरा म यहाँ स्मरण गर्न चाहन्छु । उक्त भ्रमणमा महत्वपूर्ण समझदारीमा हस्ताक्षर भएको कुरा यहाँहरुलाई अवगत नै छ । मेरो यो भ्रमणले ती समझदारीको कार्यान्वयनको लेखाजोखा गर्न र आपसी हितका थप विषयमा छलफल र सहमतिमा पुग्न सहयोग पु¥याएको छ ।”


Advertisment
Nabil box
Kumari

दुवै मन्त्रीबीच भएको प्रतिनिधिमण्डलस्तरको वार्तामा नेपाल–चीन सम्बन्ध तथा सहयोगका महत्वपूर्ण विषयमा कुराकानी गर्नुका साथै द्विपक्षीय व्यापार, सम्पर्क सञ्जाल, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, कृषि, प्रकोप व्यवस्थापन, शिक्षा, संस्कृति, जनस्तरको सम्बन्धजस्ता क्षेत्रमा थप सहयोग प्रवद्र्धन गर्न सहमति भएको छ । मन्त्री खड्काले चिनियाँ समकक्षीको गत मार्च २०२२ मा भएको नेपाल भ्रमणपश्चात् दुई देशका सम्बन्धमा भएका प्रगतिका बारेमा समीक्षा गरिएको बताए । 

Vianet communication
Laxmi Bank

उक्त भ्रमणपश्चात् विभिन्न संयन्त्रका बैठक सम्पन्न भएका छन् भने नेपाल–चीन हवाई सेवा सञ्चालन भई नेपाली विद्यार्थीको चीन फिर्ता हुनेक्रम सुरु भइसकेको छ । मन्त्री खड्काले एक चीन नीतिप्रति नेपालको दृढ प्रतिबद्धता रहेको बताउँदै नेपाली भूमि चीनको विरुद्धमा प्रयोग हुन नदिने कुरामा विश्वास दिलाएको बताए । 

यस्तै चिनियाँ मन्त्री विदेश यीले पनि नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता तथा भौगोलिक अखण्डताप्रति चीनको निरन्तर र निःशर्त समर्थन रहेको कुरा दोहो¥याएका थिए । साथै उनले नेपालको विकासको प्रयासमा नेपाल सरकारको प्राथमिकताबमोजिम चीन सरकारको निरन्तर सहयोग रहने विश्वास दिलाएका थिए । 
द्विपक्षीय बैठकका दौरान विगतमा भएका उच्चस्तरीय भ्रमणका अवसरमा सम्पन्न महत्वपूर्ण समझदारीलाई प्राथमिकताका साथ समयमै कार्यान्वयन गर्ने विषयमा जोड दिइएको छ । त्यस्तै विदेशमन्त्री यीले चीनको सहयोगमा नेपालमा सञ्चालित विकास आयोजनालाई समयमै सम्पन्न गर्ने विश्वास दिलाएकाे उनले बताए । 

वार्तामा दोस्रो चरणको काठमाडौँ रिङरोड सुधार परियोजनाको कार्य यथाशीघ्र सुरु गर्ने सहमति भएको छ । केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन चीन सरकारको अनुदान सहायतामा गर्ने सहमति भएको छ । यसका लागि यसै वर्षभित्र चिनियाँ प्राविधिक टोली खटाउने कुराकानी भएको मन्त्री खड्का स्वदेश फिर्तापछि मन्त्रालयले आज जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

यसैगरी गत मार्चमा भएको सम्झौताबमोजिम नेपाल–चीन सीमा पार प्रसारण लाइनको पूर्वसम्भाव्यता अध्ययनमा समेत यथा समयमा सम्पन्न गर्ने विश्वास चिनियाँ विदेशमन्त्रीले दिलाएका छन् । वार्ताका अवसरमा चिनियाँ स्टेट काउन्सिलर यीले चीनले नेपाललाई उपलब्ध गराउँदै आएको वार्षिक अनुदानअन्तर्गत सन् २०२१ का लागि ८० करोड आरएमबी बराबरको सहयोग प्रदान गर्ने घोषणा गरेका छन्।

नेपालको अनुरोधमा चिनियाँ पक्षले नेपालमा रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने र नेपाललाई उपयुक्त परिमाणमा रासायनिक मल उपलब्ध गराउने विषयमा सकारात्मक कुराकानी भएको छ । नेपाललाई रासायनिक मल उपलब्ध गराउन र बजेटरी सपोर्टका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका अवसरमा घोषणा गर्नुभएको तीन अर्ब ५० करोड आरएमबीको सहायता उपयोग गर्नेबारेमा रचनात्मक कुराकानी भएको छ । त्यसैगरी चिनियाँ पक्षले नेपालको कृषि क्षेत्रमा सहयोग गर्ने सहमति जनाएको छ ।

नेपालको उत्पादन क्षमता बढाउन, नेपालमा लगानी प्रवद्र्धन गर्न, नेपाली चिया चीनमा निर्यात गर्न तथा परम्परागत औषधिजन्य जडीबुटीका क्षेत्रमा सहयोग बढाउन चिनियाँ लगानीकर्तालाई प्रोत्साहित गर्ने विषयमा सकारात्मक कुराकानी भएको प्रेस नोटमा उल्लेख छ । दुवै पक्षले सीमा नाकामा संयुक्त महामारी नियन्त्रण संयन्त्र स्थापना गर्ने सहमति भएको छ । 

यसैगरी तिब्बतमा देखिएको पछिल्लो लहरको कोभिड महामारी नियन्त्रणमा आएपछि रसुवा–केरुङ तथा तातोपानी–झाग्मु नाकाबाट दुईतर्फी व्यापार सञ्चालन गर्ने र हिल्सा–पुलाङ नाकालाई एकतर्फीरूपमा खोल्ने सहमति भएको छ ।

नेपालको अनुरोधमा ३० लाख आरएमबी बराबरको विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि अत्यावश्यक उद्धार तथा बन्दोबस्तीका सामान र २० लाख आरएमबी बराबरको औषधि तथा स्वास्थ्य सामग्री प्रदान गर्न चिनियाँ पक्ष सहमत भएको छ । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x