कात्तिक २८, २०८०
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी मस्को सम्मेलनमा पश्चिमको कठोर आलोचना गरेका छन् ।
पश्चिमका अभिजातहरूले आफ्नो एकल प्रभुत्व कायम राख्नका लागि कोशिश गरिरहेको चेतावनी उनले दिए ।
कथित संयुक्त पश्चिमले युरोपेली सुरक्षा प्रणालीलाई जानाजान भत्काइरहेको उनको भनाइ छ । युरोपको सुरक्षा बलियो बनाउने बहानामा नेटोलाई पूर्वी युरोपतर्फ विस्तार गर्न उनीहरूले खोजेको पुटिनले बताए ।
अमेरिकाले युक्रेन द्वन्द्वलाई लम्ब्याउन खोजेको र एसिया, अफ्रिका तथा दक्षिण अमेरिकामा द्वन्द्व भड्काउन कोशिश गरिरहेको आरोप पनि पुटिनले लगाए ।
अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीले उत्तेजना फैलाउने योजनाका साथ ताइवान भ्रमण गरेको पसटिनको भनाइ छ । एसिया प्रशान्त क्षेत्रलाई अस्थिर बनाउने रणनीतिअन्तर्गत उनको भ्रमण भएको पुटिनले बताए ।
युक्रेनमा पश्चिमले रुसविरोधी परियोजना कार्यान्वयन गरिरहेको पुटिनको दाबी छ । युक्रेनमा फैलिरहेको नवनाजी विचारधारा तथा डोनबास निवासीहरूको सामूहिक हत्याप्रति पश्चिमले आँखा चिम्लेको आरोप उनले लगाए ।
संयुक्त राष्ट्रसंघको बडापत्रमुताबिक विशेष सैन्य कारवाही चलाउने निर्णय लिइएको पुटिनले स्पष्ट पारे ।
विशेष कारवाहीका लक्ष्यहरू स्पष्ट रूपमा परिभाषित गरिएको उनको भनाइ छ । रुस तथा रुसी नागरिकको सुरक्षा सुनिश्चित गर्ने र डोनबासका निवासीहरूको संरक्षण गर्ने लक्ष्य सैनय कारवाहीले लिएको उनले बताए ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय निकाय (यूएनआरडब्लुए) का प्रमुखले गाजामा जारी युद्धमा आफ्ना १०० भन्दा बढी कर्मचारीको मृत्यु भएको शुक्रबार बताएका छन् । “यूएनआरडब्लूएका अभिभावक...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...