×

NMB BANK
NIC ASIA

निर्वाचनमा मिथ्या सूचना रोक्न कठिनाइ छ : मन्त्री कोइराला

साउन ३१, २०७९

NTC
Premier Steels

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाले सामाजिक सञ्जालको हाबी बढी भएकाले निर्वाचनमा मिथ्या सूचना सम्प्रषेण रोक्न कठिनाइ भएको बताएका छन् ।

Muktinath Bank

नेपाल मतदाता अधिकार मञ्चले आज ‘निर्वाचनमा फैलने मिथ्या, भ्रामक एवं गलत सूचना र घृणास्पद अभिव्यक्ति नियन्त्रणमा नीति निर्माताको भूमिका’ विषयक अन्तक्र्रियामा उहाँले सामाजिक सञ्जाल नियन्त्रण गर्ने संयन्त्र नबनाएसम्म यस्ता सूचना रोक्न नसकिने बताए । 
      
“कुनै पनि घटनामा प्रमाणित नभएसम्म दोषी ठहर गर्न मिल्दैन, निर्वाचनका समयमा विभिन्न दलका नेताले अपशब्द प्रयोग गरेको पाइन्छ”, मन्त्री कोइरालाले भने, “संसद्मा बोल्ने शब्द, अरु समुदायमा बोल्ने शब्दको अध्ययन गर्नुपर्ने जरुरी छ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले लोकतन्त्रमा मर्यादा र शिष्टता नै नेपालीपन भएको उल्लेख गर्दै जुनसुकै माध्यमबाट प्रयोग भएको भए पनि अमर्यादित शब्दलाई कानुनले नियमन गर्नुपर्ने बताए । 
     
कार्यक्रममा जनता समाजवादी पार्टीका सचेतक प्रमोद शाह र लोकतान्त्रिक समाजवादी पार्टीका सचेतक उमाशङ्कर अरगरीयाले निर्वाचनमा फैलने मिथ्या, भ्रामक एवं गलत सूचना र घृणास्पद अभिव्यक्ति नियन्त्रण गर्ने कानुनी व्यवस्था नै गर्नुपर्नेमा जोड दिए । 
      
कार्यक्रममा अधिवक्ता सन्तोष सिग्देलले ‘निर्वाचनमा मिथ्या, गलत सूचना र घृणास्पद अभिव्यक्ति’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । 


Advertisment
Nabil box
Kumari

मञ्चका अध्यक्ष भक्त विश्वकर्माले निर्वाचनमा फैलने मिथ्या, भ्रामक एवं गलत सूचना र घृणास्पद अभिव्यक्ति नियन्त्रण गर्न नीतिगत रुपमा व्यवस्था गर्ने उद्देश्यले छलफलको प्रारम्भ गरेको बताए । रासस

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x