×

NMB BANK
NIC ASIA

सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

भदौ १, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कैलालीकी मनिषा विकको माइतीघर महेन्द्रनगर हो । 

Muktinath Bank

उनी ओल्के पर्व मनाउन छोराछोरीसहित मङ्गलबार नै माइत जाने तयारीमा जुटेकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले ओल्केस्वरुप माइत लैजान आफ्नो बारीमा रहेका तरकारी कर्कलो, चिचिन्डा, भिन्डी, भान्टालगायतका तरकारीको पोको पारिन् ।


Advertisment
Nabil box
Kumari

बिहानै माइत हिँडेकी उनले मान्यजनको सम्मानस्वरुप सो पर्वका अवसरमा कोसेली लगेर जाने गरिएको प्रचलन गरेको जानकारी दिइन् 

Vianet communication
Laxmi Bank

 “माइत जाने अवसर पनि मिल्छ, घरमा भएका तरकारी तथा फलफूल लगेर जाने गरिन्छ”, विक भन्छन्, “माइत गएर मीठो खाने, भेटघाट हुने र रमाइलो गर्ने गरिन्छ ।”

टीकापुरकी रमा देवकोटा पनि ओल्के पर्वका अवसरमा कोसेली बोकेर मामाघर हिँडेकी छन् । उनी हरेक वर्षजसो ओल्के पर्वको अवसरमा मामाघर जान्छिन् । 

“मामाघर जान्छु, मीठो खानपान गर्ने र रमाइलो गरिन्छ”, उनले भनिन्, “ओल्के लिएर गएपछि मामाघरमा दान–दक्षिणा तथा लुगाकपडा दिने चलन छ । आफूले सकेको दिने चलन छ ।”

वर्षात्को समयमा बाढी, पहिराजस्ता विपद्का घटना धेरै हुन्छन् । ओल्के पर्वमा विपद्बाट ज्यान र सम्पत्ति जोगिएको भन्दै खुसीयालीस्वरुप मनाउने गरिएको पनि बताइन्छ । 

ओल्के पर्व सुदूरपश्चिमको आफ्नै मौलिक पर्व हो । 

आफूभन्दा ठूलाबडा, मान्यजन र ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप ‘ओल्को’ अर्थात् उपहार दिने चलन छ । उपहारमा हरियो सागपात तथा फलफूल अनिवार्य दिइन्छ ।

वर्षायामका वैशाखदेखि साउनसम्मको समयमा रोगव्याधि तथा महामारी फैलने जोखिम रहन्छ ।

यही समयमा विभिन्न प्राकृतिक विपत्ति आउनसक्ने समय मानिन्छ । यस्तो सङ्कटग्रस्त समयमा मरिन्छ कि भनेर वैशाख सङ्क्रान्तिमा विशु मनाउने र बाँचेको खुसीयालीमा भदौ सङ्क्रान्तिमा ओल्के मनाउने प्रचलन रहिआएको अगुवाहरू बताउँछन् ।

साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्वका साथ ओल्के पर्व मनाइने परम्परा रहिआएको संस्कृतिका जानकार तथा वीरेन्द्र विद्या मन्दिरका प्रधानाध्यापक फणिन्द्रराज रेग्मी बताउँछन् ।

“साउन मसान्तसँगै सुदूरपश्चिममा ओल्के पर्वको रमझम शुरू हुन्छ । यो पर्वसँग सुदूरको परम्परा, संस्कृति र एकअर्काप्रतिको सम्मान जोडिएको छ”, उनी भन्छन्, “हरेक पर्वले मानिसलाई सभ्य र एकअर्काप्रतिको सम्मान बढाउँछ ।” 

पर्वका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x