×

NMB BANK
NIC ASIA

दुई महिनापछि ‘ट्रान्सफर स्टेसन’को फोहर व्यवस्थापन

भदौ २, २०७९

NTC
Premier Steels

विगत दुई महिनादेखि टेकु ट्रान्सफर स्टेसनमा थुपारिएको फोहर व्यवस्थापनको काम भएको छ । उक्त फोहर व्यवस्थापनका लागि सहयोगी भेटेपछि काठमाडौँ महानगरपालिकाले आजबाट उक्त कार्य थालेको हो ।

Muktinath Bank

सो स्थानमा लामो समयदेखिको फोहर रहेकाले सबै फोहर अन्तिम व्यस्थापनस्थलसम्म लैजानका लागि भने थप केही दिन लाग्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । लामो समयदेखि काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहर अन्तिम व्यवस्थापनस्थलसम्म लैजान नपाएपछि महानगरले टेकुमा थुपारी प्लास्टिकले छोपेर राखेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पटक–पटक सिसडोल र बञ्चरेडाँडाका सथानीयवासीले विभिन्न माग राखेर फोहर व्यवस्थापनमा अवरोध गरेपछि उपत्यकाको फोहर व्यवस्थापन हुन सकेको थिएन । फोहर व्यवस्थापनका सम्बन्धमा बुधबार काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी तथा सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीबीच भएको चार बुँदे सहमतिपछि बिहीवारदेखि साविक बमोजिम फोहर व्यवस्थापन कार्य भएको हो ।  


Advertisment
Nabil box
Kumari

काठमाडौंको फोहर बञ्चरेडाँडासम्म र्लैजानका लागि विभिन्न पेशा तथा व्यवसाय क्षेत्रले पनि सहयोग गरेका छन् । यस क्रममा बिहीवार नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले पठाएका १८ टिपर फोहर बोकेर ल्याण्डफिल साइट पुगेका छन् । 

Vianet communication

समानान्तर निर्माण सेवाले पनि पूर्ण निःशुल्क सेवा दिने गरी ३० वटा टिपर उपलब्ध गराएको छ । यी टिपर पनि बिहानै फोहर बोकेर ल्याण्डफिल साइट पुगिसकेको महानगरको वातावरण विभागका प्रमुख सरिता राईले जानकारी दिइन् । नगर प्रमुख बालेन्द्र साहले फोहर व्यवस्थापन कार्यलाई वातावरण र स्वास्थ्यमैत्री बनाउने प्रयासमा जोड दिए । 

मालबाहक टिपर व्यवसायीले सामाजिक जिम्मेवारी पूरा गर्ने क्रममा फोहर ढुवानीमा सहयोग गर्ने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका मालबाहकतर्फका उपाध्यक्ष यादवलाल श्रेष्ठले बताए । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x