×

NMB BANK
NIC ASIA

नेताहरूको स्मरणमा प्रदीप गिरीः ‘उनको सादगी जीवनबाट सबैले सिक्नुपर्छ’

भदौ ५, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस नेता स्व. प्रदीप गिरी निडर नेता भएको बताएका छन् । आइतवार बिहान गिरीलाई श्रद्धाञ्जली दिन मेडिसिटी अस्पताल पुगेका उनले गिरी आफ्नो कुरा स्पष्टसँग राख्नसक्ने निडर नेता भएको बताएका हुन् । गिरीको सादगी जीवनबाट नेपालका राजनीतिज्ञहरूले सिक्नुपर्ने उनको भनाइ थियो । 

Muktinath Bank

कोइरालाले भने, ‘उहाँ निडर मान्छे । पार्टीले मलाई के गर्छ, कसो गर्छ भन्ने पनि थिएन । त्यसलाई कसैले अराजक भन्ला, कसैले विचारक भन्ला, कसैले पार्टीभन्दा अलिकति माथि भन्ला यो आफ्नो ठाउँमा छ । उहाँबाट हामीले सिक्नुपर्ने भनेको सादगी जीवन पनि हो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै गृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाणले गिरी नेपाली राष्ट्रियताको सम्बर्द्धन र जनताको अधिकारलाई स्थापित गर्न जीवनभर लागिरहेका बताए । गिरीले कांग्रेसलाई समावेशी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए । 


Advertisment
Nabil box
Kumari

गृहमन्त्री खाणले भने, ‘नेपालको राजनीतिमा उहाँको प्रतिवद्धता प्रजातान्त्रिक समाजवादप्रति थियो । प्रजातान्त्रिक समाजवादको एउटा प्रखर चिन्तककै रुपमा हुनुहुन्थ्यो उहाँ । उहाँको राजनीति दार्शनिक ढंगको थियो । राजनीतिलाई सही दिशामा लिएर जाने, नेपालको राष्ट्रियताको सम्बर्द्धन र जनताको जनाधिकारलाई स्थापित गर्ने क्रममा उहाँ जिन्दगीभर लागिरहनु भयो ।’ 

Vianet communication

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गिरीलाई समाजवादी विचारका चिन्तक तथा अध्ययनशील व्यक्तित्वको रूपमा उल्लेख गरे । गिरी कम्युनिष्ट र कांग्रेस मिलेर नै देशको विकास गर्नुपर्छ भन्ने पक्षमा रहेका पाण्डेले बताए । विगतमा पञ्चायतविरुद्ध कम्युनिष्ट र कांग्रेसको एकताको पक्षमा गिरी रहेकै कारणले पनि सो आन्दोलन सफल भएको उनले स्मरण गरे । 

अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले गिरी नेपाली राजनीतिको एउटा ताराको रूपमा रहेको उल्लेख गरे । गिरीलाई सादगी जीवन जिउने निष्ठावान राजनीतिज्ञको रूपमा अथ्र्याउँदै उनले गिरीले लोकतन्त्र र समाजवादको गहिरो व्याख्या गर्ने गरेको स्मरण गरे । 

नेपाली कांग्रेसका नेता उदयसमशेर राणाले प्रदीप गिरी निःस्वार्थी नेता भएको उल्लेख गरेका छन् । कुनै पनि लोभ नरहेको भन्दै राणाले सांसद बनेर सरकारलाई दबाब दिनुमात्रै उनको चाहना रहेको बताए । 

७५ वर्षीय गिरीको शनिवार राति साढे ९ बजे उपचारका क्रममा मेडिसिटी अस्पताल निधन भएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x