×

NMB BANK
NIC ASIA

पहिरो पीडितलाई दशैंमा नयाँ घर

भदौ ७, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

लमजुङका बाढीपहिरो पीडितले आगामी दशैंमा नयाँ घर पाउने भएका छन् । जिल्लाको मस्र्याङ्दी गाउँपालिका–३ अर्खलेगाउँका पहिरोपीडितका लागि निजी आवास निर्माणकार्य आगामी दशैं अगावै सम्पन्न हुने भएकाले दशैंबाट नयाँ घरमा बस्न पाउने भएका हुन् । 

Muktinath Bank

दुई वर्ष अघिदेखि विस्थापित यहाँका १८ घरपरिवार हालसम्म कोही आफन्तको सहारा र कोही त्रिपाल एवं जस्तापातामुनि कष्टकर जीवन बिताउँदै आएका छन् । गाउँपालिकाका अनुसार अर्खलेबेँसी र अर्खलेबेँसी पारि मस्र्याङ्दी गाउँपालिका– ६ को लाम्पाटाबगरमा घर निर्माण भइरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाउँका १८ घरलाई स्थानान्तरणका लागि घर निर्माण भइरहेको र निर्माणकार्य अन्तिम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । उक्त पीडितमध्ये लाम्पाटा बगरमा ११, अर्खलेबेँसीमा ६ घर निर्माणाधीन छन् । 


Advertisment
Nabil box
Kumari

त्यस्तै, एक घर बाहुनडाँडामा बन्ने चरणमा रहेको गाउँपालिकाले जनाएको छ । पहिरोले गाउँ नै जोखिममा परेपछि स्थानान्तरणका लागि नयाँ घरमा निर्माण तीव्र गतिमा अघि बढिरहेको र दशैंमा नयाँ घरमा उनीहरू बस्न पाउने गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ ।

Vianet communication

प्रतिपरिवारका लागि रु सात लाखको लागतमा घर निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार यसमा संघ सरकारको ५० प्रतिशत, गण्डकी प्रदेश सरकारको ३० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत बजेट रहेको छ । उक्त रकममध्ये जग्गा खरिदका लागि रु तीन लाख र घर बनाउन साढे चार लाख बजेटको व्यवस्था छ । विसं २०७७ मा अर्खले गाउँमा पहिरो आएपछि सिङ्गो गाउँ नै विस्थापित भएको थियो । 

सो पहिराले जोखिम बढाउँदै आएपछि विसं २०७५ मा घरमा नबस्न वडा कार्यालयले अनुरोधसमेत गरेको थियो । तर उनीहरुले पहिराको बेवास्ता गर्दै आएपछि विसं २०७७ मा गएको पहिराले गाउँ नै विस्थापित बनाएको थियो । घर नुहँदा कष्टकर जीवन बिताउँदै आएका उनीहरुले यसपालिकाको दशैंमा नयाँ घर पाउने भएसँगै हर्षित भएका छन् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x