×

NMB BANK
NIC ASIA

देउवा – ओली भेट

देउवासँग एमालेले राख्यो ४ विषयमा सरोकार, राष्ट्रपतिविरुद्ध मसल देखाएकोमा आपत्ति

भदौ ८, २०७९

NTC
Premier Steels

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ४ वटा विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।

Muktinath Bank

एमाले अध्यक्ष केपी शर्मा ओली लगायत एमाले नेताले बुधवार देउवासँग भेट गरी नागरिकता विधेयक लगायत ४ विषयमा ध्यानाकर्षण गराएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भेटमा सहभागी एमाले उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनको निष्पक्षता, नागरिकता विधेयक, संक्रमणकालीन न्याय सम्बन्धी विधेयक र महंगीको विषयमा छलफल भएको जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

‘निर्वाचनको मिति घोषणा गर्ने बेला प्रमुख प्रतिपक्षसँग कुरा भएन तर पनि चुनाव घोषणा भएकोमा स्वागत गरेका छौं, चुनावमा सत्ताको दुरुपयोग नहोस् भनेर प्रधानमन्त्रीसँग गम्भीर कुरा गरेका छौं,’ भेटपछि पौडेलले भने । 

Vianet communication

नागरिकता विधेयक पुनर्विचारका लागि राष्ट्रपतिले प्रतिनिधि सभालाई फिर्ता पठाएपछि सत्तापक्षले बाहुबली शैली देखाएकोमा एमालेले आपत्ति जनाएको छ ।

‘संविधानले नचिन्ने संसद बाहिरका नेताले राष्ट्रपति विद्या भण्डारीविरुद्ध मसल देखाएर विधेयक पारित गरेकोमा हामीले असहमति जनाएका छौं, राष्ट्रपतिले पुनर्विचार गर्न पठाएपछि किन प्रतिपक्षसँग छलफल गरिएन भनेर सरकारको जवाफ माग्यौं,’ पौडेलले भने । 

तेस्रो विषय संक्रमणकालीन न्याय सम्बन्धी विधेयक अगाडि बढाउँदा पीडितले न्याय पाउने सुनिश्चितताबारे सरकारको ध्यानाकर्षण गराइएको पौडेलले बताए । ‘बेपत्ता छानबिन र सत्य निरुपण विधेयक अगाडि बढाउँदा पीडितले न्याय पाउने कुराको सुनिश्चितता गर्नुस् भनेका छौं,’ पौडेलले भने । 

एमालेले बजारमा भइरहेको महंगीको विषयमा पनि सरकारको ध्यानाकर्षण गराएको छ । ‘बजार महंगीले सर्वसाधारण नागरिकको जीवन कष्टकर भएको विषयमा हामीले प्रभावकारी उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका छौं,’ पौडेलले भने । 

एमालेले उठाएका विषयमा आफ्नो ध्यानाकर्षण भएको देउवाले बताएका थिए । उनले महंगी नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताए । देउवा र ओलीबीचको भेटमा एमालेबाट उपाध्यक्षद्वय विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ तथा कांग्रेसको तर्फबाट सञ्चारमन्त्री समेत रहेका नेता ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x