×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन २०७९

एमालेले तय गर्‍यो उम्मेदवार छनोटको मापदण्ड– लोकप्रियता र विजयको सुनिश्चितता पहिलो प्राथमिकता

भदौ ९, २०७९

NTC
Premier Steels

नेकपा एमालेले चारवटा विषयलाई आधार मानेर आसन्न निर्वाचनमा उम्मेदवार छनोट गर्ने भएको छ । शुक्रवार बस्ने केन्द्रीय कमिटी बैठकले उम्मेदवार छनोटको मापदण्ड पारित गर्ने तयारी भएको छ । 

Muktinath Bank

बिहीवार बसेको पोलिटब्युरो बैठकमा उम्मेदवार छनोटका मापदण्डबारे छलफल भएको थियो । पार्टी प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले चारवटा मापदण्डका आधारमा उम्मेदवार छनोट गरिने जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेले तय गरेको मापदण्डमा पार्टीको नीति र कार्यक्रमप्रतिको प्रतिबद्धतालाई पहिलो आधार मानिएको छ । यस्तै आन्दोलनमा दिएको योगदान र पार्टीप्रतिको निष्ठालाई दोस्रो तथा लोकप्रियता र विजयको सुनिश्चिततालाई तेस्रो तथा महत्वपूर्ण आधार बनाइएको छ । 


Advertisment
Nabil box
Kumari

संविधानअनुसार सन्तुलन र समावेशीको सिद्धान्तलाई चौथो आधार मानिने गुरुङले बताए । प्रस्तावित मापदण्डलाई केन्द्रीय कमिटीबाट अनुमोदन गरिने छ । प्रत्यक्ष चुनाव लड्न डराउने र पटक–पटक समानुपातिकबाट सीट सुरक्षित गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न समानुपातिक सांसद दोहोरिन नपाउने विषयलाई एउटा आधार बनाउन पोलिटब्युरो सदस्यहरूले माग गरेका छन् ।

Vianet communication

बिहीवारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भोलि केन्द्रीय कमिटीमा पेश गर्ने राजनीतिक प्रतिवेदनमाथि सुझाव मागेका थिए । ओलीले मौखिक मन्तव्य राख्दै राजनीतिक प्रतिवेदनमा समेट्नु पर्ने विषय माग गरेका थिए । 
शुक्रवार र शनिवार बस्ने केन्द्रीय कमिटी बैठकले चुनावी रणनीति र उम्मेदवार छनोटको मापदण्ड तय गर्नेछ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x