×

NMB BANK
NIC ASIA

सास्तीमा सेवाग्राही

राहदानी विभागमा बिचौलियाको बोलवाला– पासपोर्टका लागि अनलाइन फारम भरेकै ८ हजारसम्म [भिडियो]

भदौ १०, २०७९

NTC
Premier Steels

अमेरिकाको इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी)का लागि आवेदन दिने समय नजिकिँदा राहदानी विभागमा पासपोर्ट बनाउनेहरूको भीड लाग्न थालेको छ ।

Muktinath Bank

दुई वर्ष अघिदेखि डीभीका लागि पासपोर्ट अनिवार्य गरिएपछि डीभीको सिजनमा पासपोर्ट बनाउनेहरूको भीड लाग्ने गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २०२४ का लागि आउँदो अक्टोबरमा डीभीको आवेदन खुल्दैछ । डीभी खुल्न अब एक महिना र केही दिन मात्र बाँकी छ । त्यसको चाप अहिले राहदानी विभागमा देखिन थालेको छ ।


Advertisment
Nabil box
Kumari

डीभी, वैदेशिक रोजगारीदेखि विभिन्न प्रयोजनका लागि विद्युतीय राहदानी (ई-पासपोर्ट) बनाउन राहदानी विभाग पुग्नेहरू सास्ती भोग्न बाध्य छन् ।

Vianet communication

कतिपयले त बिचौलियालाई ८ हजार रुपैयाँसम्म बुझाएर फारम भर्नुपरेको सुनाए ।

द्रुत गतिमा राहदानी बनाउनका लागि दाङबाट काठमाडौं आएका हेमराज गिरी विगत ५ दिनदेखि राहदानी लिने लाइनमा बसिरहेका छन् ।

यसबीचमा अनलाइन फारम भर्न बिचौलियालाई ८ हजार बुझाउनुपरेको उनले सुनाए ।

'पासपोर्ट बनाएको १२ हजार तिर्नुपर्छ, त्यो हाम्रो दायित्व हो । सर्भरको समस्या आदि विभिन्न कारणले मैले आफैँ फारम भर्न नमिल्दा बिचौलियालाई ८ हजार रुपैयाँ तिर्नुपर्‍यो," गिरीले लोकान्तरसँग गुनासो पोखे ।

गाडी भाडा, बास, खाना, पासपोर्ट शुल्क, दलालको चार्ज आदि जोड्दा आफ्नो ५० हजार खर्च भएको उनले सुनाए ।

'यो देशमा सरकार कहाँ छ ? देश श्रीलंका भइसक्यो, न राम्रोसँग सेवा सुविधा दिन सक्छ, न रोजगार नै दिन सक्छ । म यो देशमा किन बस्ने ?' उनले आक्रोश पोखे ।

तनहुँका दीपक विकले पनि पासपोर्ट बनाउन भन्दै काठमाडौं आएको ५ दिन बितेको सुनाए ।

बिचौलियाहरूले २० हजार दिए भोलि नै पासपोर्ट हातमा पर्छ भनेर खुलमखुला बार्गेनिङ गर्ने गरेको उनले सुनाए ।

'सिधै बिचौलियाले भन्छन्, हाम्रो भित्र सेटिङ छ । २० हजार दिनुस्, म भोलि नै तपाईको हातमा पासपोर्ट दिन्छु,' बिकले लोकान्तरसँग गुनासो पोखे ।

भैरहवाका राजेश पाण्डे र गणेश पाण्डे (दाजुभाइ) अनलाइन फारम जिल्लाबाटै भरेर आएका रहेछन् । सञ्चार कर्म छाडेर विदेशिन लागेको उनीहरूको भनाइ थियो ।

'हामी पनि तपाईं जस्तै मिडियाकर्मी नै हौं, तर कोरोनाले चौपट बनाएपछि विदेश जाने सोच आएको हो,' दाजु गणेश पाण्डेले भने ।

उनीहरूले भैरहवामा साप्ताहिक पत्रिका चलाएका रहेछन् ।

'भैरहवामा साप्ताहिक पत्रिका थियो। छपाइमा धेरै खर्च हुने तर कोरोनाले गर्दा आम्दानी भने हुँदै नहुने, बिजोग बनाएर छाड्यो,' गणेशले दुखेसो पोखे ।

संगै रहेका भाइ राजेशले थपे– 'अब त नागरिकता पनि बेच्न पाए बेचिदिने सोचेको छु । नेताले देश बिगारे ।'

तेह्रथुमकी हुमादेवी निरौलाले जिल्लाबाट समय लाग्छ भनेर काठमाडौं आए पनि दु:ख पाएको सुनाइन् ।

'१५ दिनमा त जिल्लामै बन्छ भन्थे । त्यो ढिला होला भनेर ३ दिनमै बन्ने आशाले यता आएकी हुँ । आएको एक साता भयो । १५ दिन नै लाग्ला जस्तो छ,' उनले दुखेसो पोखिन् ।

आफू वैदेशिक रोजगारीका लागि दुबई जान लागेको उनको भनाइ छ ।

२०७८ मंसिर १ गतेदेखि विद्युतीय राहदानी अनिवार्य गरिएको  हो । राहदानी विभागबाट प्राप्त विवरणअनुसार अहिले दैनिक ६ हजार ५ सय राहदानी प्रिन्ट भइरहेको छ ।

असार मसान्तसम्म कुल ४ लाख ७८ हजार ७ सय २९ विद्युतीय राहदानी जारी भएको विभागले जनाएको छ ।

७७ वटा जिल्ला र १८ वटा इलाका प्रशासन कार्यालयबाट विद्युतीय राहदानी वितरण गरिन्छ ।

विभागले दैनिक २ हजार ५ सय आवेदन फारम बुझिरहेको छ ।

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x