×

NMB BANK
NIC ASIA

टोखा नगरभित्रका तार व्यवस्थित गरिने

भदौ ११, २०७९

NTC
Premier Steels

टोखा नगरपालिकाले विद्युत्, इन्टरनेट, टेलिफोनलगायत तार व्यवस्थित गर्ने भएको छ । नगरपालिकाले विद्युत्, इन्टरनेट, टेलिफोनलगायत सेवाप्रदायक कम्पनीसँग बसेको बैठकमा पुराना तार हटाउने र व्यवस्थित गरेर राख्ने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शङ्करराज पाठकले नगरपालिकाभित्र अव्यवस्थित तार व्यवस्थित गर्नका लागि नगरपालिकाले सम्बन्धित निकायसँग बैठक बसेर निर्णय गरेको जानकारी दिए । 

Muktinath Bank

टोखा नगरपालिकाभित्र रहेका सेवा प्रदायक कम्पनी अब अनिवार्यरुपमा नगरपालिकामा दर्ता हुनुपर्ने भएको छ । सुरुको चरणमा सामाखुसी चोकदेखि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालसम्मको मुख्य सडकमा रहेको तार व्यवस्थित गरिने प्रमुख प्रशासकीय अधिकृत पाठकले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरपालिकाभित्र दर्ता नहुने वा अव्यवस्थितरुपमा तार छोड्ने कम्पनीलाई भने नगरपालिकाले कारबाही गर्ने जनाएको छ । नगरपालिका भित्रको तारलाई व्यवस्थित गर्न टोखाले सबै वडाको वडाध्यक्ष संयोजक र सम्बन्धित सेवा प्रदायक कम्पनीका प्रतिनिधि सदस्य रहनेगरी समितिसमेत गठन गरेको छ । उक्त समितिले आफ्नो वडाभित्र रहेका अव्यवस्थित तारको अध्ययन गरी त्यसलाई व्यवस्थित गर्न सम्बन्धित निकायसँग सहकार्य गर्ने बताइएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा ११ वडा रहेका छन् । 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

बैशाख १२, २०८१

नेपाली युवाहरूको संस्था निलुवा समाज पोर्चुगलको पहिलो वार्षिक भेला मंगलबार सम्पन्न भएको छ । रोजगारीको शिलशिलामा पोर्चुगललाई कर्मभूमि बनाएका बाग्लुङको गल्कोट नगरपालिका– ४ चमुवाका युवाहरूको उक्त भेलामा...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x