×

NMB BANK
NIC ASIA

दुई मन्त्रीसँग सिसडोल बासिन्दाको आक्रोशः आश्वास दिने मात्र होइन पूरा गरेर देखाउनुहोस्

भदौ १२, २०७९

NTC
Premier Steels

सिसडोलका स्थानीयवासीले सरकारका दुई मन्त्रीसँग पटकपटक आश मात्र नदेखाउन भन्दै आक्रोश पोखेका छन् । आइतवार पासाङल्हमु राजमार्गको निरीक्षणका लागि सिसडोल पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठसँग आक्रोश पोखेका हुन् । 

Muktinath Bank

मड्खु–तीनपिप्ले क्षेत्रको सडक निरीक्षणका लागि पुगेका उनीहरूसँग स्थानीयले सबै मन्त्रीहरू निरीक्षणका लागि आउने तर दिएका आश्वासन पूरा नगर्ने भन्दै आश देखाउन बन्द गर्न आग्रह गरे । स्थानीयहरूले सडक निर्माण नभएकै कारण विद्यार्थीहरूले पढ्न नपाएको र जागिर खानेहरूले पनि दिनको ५ सय तिरेर ट्याक्सीमा आवतजावत गर्नुपरेको दुःखेसो पोखे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीयले ८ किलोमिटरभन्दा लामो रुटमा समेत कुनै पनि सार्वजनिक यातायात नराखेको भन्दै मन्त्रीहरूसँग आक्रोश पोखेका थिए । मड्खु–तीनपिप्ले क्षेत्रको सडकमा सार्वजनिक यातायात सञ्चालन गरेर नागरिकलाई सहज वातावरण सिर्जना गर्नुपर्ने उनीहरू माग छ । 


Advertisment
Nabil box
Kumari

शैलुङ कन्स्ट्रक्शनले ठेक्का पाएको यस सडक निर्माण नहुँदा ८ वर्षदेखि अलपत्र बनेको थियो । सरकारले उक्त सडकको पुरानो ठेक्का तोडेको छ भने नयाँ ठेक्काका लागि केही दिनअघि मात्रै सूचना प्रकाशित गरेको छ । अब ठेक्का पाउने ठेकेदार कम्पनीले ठेक्का पाएको ४ महिनाभित्र निर्माण कार्य सम्पन्न गरिसक्नुपर्नेछ । ठेक्का प्रक्रियाअघि सडकको अवलोकनका लागि सम्बन्धित स्थानमा पुगेका मन्त्रीद्वय राई र श्रेष्ठले अबको ४ महिनामा सडक निर्माण गरिसक्ने प्रतिवद्धता जनाए । 

Vianet communication

अवलोकनपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा मन्त्री राईले राजनीतिक आवरणमा काम सम्पन्न नगरेका ठेकेदार कम्पनीहरूलाई कालोसूचीमा राखिने बताए । उनले आम जनताको माग सम्बोधनका लागि तीन महिनासम्म लाग्ने ठेक्का प्रक्रियालाई छोट्याएर १८ दिनमा सक्ने हिसावले काम भइरहेको बताए । उनले स्थानीयवासीका समस्या समाधान हुन अब समय नलाग्ने भन्दै ४ महिनामा नै सडक निर्माण भइसक्ने भएकोले ढुक्क हुन स्थानीयसँग आग्रह गरे । 

‘काठमाडौं उपत्यकाभरको फोहोर व्यवस्थापन केन्द्र सिसडोल र अहिले बञ्चरे डाँडा लैजान पहल भयो । ८ वर्ष पहिला बहुचर्चित ठेकेदारले राजनीतिक आवरणमा काम सम्पन्न नगरेको नेताहरूको पक्षपोषणमा देशभरकै ठेकेदारहरू काम नगर्ने पैसा लिने राजनीतिक दल र त्यसका प्रमुख नेताहरू नै आरोपित हुने अवस्था थियो । हामीले ती कम्पनी र ठेकेदारसँगको ठेक्का तोड्यौँ र तीन वर्षका लागि कालो सूचीमा राखेका छौँ’, उनले भने, ‘अहिले यहाँका आम जनताको माग सम्बोधनका लागि तीन महिनासम्म लाग्ने ठेक्का प्रक्रियालाई छोट्याएर १८ दिनमा सक्ने हिसावले मन्त्रीपरिषद्बाट अनुमति लिएर सोही समयमा सम्पन्न गर्ने र ४ महिनामा सक्ने गरेर आह्वान गरेका छौँ । काम सम्पन्न हुन्छ, तपाईंहरू ढुक्क हुनुहोस् ।’

त्यस्तै सामान्य प्रशासनमन्त्री श्रेष्ठले विगतका सरकारले मड्खु–तीनपिप्ले क्षेत्रको सडक निर्माणमा व्यवस्थित काम गर्न नसकेको बताउनु भयो । उहाँले अब भने फास्ट ट्रयाकबाट काम अघि बढाउने बताउनु भयो । 
‘यो योजनालाई व्यवस्थित रुपमा विगतका सरकारले अघि बढाउन सकेन । बाटो नबन्दा धेरै समस्या सिर्जना भए । अब चाँडै नै समस्या समाधान हुनेछ । हामी यसलाई फास्ट ट्रयाकबाट अघि बढाउँदैछौँ । ४ महिनामा नै सबै काम सकिनेछ । ठेक्का लिने काम नगर्ने प्रक्रियालाई निरुत्साहित गर्न नयाँ प्रक्रिया थालेका छौँ’, उनले भने ।

मन्त्रीद्वयले आइतवार नै स्वयम्भू–इचंगुनारायण सडकको पनि निरीक्षण गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x