×

NMB BANK
NIC ASIA

नेपाली युवा उद्यमी मञ्चको काठमाडौं च्याप्टरले ‘स्टार्टअप अवार्ड’ गर्ने

भदौ १२, २०७९

NTC
Premier Steels

नेपाली युवा उद्यमी मञ्च नेपालको काठमाडौं च्याप्टरले ‘नेपाली युवा उद्यमी मञ्च काठमाडौं स्टाटअप अवार्ड’ आयोजना गर्ने भएको छ । अध्यक्ष चिराग गोयलद्वारा जारी विज्ञप्तिमा अवार्डबारे जानकारी दिइएको हो । मञ्चले युवाहरूलाई व्यवसायिक क्षेत्रमा लाग्न प्रेरित गर्ने उद्धेश्यले उत्कृष्ट स्टार्टअफ आइडियालाई पुरस्कृत गर्ने तयारी गरेको हो । संस्थाले यो कार्यक्रममार्फत नयाँ उद्यमीहरूलाई आवश्यक पर्ने एक्पोजर, मेन्टोरसिप र लगानीको अवसर प्रदान पनि गर्ने जानकारी दिएको छ । 

Muktinath Bank

यस अवार्ड कार्यक्रममा सहभागी हुन चाहने उद्यमीको लागि निश्चित मापदण्ड तोकिएको छ । सहभागी हुन चाहने स्टार्टअप कम्पनीहरू नेपाल सरकारले तोकेको कार्यालयमा दर्ता भएको हुनुपर्नेछ । त्यस्तै, स्टार्टअप स्थापना भएर ५ वर्ष नकटेको हुनु पर्ने अध्यक्ष गोयलले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अवार्डमा भाग लिन चाहने स्टार्टअपले प्रदान गरिएको अथवा गर्न चाहेको वस्तु उत्पादन वा सेवा तयारी अवस्थामा हुनुपर्ने छ । स्टार्टअपले आफ्नो सबैभन्दा नजिकको समयमा गरिएको अडिटेड वित्तिय विवरण (अडिट रिपोर्ट) बुझाउनु पर्नेछ । अडिटेड वित्तीय विवरण नभएको खण्डमा प्रोभिजनल वित्तीय विवरण बुझाउनु पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । 


Advertisment
Nabil box
Kumari

आयोजकले तोकेको सबै आवश्यक कागजपत्र पेश गरेपछि निर्धारित समयमा उपस्थित हुने कम्पनीहरूमात्र अवार्डको लागि योग्य हुनेछन् । नेपाली युवा उद्यमी मञ्चको सदस्यता लिएको उद्यमीले सञ्चालन गरेको कम्पनी भने सहभागी हुन नपाउने अध्यक्ष गोयलले बताए । 

Vianet communication

यस प्रतिस्पर्धामा पहिलो र दोस्रो तथा पिपुल्स च्वाइस अवार्ड प्रदान गरिनेछ । उक्त स्टार्टअप अवार्डमा उत्कृष्टले पहिलोले ४ लाख, दोस्रोले २ लाख तथा पिपुल्स च्वाइस अवार्ड जित्नेले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । दर्ता फारम भदौ १० गतेदेखि खुला रहेको छ । दर्ता फारम मञ्चको बेवसाइटबाट प्राप्त गर्न सकिने बताइएको छ । 

यस कार्यक्रमको मुख्य प्रायोजक सगरमाथा इन्स्सोरेन्स र सह प्रायोजक सिद्धार्थ बैंक लिमिटेड रहेका छन् । 

मञ्च युवा उद्यमीहरूको मुख्य संस्था हो । नेपाली युवाबीच आइडिया एक्सचेन्ज, फेलोसिफ शिक्षा, प्रशिक्षण र एडभोकेसी गर्ने उद्धेश्यले स्थापना भएको मञ्चलाई नेपाल उद्योग वाणिज्य महासंघले सन २००३ सालमा आधिकारिक मान्यता प्रदान गरेको थियो । त्योसँगै मञ्चले नेपाली युवाहरूमा उद्यमशीललाई विकास गर्ने, संस्थालाई विस्तार गर्ने कार्यहरू गर्दै आइरहेको थियो ।

मञ्चको काठमाडौं च्याप्टर सन् २०१६ मा स्थापना भएको थियो । उद्यमीको विकास गर्ने लक्ष्य लिएको यस संस्थाले विभिन्न टकशो, मेन्टोरसिप विक, मास्टरक्लास र अरु विभिन्न सामाजिक कार्यहरू पनि गर्दै आएको छ । 

सरकारले नेपालमा स्टार्टअप उद्यमी विकासको लागि १ अर्ब रुपैया विनियोजन गरेको छ । जसमा नयाँ स्टार्टअपहरूले परियोजनाको आधारमा २५ लाख बिना धितो पाउन सक्ने प्रावधान राखिएको छ । यस घोषणाले नेपाली उद्यमीहरू पूर्ण रूपमा लाभान्भित हुने र उद्यमी परिदृश्य विकासमा टेवा पुग्ने मञ्चले विश्वास व्यक्त गरेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x