×

NMB BANK
NIC ASIA

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक

एमालेको खबरदारी– द्वन्द्वरत पक्ष मिल्दैमा शान्ति प्रक्रिया टुंगिदैन, अन्तर्राष्ट्रिय रूपमा स्वीकार्य हुनुपर्छ

भदौ १३, २०७९

NTC
Premier Steels

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संक्रमणकालीन न्यायसम्बन्धी विषय अन्तर्राष्ट्रिय रूपमा पनि स्वीकार्य हुनुपर्ने बताएको छ । अहिले सरकारमा रहेका त्यो बेलाका द्वन्द्वरत पक्ष मिल्दैमा शान्ति प्रक्रिया टुंगिएको मान्न नसकिने एमालेको भनाइ छ ।

Muktinath Bank

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन विधेयक) २०७९ माथि सोमवार प्रतिनिधि सभामा भएको सैद्धान्तिक छलफलमा एमाले सांसदहरूले फाष्ट ट्रयाकमा विधेयक पारित गर्न लागिएको भन्दै मान्य नहुने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले उपमहासचिव समेत रहेका प्रदीप ज्ञवालीले विगतका द्वन्द्वरत पक्ष मिलेर हतारमा संक्रमणकालीन न्यायको विषय टुंगाउन खोज्दा मिचमाच पार्न खोजियो भन्ने सन्देश जाने बताए । 


Advertisment
Nabil box
Kumari

‘यो विधेयक टुंग्याउन ल्याइएको हो कि देखाउनको लागि ल्याइएको ? सरकारका मन्त्रीहरू फाष्ट ट्रयाकबाट पारित, यति संवेदनशील विषयमा प्रक्रिया उल्लंघन गरेमा यो विषय गिजोलिने छ’, ज्ञवालीले भने । 

Vianet communication

पीडित पक्षको सहमति बिना गरिने सहमति अन्तर्राष्ट्रिय रूपमा मान्य नहुने उनले बताए । ‘विगतका द्वन्द्वरत पक्ष अहिले एक ठाउँमा हुनुहुन्छ, गठबन्धन बनाउनु भएको छ, यहाँ मिलाउँला, मित लगाउँला, टाउको जोडौँला, तर त्यो सबैलाई मान्य हुन्छ कि हुँदैन ?’, उनले प्रश्न गरे । 

एमालेकै गोकुल बाँस्कोटाले अन्तर्राष्ट्रिय समुदायलाई समेत मान्य हुनेगरी संक्रमणकालीन मुद्दा टुंग्याउनु पर्ने बताए । ‘पीडित र पीडक मिल्ने कुरा काले–काले मिलेर खाउँ भालेजस्तो हुन्छ । जो पक्ष हुन् मिलेपछि अपराध क्षम्य हुन्छ ?’, बाँस्कोटाले भने, ‘अन्तर्राष्ट्रिय जगतलाई पनि नेपाल मानवअधिकारको सम्मान गर्ने मुलुक हो भनेर हामी उभिनु पर्दैन ?’

द्वन्द्वका पीडितलाई कंगारु अदालतबाट न्याय दिलाउन खोजिएको भन्दै त्यो मान्य नहुने उनले बताए । ‘मानव अधिकारको उल्लंघन सामान्य र विशेष हुँदैन, न्याय निरूपणको सन्दर्भमा विधेयकले कंगारु अदालतको माग गरेको छ, आफैँ न्यायाधीश तोक्ने आफैँ अभियोजन गर्ने । यो अन्तर्राष्ट्रिय मानवअधिकारको हिसाबले र हाम्रो संविधानको बर्खिलापमा छ’, बाँस्कोटाले भने, ‘हाम्रो अदालत यही छ, संसदको अधिकारमाथि प्रधानमन्त्री नियुक्त गर्न सक्छ, तर यसलाई निरीह बनाउन खोजिँदैछ ।’ 

माओवादीकी यसोदा गुरुङ सुवेदीले संक्रमणकालीन न्यायको विषयको कुरा गर्दा भूधरातलीय यथार्थलाई बिर्सन नमिल्ने बताइन् । ‘नेपालमा द्वन्द्व भएको थियो भन्ने कुरालाई बिर्सेर एनजीओ र आईएनजीओको निर्देशनमा मात्र हिँड्यौँ भने शान्ति प्रक्रिया टुंगोमा लाग्ने छैन’, उनले भनिन् । 

त्यसअघि कानून न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द कोइरालाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा राखेका थिए । यो विधेयक अब समितिमा लगेर फाष्ट ट्रयाकमा पारित गर्ने सरकारको तयारी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x