×

NMB BANK
NIC ASIA

४० दिनमा म्यादी प्रहरीले ४७ हजार कमाउने, दशैंपछि खुल्दै भर्ना

भदौ १४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

म्यादी प्रहरीले ४० दिनको ४० हजार तलब र ६ हजार ५ सय कपडाको पैसा पाउने भएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आवश्यक पर्ने म्यादी प्रहरीले ४० दिनका लागि कपडाको ६ हजार ५००, तलब ४० हजार र ३ दिनको ९०० गरी समग्रमा ४७ हजार ४ सय रुपैयाँ पाउने भएका हुन् । 

Muktinath Bank

‘अर्थ मन्त्रालयबाट प्रत्येक म्यादी प्रहरीलाई ४० दिनको ४० हजार तलब, कपडा र जुत्ताको लागि ६ हजार ५०० र ३ दिनको खाजा खर्च ३ सयका दरले बजेट आएको छ’, प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले लोकान्तरसँग भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार चुनावको अघिल्लो दिन, चुनावको दिन र अर्को दिनका लागि प्रतिदिन ३ सयका दरले खाजा खर्च पाउने भएका छन् । सरकारले आइतवार आगामी निर्वाचनमा लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि सहमति दिइसकेको छ । 


Advertisment
Nabil box
Kumari

प्रहरी प्रवक्ता राईका अनुसार दशैंलगत्तै म्यादी प्रहरीको भर्ना प्रकृया शुरु हुनेछ । यसपालि पनि प्रहरीले ४० दिनको लागि म्यादी प्रहरीको भर्ना गर्नेछ । 

Vianet communication
Laxmi Bank

‘हामीले ४० दिनको लागि दशैं पछाडी म्यादी प्रहरी भर्ना प्रकृया शुरु गर्ने गरी तयारी गरिरहेका छौँ’, डीआईजी राईले लोकान्तरसँग भने ।

म्यादी प्रहरीका लागि सरकारले ५ अर्ब ८६ करोड ३९ लाख रुपैयाँ बजेट छुट्याएको छ । हिमाली भेगमा खटिने म्यादी प्रहरीलाई थप ज्याकेट किन्न १ हजार रुपैयाँ बजेट छुट्याइएको छ ।

प्रहरीले सवारी साधन किन्नको लागि ७५ करोड रुपैयाँ बजेट पाएका छ । समग्रमा प्रहरीले निर्वाचन प्रयोजनका लागि १ अर्ब ९८ करोड ५० लाख रुपैयाँ बजेट पाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x