मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
भदौ १४, २०७९
जलवायु परिवर्तन तथा विश्व तापक्रममा वृद्धिका कारण अहिले संसारका धेरै ठाउँमा सुक्खाको समस्या देखिएको छ ।
सुक्खाका कारण जलक्षेत्रहरू सुकेकाले पानीमुनि लुकेका वस्तुहरू पनि देखिन थालेका छन् । अमेरिकाको नेभाडास्थित लेक मीडबाट त हत्या गरिएका वा दुर्घटनामा परी डुबेका मानिसको भौतिक अवशेषहरू समेत फेला पर्न थालेका छन् ।
दोस्रो विश्वयुद्धमा युरोपको डानुबे नदीमा डुबेका जर्मन युद्धपोतहरू पनि देखिएका छन् । त्यस्तै चीनमा याङ्से नदीको जलस्तर घटेपछि ६०० वर्ष पुराना बुद्ध मूर्तिहरू भेटिएका छन् । उता इटलीको टाइबर नदी सुकेपछि ईसाको पहिलो शताब्दीमा बनेको पुलको भग्नावशेष समेत देखिएको छ ।
यसभन्दा पनि प्राचीन अति नै पुराना अवशेषहरू समेत देखिन थालेका छन् । अमेरिकाको टेक्ससमा रहेको ग्लेन रोजमा ११ करोड वर्षअघिको जीवनको अवशेष समेत भेटिएको अमेरिकी सञ्चारमाध्यमहरूले खबर दिएका छन् ।
डाइनोसर भ्याली स्टेट पार्कमा एक्रोकानथोसरस डाइनोसरका पाइलाहरू पालुक्सी नदीको सतहमा भेटिएका छन् ।
सुक्खाका कारण नदीहरू सुक्ने मात्र नभई कृषिकर्ममा पनि अवरोध पुगेको देखिएको छ । अमेरिकाको क्यालिफोर्नियामा विगत १० वर्षमा तेस्रोपटक आएको सुक्खाको स्थितिका कारण खेतहरू बाँझो हुन थालेका छन् । भएका अलिअलि घाँसेमैदानहरू पनि घामले डढेर खैरो देखिन थालेका छन् ।
सुक्खासँगै डढेलोको प्रकोप पनि भयावह छ । युरोपमा यस गर्मी महिनामा विभिन्न देशमा लागेका डढेलोका कारण हजारौं मानिस विस्थापित भएका छन् । घर र कार्यालयहरू ठूलो संख्यामा नष्ट भएका छन् ।
एकातिर सुक्खा र डढेलोको स्थिति रहँदा अर्कातिर भयानक बाढीको प्रकोप पनि कतिपय ठाउँमा अनुभव गरिएको छ । पाकिस्तानको उत्तरपश्चिममा रहेको कोहिस्तानमा भयंकर बाढी आएको छ ।
अविरल वर्षापछिको बाढीका कारण पाकिस्तानको दुईतिहाइ भाग पानीमा डुबेको छ । देशै ससानो सागर जस्तै देखिन थालेको पाकिस्तानी अधिकारीहरू बताउँछन् । बाढीका कारण एक हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।
त्यस्तै अफ्रिकी मुलुक कंगो, नाइजेरिया र सिएरा लियोन पनि बाढीको प्रकोपमा परेका छन् । नाइजेरियामा १० र सिएरा लियोनमा ६ जनाको ज्यान गइसकेको छ । उता फिलिपिन्समा फ्लोरिटा नामक आँधी आउँदा ४३ सयजना विस्थापित भएका छन् ।
विश्व तापक्रममा वृद्धि हुँदै जाँदा पृथ्वीको जलीय चक्रमा द्रुत गतिको परिवर्तन आएको अनि त्यसले बाढी र सुक्खाको तीव्रता बढाएको वातावरणविद्हरू बताउँछन् ।
गत फेब्रुअरी महिनामा वैज्ञानिकहरूले विगत केही वर्षयता चलिरहेको सुक्खाको स्थिति १२ सय वर्षकै सबभन्दा खराब भएको बताएका छन् भनी नेसनल जियोग्राफिकले लेखेको छ । यसरी विश्वको तापक्रम बढ्नुमा जीवाष्म इन्धनको अत्यधिक उपयोग प्रमुख कारणका रूपमा रहेको बताइएको छ ।
औद्योगिकीकरणको युग शुरू भएदेखि अहिलेसम्म विश्वको तापक्रममा लगातार वृद्धि भइरहेको छ । विशेषगरी सन् १८५० यतादेखि विश्व तापक्रम १.२ डिग्री सेल्सियसले बढेको पाइएको छ ।
औद्योगिकीकरणलाई गति दिनका लागि जीवाष्म इन्धनको अत्यधिक उपयोग गरिएकाले यस्तो स्थिति आएको हो । अहिले पनि पेट्रोलियम पदार्थ, कोइला र ग्यासले विश्वको ८० प्रतिशत ऊर्जा मागको आपूर्ति गरिरहेका छन् । उच्च कार्बन भएकाले जीवाष्म इन्धन वातावरणका लागि हानिकारक छन् ।
पेट्रोलियम पदार्थ र कोइलाले विश्वको ऊर्जा आपूर्ति धानेसँगै तापक्रम वृद्धिमा पनि योगदान गरिरहेका छन् । यस्ता जीवाष्म इन्धन डढाउँदा कार्बनडाइअक्साइड निस्कन्छन् । ती कार्बन उत्सर्जनहरूले वायुमण्डलमा तातोलाई रोकेर राख्छन् अनि जलवायु परिवर्तन तथा विश्व तापक्रम वृद्धि गराउँछन् ।
विश्व तातिएसँगै माटो सुक्खा हुने समस्या देखिएको वैज्ञानिकहरू बताउँछन् । सुक्खा माटोमा अन्न फलाउनका लागि बढी पानी आवश्यक पर्छ । त्यसैले विश्व जति तातिँदै जान्छ, त्यसको क्षतिपूर्तिका लागि त्यति बढी पानी पर्नुपर्ने हुन्छ । त्यस्तो स्थितिमा मानिसहरू बाँच्नका लागि आफू बसिरहेको थालथलोबाट विस्थापित हुन बाध्य हुनेछन् ।
इन्स्टिच्युट फर इकोनोमिक्स यान्ड पीस नामक अन्तर्राष्ट्रिय थिंकट्यांकले सन् २०२० मा सार्वजनिक गरेको एक प्रतिवेदनमा विश्व तापक्रम वृद्धिका कारण विस्थापित हुन बाध्य जलवायु शरणार्थीहरूको विशाल संख्याको प्रक्षेपण गरिएको छ । प्रतिवेदनले सन् २०५० सम्ममा संसारभरि जलवायु परिवर्तन र प्राकृतिक विपतका कारण १.२ अर्ब मानिस विस्थापित हुने आकलन गरिएको छ ।
सबभन्दा बढी वातावरणीय जोखिम रहेको क्षेत्र दक्षिण एसिया हो भनी उक्त प्रतिवेदनले औंल्याएकाले नेपालका लागि पनि यो खतरनाक स्थिति हो । सब–सहारा अफ्रिका, पश्चिम एसिया र उत्तर अफ्रिकासँगै दक्षिण एसियाका कतिपय भूभाग पनि सन् २०५० सम्ममा बस्नै नसकिने हुनाले व्यापक संख्यामा मानिसहरू विस्थापित हुनेछन् ।
अझ नेपालका दुवै छिमेकीहरू भारत र चीनमा सन् २०४० सम्ममा उच्च वा चरम जल अभाव देखिने प्रतिवेदनले औंल्याएको छ । त्यही जलका लागि मारामारी हुने सम्भावनाका बीच नेपालको लोभलाग्दो जलस्रोतमा शक्तिराष्ट्रहरूको आँखा लाग्ने सम्भावना छ ।
एकातिर सुक्खा र अत्यधिक गर्मीका कारण मानिसहरू विस्थापित हुने स्थिति आउनेछ भने अर्कातिर तटीय इलाकाका मानिस डुबानमा पर्ने सम्भावना बढ्नेछ ।
जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय महासन्धिको सचिवालयले सार्वजनिक गरेको आँकडाअनुसार, समुद्रको जलस्तर बढेका कारण तटीय क्षेत्रमा २६ करोडभन्दा बढी मानिस विस्थापित हुने जोखिममा छन् । तीमध्ये ९० प्रतिशत गरीब विकासशील मुलुक तथा साना टापु मुलुकका बासिन्दा हुन् ।
प्रशान्त महासागरका कतिपय टापुराष्ट्र डुब्ने सम्भावना रहेकाले त्यहाँका मानिस राज्यविहीन बन्ने खतरा देखिन्छ । अनि बंगलादेश जस्ता तटीय राज्यहरूमा समुद्रको नुनिलो पानी पसेर कृषियोग्य भूमिमा सामान्य अन्नबाली लगाउनै मुश्किल हुन थालेको छ र त्यो क्रम झनै बढ्नेछ ।
जलवायु समस्याले प्राकृतिक स्रोतका लागि चर्को प्रतिस्पर्धा अनि खाद्य असुरक्षामा वृद्धि गराउने हुनाले संसारका विभिन्न स्थानमा हिंसा तथा अस्थिरता बढ्ने आकलन गरिएको छ । त्यसो त अहिले नै हिंसा र द्वन्द्वका कारण भन्दा पनि जलवायु परिवर्तनले निम्त्याएका समस्याका कारण मानिसहरू आप्रवासन गरिरहेका छन् । सन् २०१० यता जलवायुले वर्षको लगभग दुई करोड भन्दा बढी मानिसलाई थातथलो त्याग्न बाध्य बनाएको आँकडा भेटिन्छ ।
यस्ता जलवायु शरणार्थीहरू विकसित मुलुकतर्फ नै जानेछन् । उनीहरूको आगमनले ती देशमा तनाव सिर्जना गर्नेछ ।
अमेरिकाको थिंकट्यांक संस्था द सेन्टर फर क्लाइमेट यान्ड सिक्योरिटीकी निर्देशक एरिन सिकोर्स्कीका अनुसार, जलवायु शरणार्थीको आप्रवाहका कारण तीनवटा भूराजनीतिक जोखिम देखिनेछन् ।
पहिलो, विभिन्न देशमा राजनीतिक अस्थिरता बढ्नेछ किनकि ग्रामीण जनसंख्या अत्यधिक संख्यामा शहरी क्षेत्रतर्फ सर्नेछ । यसले शासनमा समस्या ल्याउन सक्छ ।
दोस्रो, आप्रवासनका कारण सुरक्षा चिन्ता बढ्नेछ किनकि राज्यका अधिकारीहरू भन्दा पनि अतिवादी वा आपराधिक समूहहरू सशक्त बन्ने जोखिममा वृद्धि हुनेछ ।
तेस्रो, यसले विभिन्न देशमा तनाव बढाउनेछ । विशाल संख्यामा आप्रवासीलाई व्यवस्थापन गर्न तयार नरहेका सरकारहरूले मानवअधिकारविरोधी कारवाही गर्ने सम्भावना छ ।
यस्तो स्थितिलाई रोक्नका लागि जलवायु परिवर्तन तथा विश्व तापक्रममा वृद्धि रोक्नका लागि गम्भीर पहल हुनु जरूरी छ । नवीकरणीय ऊर्जामा संसारभरिका सरकारले अत्यधिक लगानी गर्नुपर्ने हुन्छ । ऊर्जा खपत घटाएर पर्यावरण संरक्षणका लागि जनताले पनि सरकारलाई सहयोग गर्नुपर्छ ।
अब पनि मानवता नसुध्रिएमा ठूलो विनाशको भुमरीमा पर्ने पक्का छ । जीवाष्म इन्धनको लत छोड्नु तत्कालीन आवश्यकता हो ।
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...