×

NMB BANK
NIC ASIA

नेपाल–भारत उद्योग वाणिज्य संघका पदाधिकारी र अर्थसचिवबीच भेटवार्ता

भदौ १८, २०७९

NTC
Premier Steels

नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सिर्जना राणा नेतृत्वको टोली र अर्थसचिव कृष्णहरि पुस्करबीच भेटवार्ता भएको छ । शुक्रवार अर्थमन्त्रालयमा भएको भेटमा नेपालमा भारतीय लगानी प्रबद्र्धन गर्नेलगायतका विषयमा कुराकानी भएको थियो । 

Muktinath Bank

राणाले नवनियुक्त अर्थ सचिव पुष्करलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागि शुकामना दिएकी थिइन् । उनले भारत नेपालको अन्तर्राष्ट्रिय ब्यापारको दुई तिहाई हिस्सा ओगटेको ठूलो ब्यावसायिक साझेदार भएको उल्लेख गर्दै नेपालको आर्थिक विकासका लागि भारतीय सहयोग तथा लगानी आकर्षित गर्नसक्नु पर्नेमा जोड दिइन् । उनले पारबहन सम्बन्धी मामिलामा भारतसँगको निर्भरता १०० प्रतिशत, नेपालको अन्तर्राष्ट्रिय व्यापारमा पारबहन निर्भरता ९० प्रतिशत, विदेशी लगानीमध्ये ४० प्रतिशत साथै २० प्रतिशत पर्यटक भारतबाटै आउने गरेको जानकारी दिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्ष राणाले भारतीय पर्यटन प्रबद्र्धन गर्न संघले नेपाल–भारत संयुक्त पर्यटन कार्यदलको तेस्रो बैठकको आयोजना गराउन भारतीय दूतावासमार्फत पहल गरिरहेको जानकारी दिँदै धार्मिक पदमार्ग सम्बन्धी कफीटेबल बुक र वेबसाइट निर्माणको तयारी अन्तिम चरणमा भइरहेको बताइन् । 


Advertisment
Nabil box
Kumari

नेपालमा भारतीय लगानी आकर्षित गर्दै लगानी भित्र्याउनको लागी संघले आफ्नो बृहत्तर कार्यक्रम नेपाल–भारत लगानी सम्मेलनको योजना गरेको र त्यसमा मन्त्रालयको सक्रिय सहभागिता तथा सहयोगको लागि अध्यक्ष राणाले अर्थसचिव पुस्करलाई आग्रह गरेकी थिइन् । 

Vianet communication

छलफलमा अर्थसचिव पुस्करले संघले गरेका विगतका कार्यहरूबारे आफू जानकार रहेको भन्दै उक्त कार्यहरूको प्रशंसा गरेका थिए । उनले अहिले भारत सरकारले नेपालप्रति आफ्नो धारणामा परिवर्तन गरेको र नेपालको विकासमा सकारात्मक रूपले नै हेर्ने गरेको बताए । उनले भारतबाट नेपालले धेरै सिक्न सक्ने र भारतसँगको सम्बन्धबाट लिन सक्ने लाभहरूमा ध्यान दिनुपर्ने बताउँदै आगामी दिनहरूमा मन्त्रालयको तर्फबाट प्रत्यक्ष तथा परोक्ष हरेक प्रकारका सहयोग उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेका थिए । 

भेटमा संघका उपाध्यक्षद्वय सुनिल केसी, हरकिरत सिंह बेदी, महासचिव रमेश शर्मा, कोषाध्यक्ष कुणाल केयाल, महानिदेशक केशवमान सिंह तथा उपनिर्देशक मार्शल राठौरलगायत सहभागी भएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x