×

NMB BANK
NIC ASIA

नेपाल घुम्ने पर्ने मुलुक हो भनेर विश्वका बौद्ध समुदायमाझ प्रचार गर्न अत्यावश्यक-मन्त्री श्रेष्ठ

भदौ १८, २०७९

NTC
Premier Steels

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपाल एक पटक घुम्ने पर्ने मुलुक हो भनेर विश्वका बौद्ध समुदायमाझ प्रचार गर्न अत्यावश्यक रहेको बताएका छन् । धर्मोदय सभाको ७७ औँ केन्द्रीय वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले पर्यटन प्रवद्र्धनको अहिलेको तौरतरिका बदलेर नेपाल हिमाल हेर्न र पदयात्रा गर्न मात्रै हैन बार्‍है महिना घुम्न सकिने साँस्कृतिक सम्पदायुक्त मुलुक पनि हो भनेर प्रचारात्मक अभियान थालिनु पर्नेमा जोड दिए । 

Muktinath Bank

समाजमा विद्यमान अन्तरविरोध, तनाव र अस्वस्थ प्रतिस्पर्धालाई शान्तिमा रुपान्तरण गर्न बुद्धका सन्देशलाई व्यापक बनाउनुपर्ने उनको भनाइ थियो । उक्त साधारण सभामा बुद्ध धर्मको अध्ययन गरी खेन्पो (विद्यावारिधि) उपाधि हासिल गर्नुभएका तीन भिक्षु तथा भिक्षुणीलाई अभिनन्दन गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु धम्मशोभन महास्थविरबाट पञ्चशील प्रदान गरी शुरु गरिएको उक्त कार्यक्रममा संस्थाका जेष्ठ सदस्य स्याङ्जाका ललितबहादुर गुरुङलाई पनि सम्मान गरिएको थियो । 


Advertisment
Nabil box
Kumari

संस्थाका महासचिव सागरमान बज्राचार्यले संस्थाले १३ औँ राष्ट्रिय सम्मेलन यसै वर्ष आयोजना गर्ने तयारी गरिरहेको जानकारी साधारण सभालाई दिएका थिए । धर्मोदय सभाको ५६ जिल्लामा शाखाहरू रहेका छन् । 

Vianet communication

यज्ञमान पति बज्राचार्यको नेतृत्वमा रहेको वर्तमान कार्यसमितिको पदावधि शनिवारदेखि समाप्त भएकाले यसै साधारणसभाले नयाँ कार्यसमितिको चयन गर्नेछ । उपाध्यक्ष ७, सचिव १ र सह–कोषाध्यक्ष १ पदका लागि भोलि आइतवार दिउँसो १ बजेदेखि भृकुटीमण्डपस्थित बुद्ध विहारमा मतदान हुने जानकारी महासचिव बज्राचार्यले दिए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x