×

NMB BANK
NIC ASIA

३९ ठाउँमा मापदण्ड विपरीतका अनधिकृत संरचना, महानगरले लियो एक्सन

भदौ २९, २०७९

NTC
Premier Steels

काठमाडौँ महानगरपालिकाले १९ ठाउँका बेसमेन्ट तथा जमिन तलाको व्यवसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको छ । नक्सा स्वीकृत गर्दा पार्किङ र भण्डार कक्ष देखाएर सुविधा लिएका र  निर्माणपछि व्यवसायिक लाभमा प्रयोग भएका संस्थागत तथा व्यक्तिगत भवनका भूमिगत तथा जमिन तला खाली गराएको हो । यसैगरी २० ठाउँका मापदण्ड विपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरु, ओभरल्यापिङ र सेडव्याक हटाएको छ । 

Muktinath Bank

‘पार्किङ् प्रयोजनका लागि निर्माण भएका संरचनाहरुमा पार्किङ् नै गराउनु पर्छ । यसअघि आफूसँग भएको कार्यकारिणी अधिकार प्रयोग नगर्दा अहिलेको भयावह अवस्था आएको हो । यसलाई वेवास्ता गर्नु भनेको सहरलाई थप विगार्नु हो । यसो भयो भने हाम्रा पुस्ताले हामीलाई राम्रो मान्दैनन् ।’ काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) कारवाहीका विषयमा भने, ‘नक्सा स्वीकृत गर्ने बेलामा व्यक्ति तथा संस्थाले महानगरबाट  सुविधा लिएको तर, आफूले महानगरसँग गरेको कवुलियत तथा सर्त पूरा नगरेकाले कारवाही गर्नुपरेको हो ।’       


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वेसमेन्ट तथा जमिन तलालाई पार्किङ्का रुपमा खाली गराइएका ठाउँहरुमध्ये वडा नं. १ दरबारमार्ग २ वटा भवन छन् ।  यिनीहरु नेपाल ट्रस्ट र दरबार मलको भूमिगत तला हुन् । 
वडा नं. १४ कलंकीमा रहेको स्मार्ट तारा हाउसको भूमिगत तलामा रहेको कपडा पसल र एभरेष्ट गेष्ट हाउसको भूमिगत तलामा रहेको खाजा घर हटाउने काम भएको छ । 
वडा २६ सामाखुशीमा रहेको पुरानो अल नेपाल अस्पताल र खड्का भवन तथा रानीबारीमा रहेको सेन्च्युरी बैङ्क परिसरभित्र रहेका अनधिकृत पसलहरु हटाइएका छन् । 
वडा नं. १० बानेश्वरमा पर्ने ५ जनाको स्वामित्व रहेको बानेश्वर प्लाजाको ई ब्लकमा भएको संरचना हटाएर ५ वटै घरको पार्किङ् बनाउने काम भएको छ । यसै गरी अल्फा विटा कम्प्लेक्सको भुमिगत तलामा ताला लगाइएको छ । यही वडाका बर्गर हाउस, यूएफओ, रारा कम्प्लेक्स र जी सपले महानगरको सूचना पालना गर्दै अनधिकृत संरचना र अनधिकृत उपयोग हटाएका छन् । 


Advertisment
Nabil box
Kumari

वडा नं. २२ सुन्धारास्थित काठमाडौँ मलको भुइँ तलामा रहेको सटर हटाएर पार्किङ्का लागि खाली गरिएको छ । यही वडामा रहेको आरवी कम्प्लेक्स परिसरमा रहेका अनधिकृत टहरा हटाइएको छ । बीरा कम्प्लेक्सको भूमिगत तलामा रहेको होलसेल पसल हटाएर गोदाम मापदण्डबमोजिम सञ्चालन गर्ने सहमति गरिएको छ । 
वडा नं. २४ मा पर्ने सुरज आर्केट र कासा भवनको भुइँतला खाली गराइएको छ । 

Vianet communication

वडा नं. ३ को बसुन्धरा चोकबाट सिर्जनशील मार्गसम्मको करिव ९ सय मिटर जीएलडी (गाइडेड ल्याण्ड डिभलपमेन्ट÷निर्देशित जग्गा विकास कार्यक्रम) बाटो खोलिएको छ । यस क्रममा झण्डै १ सय घरका अनधिकृत कम्पाउण्ड भत्काइएको छ । वडा नं. ४ बालुवाटार विशालनगरस्थित मल्पी स्कूलले सार्वजनिक जग्गा अतिक्रमण गरेर लगाएको जस्ताको बारसहितका संरचना हटाइएको छ । वडा ५ क्षेत्रका सार्वजनिक ठाउँमा बनाइएका ओभरल्यापिङ् हटाइएको छ । वडा नं. ८ पाशुपत क्षेत्र सडक पेटीमा रहेको अनधिकृत संरचना, ओभरल्यापिङ् र विज्ञापनमुलक सामग्री हटाइएको छ । वडा १० को देउराली क्लब वरिपरि सडक पेटीमा राखिएका निर्माण सामग्री हटाइएको छ । वडा १६ को ढुङ्गेधारा, वडा १७ को धोवी चौर, वडा २४ को सुरज आर्केड अगाडिको सिँढी हटाइएको छ । वडा १६ कै माछापोखरी नापतौल कार्यालय अगाडि र महादेव खोला किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका स्थायी र अस्थायी गरेर ४३ वटा संरचना हटाइएको छ । यही वडाको नयाँबजार जग्गा एकीकरण आयोजनाभित्र रहेको जुडो हल वरिपरि विभिन्न व्यवसाय गर्न बनाइएका ६ वटा अनधिकृत टहरा हटाइएको छ । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे कारवाहीका विषयमा जानकारी दिँदै भने, ‘स्वीकृत मापदण्ड विपरीतका संरचना हटाउन दिएको सूचना अटेर गरेपछि आफैँले भत्काउन जानु परेको छ ।’ उनकाअनुसार वडा २४, २५ र २७ सँग जोडिएका असन, इन्द्रचोक, वडा २४ को मखनदेखि बिशालबजारतर्फ आउने गल्लीका, वडा २५ मा रहेका सन्तानेश्वर भवानी शंकर मन्दिर, उमा शंकर मन्दिर र सडक पेटीमा अतिक्रमण गरेर राखिएका संरचना र ओभरल्यापिङ् संरचना हटाइएको छ । 

वडा नं. २६ मा नयाँ बसपार्क मित्रनगरदेखि म्हेपी मन्दिरसम्मका अनधिकृत सेड व्याक, ओभरल्यापिङ्, अनुमति नलिई राखिएका विज्ञापन बोर्ड हटाइएको छ । वडा नं. २९ हनुमान स्थान चिकेन क्युन रेष्टुरेन्टको घर खाली गराइएको छ । 

वडा नं. ३२ कोटेश्वर, अरनिको राजमार्ग दायाँबायाँ क्षेत्रमा भएका अनधिकृत संरचना, स्वीकृति नलिइ राखिएका विज्ञापन बोर्ड हटाइएको छ । नरेफाँट क्षेत्रमा माइकिङ्क गरेर सचेत गराइएको छ । यस्तै भाटभटेनी सुपर मार्केटको भूमिगत तलालाई पार्किङ्कका लागि खाली गराइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x