×

NMB BANK
NIC ASIA

एमालेमा माधव नेपालको नेतृत्व सम्झँदै ओलीले भने– उपनेताको नेमप्लेट थाहै नपाई हटेछ

माओवादी केन्द्रीय सदस्य तथा चितवनका सह–इन्चार्ज एमाले प्रवेश

भदौ ३०, २०७९

NTC
Premier Steels

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको समयमा आफूले सधैं अपमान भोग्नुपरे पनि पार्टी नछाडेको बताएका छन् । बिहीवार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माधव नेपाल एमालेको नेतृत्वमा रहँदा पटक–पटक अपमान भोग्नु परेको स्मरण गरेका हुन् । 

Muktinath Bank

एमालेले माओवादी केन्द्रको केन्द्रीय सदस्य एवं चितवनका सह–इन्चार्ज यमबहादुर परियार (इन्द्रजीत)लाई पार्टी प्रवेश गराउन कार्यक्रम आयोजना गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी एमाले र माओवादी केन्द्र एकता भएर नेकपा बन्दा चितवन जिल्ला अध्यक्ष भएका थिए । 


Advertisment
Nabil box
Kumari

परियारसहित माओवादी जनमुक्ति सेनाका तत्कालीन ब्रिगेड कमाण्डर अन्जन तिमल्सिनालगायतलाई अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डेलगायतका नेताहरूले स्वागत गरेका छन् ।

Vianet communication

कार्यक्रममा राजेन्द्र प्रधानले पनि एमाले प्रवेश गरेका छन् । २०५० सालमा विदेश विभाग सदस्यबाट अपमानजानक रूपमा हटाएको भन्दै उनले एमाले छाडेका थिए ।

ओलीले त्यसबेलाको अवस्था स्मरण गर्दै भने, ‘म संसदीय दलको उपनेता थिएँ । चलनअनुसार नेमप्लेट टाँसिएको थियो । अर्कोपटक आएर दलको कार्यालयमा कुर्सीमा बस्न खोज्दा कर्मचारीले आएर बाहिर नेमप्लेट हेर्नुभएन ? अर्कै आइसक्नुभएको छ भने । मैले यसो बाहिर हेरेको उपनेताको नेमप्लेटमा अर्कैको नाम आइसकेछ । यस्ता त दैनिक हुन्थे, अहिले एउटा विभाग प्रमुख हुन्थेँ एकछिनमै हटिसकेको हुन्थेँ ।’

त्यसबेला आफूले एउटा विभागको प्रमुख नपाउँदा कतिपय नेताले ८ देखि ११ वटा विभागको प्रमुखको जिम्मेवारी लिने गरेको बताए । 

त्यसबेला एमालेमा स्वेच्छाचारी र निरंकुशता हाबी भएको ओलीले स्मरण गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x