×

NMB BANK
NIC ASIA

टिकटकाे लफडा

माओवादीमा विद्रोह गरेर हेमराज धनकुटाबाट स्वतन्त्र उठ्ने

असोज ९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हेमराज भण्डारी ‘सुदर्शन’ले धनकुटाबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचन उनले धनकुटाबाट स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हुन् । उनको अभियानलाई धनकुटाको सिंगो कमिटीले साथ दिने भएको छ । 

Muktinath Bank

भण्डारीले आइतवार धनकुटामा आयोजित पत्रकार सम्मेलनमा पार्टीले टिकट नदिने पक्काजस्तै भएको भन्दै स्वतन्त्र उम्मेदवारी दिने बताए । उनको अभियानलाई सिंगो धनकुटेली माओवादीहरूले साथ दिने धनकुटा जिल्ला समन्वय समितिका संयोजक डिल्लीराम राई ‘कमल’ले बताए । उनले शनिवार बसेको समितिको बैठकले माओवादी केन्द्रको सिंगो टिमले भण्डारीको अभियानलाई साथ दिने निर्णय गरेको जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भण्डारीको अभियानलाई साथ दिने निर्णय गरेका माओवादी केन्द्रका सबै पदाधिकारी तथा सदस्यहरूले पार्टीको जिम्मेवारीबाट अलग हुने निर्णय पनि गरेका छन् । जिल्लास्थित पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जिल्ला संयोजकसहित समन्वय समितिमा रहेका सबैले आफ्नो पदीय जिम्मेवारीबाट राजीनामा दिने निर्णय गरिएको राईले बताए । पत्रकार सम्मेलनमार्फत उनीहरूले सामूहिक राजीनामाको घोषणा पनि गरेका थिए । 


Advertisment
Nabil box
Kumari

पत्रकार सम्मेलनमा राईले भने, ‘आगामी निर्वाचनमा धनकुटाको विकास र समृद्धिको योजना र योगदान गर्नसक्ने आधारसहित प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारको रुपमा धनकुटेली जनतामा जाने हेमराज भण्डारीको प्रस्तावलाई पूर्ण समर्थन गर्दै उहाँको नेतृत्वमा चल्ने स्वतन्त्र अभियानलाई सहयोग गरी निर्वाचनमा सहभागी हुने निर्णय गरेका छौँ ।’

Vianet communication
Laxmi Bank

माओवादीभित्र गठबन्धनलाई लिएर पार्टीको जिल्ला कमिटीले नै विद्रोह गरेको यो पहिलो घटना हो । भण्डारी विगतमा बाबुराम भट्टराईनिकट मानिन्थे ।

गठबन्धन दलबीच सिट बाँडफाँटको अन्तिम टुंगो लागिसकेको छैन । यद्यपि, एउटैमात्र निर्वाचन क्षेत्र रहेको धनकुटा नेपाली कांग्रेसको भागमा पर्ने मोटामोटी सहमति भएको बताइन्छ । गठबन्धनको कार्यदलले प्रत्यक्षतर्फ १६५ सिटमध्ये १३० सिटमा सहमति जुटेको नेताहरूले बताएका छन् । त्यसमध्ये धनकुटामा माओवादी केन्द्रका नेताहरूले दाबी छाडेपछि सहमति भएको हो । शुरूमा धनकुटामा जनता समाजवादी पार्टीले समेत दाबी गरेको थियो । तर, पछिल्लो समय जसपाले पनि दाबी छाडेको थियो । 

धनकुटामा कांग्रेसको तर्फबाट राप्रपाका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापापुत्र सुनिल थापा उम्मेदवार बन्ने लगभग निश्चित छ । राप्रपाबाटै राजनीति थालेका सुनिलले २ वर्षअघि कांग्रेस प्रवेश गरेका थिए । 

भण्डारी २०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा धनकुटाबाट निर्वाचत भएका थिए । सुनिल २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा भने नेकपा एमालेका राजेन्द्र राई निर्वाचित भएका थिए ।

धनकुटामा भण्डारीले उम्मेदवारी घोषणा गरेसँगै मुख्यत तीन जनाबीच प्रतिष्पर्धा हुने आकलन गरिएको छ । गठबन्धनबाट सुनिल, एमालेबाट पुनः राजेन्द्र र स्वतन्त्र उम्मेदवार भण्डारीबीच मुख्य रूपमा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x