×

Dabur
MG

जमाना डिजिटलको छ । युवा पुस्ता नगदरहित भुक्तानी गर्न रुचाउन थालेका छन् । तर, अधिकांश नेपालीलाई बानी पार्न नसक्दा डिजिटल भुक्तानी हुनुपर्ने ठाउँमा पनि नगदै कारोवार भइरहेको छ ।

yONNEX
Sagarmatha Cement
Kumari

पछिल्लो समय सूचना प्रविधिको प्रयोग, हातहातमा मोबाइल पुगिसकेको छ । मोबाइलकै कारण जहाँ पुग्यो त्यहीँ इन्टनरेट सुविधाले क्यूआर कोड भुक्तानीदेखि वालेट पेमेन्टसम्म सहज भइसकेको छ । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

अहिले चल्तीका वालेटबाट अर्कोमा भुक्तानी गर्दा शुल्क लाग्दैन । बजारमा उपभोक्ताले कुनै सामान किनेर भुक्तानी गर्दा निःशुल्क छ । हातहातमा मोबाइल र प्रविधिमा अभ्यस्त युवापुस्ताले आफू डिजिटल भुक्तानी गर्न रुचाउने, सहजताका लागि पाका उमेरकालाई पनि सिकाउने गरेका कारण नगदरहित सेवा थप सहज हुँदै गएको छ । घरबाट बाहिर निस्किँदा खाद्यान्न, पेयपदार्थदेखि घरायसी प्रयोजनका सामान किन्न र होटल रेस्टुराँ पुगेर खाएको बिल भुक्तानीसम्ममा डिजिटल भुक्तानी सहज भएको छ ।


Advertisment
Tezz
Berger
Pardeshi

प्रविधिको सहज प्रयोगकै कारण आमजनताको पहुँचमा पुगेको मोबाइल बैंकिङबाट साउन महिनामा मात्रै भएको कारोवार डेढ खर्ब रुपैयाँ नाघेको छ । यस्तो भुक्तानीका लागि साउनसम्ममा १ करोड ८६ लाख ग्राहक मोबाइल बैंकिङमा जोडिएका छन् । यो बाहेक वालेट चलाउने ग्राहक पनि १ करोड ४० लाख पुगेका छन् । वालेटबाट मात्रै पछिल्लो एक महिनामा १७ अर्ब रुपैयाँको कारोवार भएको छ । 

Vianet communication
Laxmi Bank

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार नेपालमा द्रुत गतिको ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता ३ करोड ८१ लाख पुगेका छन् । यस मध्ये मोबाइल ब्रोडब्यान्डमा जोडिएका प्रयोगकर्ता ९८ प्रतिशत छन् । मोबाइल इन्टरनेटकै कारण पछिल्लो समय डिजिटल भुक्तानीलाई थप सहयोग पुगेको देखिन्छ ।

नोट छाप्दा हुने खर्च जोगाउन डिजिटलमा जोड

डिजिटल भुक्तानीको तुलनामा नयाँ नोट साट्दा खर्च बढी हुन्छ । नयाँ नोट छाप्दा ४ रुपैयाँ ६८ रुपैयाँसम्म एउटै नोटको लागि खर्चनुपर्छ । खर्च हुने नयाँ नोट बजारमा जाँदा पुरानो बैंकहरूमै थुप्रने र बर्सेनि धुलाउनु पर्ने भएका कारण राष्ट्र बैंकले डिजिटल माध्यमलाई प्रबर्द्धनमा जोड दिइरहेको छ । 

यो वर्ष भने डिजिटलकै प्रयोग बढेको र आमनेपालीमा नोटप्रतिको सजगता बढेकाले नयाँ नोट साट्नेको संख्या उल्लेख्य रूपमा घटेको छ । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेलका अनुसार यो वर्ष करीब ११ अर्ब रुपैयाँको मात्रै नयाँ नोट साटिएको छ । 

पोखरेलले भने यो वर्ष दशैैंको फूलपातीको दिनसम्म आउँदा बढेर १५ अर्ब रुपैयाँ भएको रहेछ भने पनि गत वर्षको तुलनामा २० अर्ब रुपैयाँले नयाँ नोटको सटही घटेको छ ।

नयाँ नोट गत वर्ष ३५ अर्ब रुपैयाँको सटही भएको थियो ।

पछिल्लो समय देखिएको नयाँ नोट सटहीको आकर्षण कम हुनुले भुक्तानी प्रणाली डिजिटल हुँदै गएको देखाउँछ । पोखरेल भन्छन्, ‘बैैंकहरूमा पनि लाइन विगतको तुलनामा घटेको छ । यो वर्षभन्दा अर्को वर्ष कम हुँदै जाने अपेक्षा गर्न सकिन्छ ।’ 

डिजिटल पेमेन्टले बजारलाई चलायमान बनाइरहँदा नगद कारोबारलाई पनि विस्तारै घटाउँदै लगेको छ । नगदमा कारोवार गर्नेको तुलनामा नगदरहित कारोबार बढ्नुले उपभोक्तालाई सहज, बैंकमा निक्षेप नघट्ने र नयाँ नोट साट्दा हुने खर्च पनि बचत गर्न सकिने पोखरेलेको तर्क छ । 

सिभिल बैैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पोखरेल पनि डिजिटल भुक्तानीको प्रभाव बैंकिङ प्रणालीमा राम्रोसँग परिरहेको बताउँछन् । पछिल्लो दैनिक ४/५ अर्ब रुपैयाँ डिजिटल भुक्तानी हुन थालेको छ । यसले बैैंकहरूबाट निक्षेप बाहिर नजाने, प्रणालीमै निक्षेप रहने, उपभोक्ताको काम चल्ने र नोट सटही तथा छपाइमा हुने खर्च जोगाउन सहयोग पुग्ने गरेको उनले बताए ।

नगदबाट कारोवार गर्दा पैसा झिकेर एक ठाउँबाट अर्को ठाँउमा लैजानुपर्ने हुन्छ । यसले लागत र समय पनि बढाउँछ । नगद भुक्तानी गर्दा सहज र छिटो पनि हुने भएकाले यसको प्रयोग बढ्नुलाई सकारात्मक मान्नुपर्ने पोखरेलको भनाइ छ ।

धेरैवटा बैंकहरूले वालेटलाई सहजै स्वीकार्नु र मोबाइल बैंकिङको सेवा दिनुले नगदको कारोवार घटाएको हुन सक्छ । पछिल्लो समय डिजिटल पेमेन्टलाई रुचाउने क्रम पनि बढिरहेको छ । 

विगतका वर्षहरूमा डिजिटलको प्रयोग कम हुँदा नगद बढी प्रयोग हुन्थ्यो । अहिले डिजिटल बढेकाले पनि नगदको प्रयोग कम हुँदै गएको छ । 

सम्भव छ दशैंमा डिजिटल दक्षिणा ?

नगद भुक्तानीलाई निरुत्साहन र डिजिटललाई प्रबर्द्धन गर्नुपर्ने भएकाले आफूले सकेसम्म डिजिटल भुक्तानी नै गर्न रुचाउने गरेको सिभिल बैंकका सीईओ सुनिल पोखरेल बताउँछन् । 

केन्द्रीय बैैंकले अहिले मर्चेन्टलाई निःशुल्क कारोवारको सुविधा दिनुपर्ने व्यवस्था गरिदिएको छ । कुनै पनि ग्राहकले कुनै पनि मर्चेन्ट कारोबारमा भुक्तानी गर्दा शुल्क तिर्नु पर्दैन । 

यसको अर्थ बजारमा गएर पैसा तिर्न राखिएको क्यूआर कोडमा स्क्यान गर्दा शुल्क लाग्दैन । तर, फण्ड ट्रान्सफर गर्दा भने १० रुपैयाँसम्म शुल्क लाग्छ ।

डिजिटललाई प्रबद्र्धन गर्नका लागि दशैंको दक्षिण समेत ट्रान्सफर गर्ने चलन बसाउनुपर्ने पोखरेल बताउँछन् । त्यसका लागि दशैंको अवधिमा बैंकहरूले ट्रान्सफरमा अतिरिक्त शुल्क नलिएर सहजीकरण गर्न सक्ने उनको भनाइ छ ।

‘दशैंमा नगद छोडौं, डिजिटल रोजौं’ भन्दै टीकाको एक दिन निःशुल्क ट्रान्सफर गर्न सकिने व्यवस्था गर्न सकिन्छ,’ सीईओ पोखरेलले भने, ‘यो विषयमा आगामी दिनमा ग्राहकको सहजता र अपेक्षाअनुसार बैंकहरूले सोच्न सक्छन् ।’

डिजिटाइजेनकै प्रभावका कारण पैसाको परिचालन गत आर्थिक वर्षमै ६६ अर्ब रुपैयाँले घटेको छ । यसरी पैसाको परिचालन घट्नुलाई डिजिटल बढ्यो नगद प्रवाह घट्यो भन्ने अर्थ लगाउन सकिने नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले बताए ।

ज्ञवालीले भने, ‘केन्द्रीय बैंकमा भूकम्पपछि भत्किएको पैसा राख्ने भल्ट अहिलेसम्म बन्न सकेको छैन । बजारमा पठाउने नयाँ पैसाले पुरानो पैसा फिर्ता आउने गर्छ । फिर्ता आएको साना दरका पुरानो पैसा राख्ने भल्ट नभएर खुला कोठामै राख्नुपर्ने बाध्यता बैंकहरूलाई परिरहेको छ ।’ 

पुराना नोट बैंकलाई राख्ने ठाउँ नभइरहेको अवस्थामा दशैंका नाममा नयाँ नोट छापेर बजारमा पठाउनु व्यावहारिक नभएको तर्क ज्ञवालीको छ । 

ज्ञवाली भन्छन्, ‘बजारमा नयाँ नोट जाँदा पुरानो नोट तुरुन्तै फर्किएर आउने गर्छ । पैसा खेलौना होइन । राष्ट्र बैंकले नयाँ नोट छापेर बाँड्नु नै गलत हो ।’ 

नयाँ नोट बजारमा पठाउँदा दशैंको एक सातापछि नै थोत्रिएर फिर्ता आउने गर्छ । त्यसैले डिजिटल भुक्तानी गर्नु अब समाज र समय दुबैको आवश्यकता हो ।

आवश्यकता हुँदाहुँदै पनि खाता नहुनेलाई पहिले खाता खोलेर आउनुस्, त्यसपछि भुक्तानी गर्छु भन्न नमिल्ने भएकाले पनि नगदै कारोवार गर्नुपर्ने अवस्था अझै केही समय रहिरहने बुझाइ ज्ञवालीको छ ।

बैंकहरूले नगदको सट्टा डिजिटल भुक्तानी प्रबद्र्धन नै गरिरहेका छन् । एउटा बैंकले अर्कोमा भुक्तानी गर्दा र पेमेन्ट कम्पनीले सेवा दिँदा लागत लाग्छ । निःशुल्क सेवा दिने पेमेन्ट कम्पनी सबै अहिले घाटामा छन् । ग्राहकले भुक्तानी गर्ने सेवाका लागि अहिले पनि सबैतिर निःशुल्क सेवा दिइरहेका छन् ।

फन्ड ट्रान्सफर गर्दा मात्रै लिइने थोरै शुल्क व्यक्ति स्वयं बैंक पुग्दा लाग्ने समय र खर्चको तुलनामा भने कम पर्छ । हरेक सेवा निःशुल्क खोजिनुले बानी बिग्रने र सेवाप्रदाक पनि सधैँ घाटा चल्नुपर्ने ज्ञवालीको तर्क छ ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १५, २०८०

ढोरपाटन– नेपाल उद्योग वाणिज्य महासंघले वर्तमान आर्थिक संकटको समाधानका लागि सरकार, नेपाल राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहकार्यमा वृहत् राष्ट्रिय विमर्श गरी अर्थतन्त्रको संकटमोचनको रोड...

असोज १६, २०८०

नेपाल एसबिआई बैंक लिमिटेड र साथी अस्पताल एण्ड रिसर्च सेन्टर प्रालि टिकापुर–१, कैलालीबीच छुट सम्झौता भएको छ ।​​ बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी साथी...

असोज १६, २०८०

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आजको कारोबारमा नेप्से परिसूचक १७ दशमलव ५६ अङ्कले घटेर १ हजार ९ सय ५८ दशमलव ७२ को बिन्दुमा कायम भएको हो । विभिन्न कम्पनीका दुई सय ८१ कम्पनीको...

असोज १६, २०८०

निरन्तर घाटाको रटान लगाउँदै आएको नेपाल आयल निगमले प्रतिलिटर १०२ रुपैयाँमा किनेको पेट्रोल १८३ रुपैयाँमा बेच्ने गरेको छ । ६२ प्रतिशतभन्दा बढी कर तथा विभिन्न खर्च जोडेर उपभोक्ताको ढाड सेकिँदै आएको हो । ...

असोज १६, २०८०

हिमालयन बैंक लिमिटेडले काठमाडौंको न्यूरोडस्थित आफ्नै जग्गामा भवन निर्माण शुरू गरेको छ ।​​ बैंकले काठमाडौं महानगरपालिका वडा नं २२, खिचापोखरीमा यही असोज १२ गते शुक्रवार भवन निर्माणको लागि शिलान्...

असोज १६, २०८०

म्याग्दीस्थित  शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले करिब तीन सय  सेयर सदस्यले बचत गरेको रु चार करोड ६१ लाख रकम फिर्ता नगरेको पाइएको छ ।  ती सेयर सदस्यले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा आफूले ब...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x