×

NMB BANK
NIC ASIA

मोहनी नखाःको दशौँ दिन नेवार समुदायमा चालँ

असोज १९, २०७९

NTC
Premier Steels

मोहनी नखाःको दशौँ दिन नेवार समुदायले आज चालँ मनाउँदैछन् । यस दिन मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसादका रूपमा असत्यमाथि सत्यको विजयको प्रतीक रातो टीका, समृद्धिको प्रतीक जमरा र रातो कोखा लगाइन्छ । साथै खड्ग र पायो बोकेर खाँ निस्कने गरिन्छ ।

Muktinath Bank

नेवार समुदायमा विजयादशमीको दिन घरको सबैभन्दा जेठो व्यक्तिले बिहानै पवित्र भई महानवमीको दिन नवदुर्गा भवानी र नःलास्वाँ (जमरा) पूजा गरेको स्थानमा मोहनी पूजा सम्पन्न गरिन्छ । त्यसपछि परिवारका सबैजना बसेर सम्ये बजीको प्रसाद ग्रहण गरी परिवारको ज्येष्ठ सदस्यबाट परिवार सबैलाई क्रमैसँग मोहनी सिन्हः (कालो टीका), नःलास्वाँ र रातो कोखासहित पूजामा राखेका औजार सामग्री हस्तान्तरण गरिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसरी प्रसाद लिँदा आफूभन्दा ठूलालाई ढोग्नुपर्ने  र ठूलाले पनि सुख समृद्धि, सुस्वास्थ्यको कामनासँगै सत्य र न्यायको पक्षमा जुझ्न सक्ने शक्ति होस् आदि भनेर आशीर्वाद दिन्छन् ।  चालँअर्थात् दशमीका दिन काठमाडौँ उपत्यकाको सहरमा र अन्य नेवार बस्तीमा पायो वा खड्ग जात्रा निकालिन्छ । घरघरमा पनि आगनमा पूजा गरिराखेको खड्ग जेठो पुरुष सदस्यले बोकेर आँगन बाहिर ल्याउँछन् । सबै घरपरिबारले खड्ग ढोग्दछन् । यसो गर्नाले खड्गसिद्धी प्राप्त भई शक्ति हासिल हुने बिश्वास छ । 


Advertisment
Nabil box
Kumari

खड्ग बोक्ने पायोमा पनि देवी प्रवेश गर्ने भएकोले पायो काँप्न थाल्दछ । त्यसपछि कुभिन्डो, उखु र अदुवाको बोटलाई खड्गले हाने पछि पायो पनि सम्पन्न हुन्छ । किम्वदन्तीअनुसार भगवतीले महिषासुरको बध गर्न खोज्दा ज्यान जोगाउन कुभिन्डो, उखु र अदुवाको बोटमा प्रवेश गरेकोले ती वस्तुलाई पनि काट्ने गरेको बताइन्छ  । यसैगरी पायो निकाली कुभिन्डो आदि काट्नु भनेको अन्याय अत्याचारमाथि सत्य र न्यायको विजय भनेर पनि बुझ्ने गरिन्छ । पायोअर्थात् खड्गलाई घरभित्र मात्र होइन, बाहिर समुदायमा पनि धुमधामसँग जात्रा नै गरिन्छ । 

Vianet communication

नेवार समुदायमा दशमीको दिनदेखि मोहनी नखाःत्या सुरु हुने र यसदिनदेखि  मान्यजनका घरघर गएर टीका लगाउने परम्परा नभए नि  अचेल यसको प्रचलन बढेको  छ । नेवार समुदायमा दिदीबहिनी, भान्जाभान्जी, छोरी ज्वाइँलगायतका आफन्तजनलाई मोहनी नखाःको भोजको निम्तो दिएर खुवाउने प्रचलन छ, यसैलाई नखाःत्या सतेऊ (बोलाउनें) र नखाःत्या वनेऊ (जाने) भन्ने गरिन्छ ।

यो दिन देवी दुर्गा भवानीले महिषासुर राक्षसको वध गरेको विश्वासमा विजय मनाउने भएकाले यस दिनलाई विजयादशमी पनि भन्ने गरेको संस्कृतिविद्को भनाइ छ  । यो दिन भक्तपुरको ब्रह्मायणीमा ठूलो मेला लाग्दछ । यस दिन घटस्थापनाको दिन राखेको जमरा र महानवमीको दिन विशेष प्रकारले बनाएको मोहनी टीका देवीको प्रसादको रुपमा शिरमा लगाइन्छ । तलेजु समेत विधिवत रुपमा अन्तिम पूजा गरी कुमारी घरमा रहेको तलेजुलाई पुन देवगृहमा विराजमान गराइन्छ ।

राती ब्रह्मायणीबाट नवदुर्गा फर्केपछि खड्ग जात्रा निकालिन्छ । देवीले दैत्यलाई वध गरेको सम्झनामा यो जात्रा सञ्चालन गरिएको संस्कृतिकर्मीहरु बताउँछन् । खड्ग जात्रालाई पायो जात्राको रुपमा पनि लिइन्छ । यो जात्रामा तलेजु भवानीलाई नवदुर्गा गणसहितले विधिवत्रुपमा पूजा गर्दछन् । यो जात्रामा तलेजुको वाहन सेतो घोडा दौडाउनुका साथै फलामे पोसाक लगाएका मानिससमेत जात्रामा सामेल हुन्छ ।

किम्वदन्तीअनुसार सत्ययुगमा दैत्यहरुले ब्रह्माको तपस्या गरे । ब्रह्माले खुसी भई दैत्यहरुलाई वरदान माग्ने आज्ञा दिए । दैत्यले कसैले मार्न नसक्ने वरदान माग्दा ब्रम्ह्माले स्वास्नीमान्छेबाहेक कसैले मार्न नसक्ने वरदान दिए । वरदान प्राप्त गरेपछि दैत्य स्वर्गमा गई देवतालाई दुःख दिन थाले । यो देखेर महादेव, इन्द्र र विष्णु मिलेर शक्ति स्वरुपा देवीको उत्पत्ति गराए । दैत्यसँग युद्ध गराए अन्तःमा मुख्य मुख्य दैत्य सबै मारिए । बाँकी भएका दैत्यरुकोही हाँस भए, कोही कुखुरा भए, कोही बोका, कोही राँगा भए । देवीले त्यसरी दोपाया र चौपायामा प्रवेश गरेका दैत्यलाई खोजी खोजी मार्न थाले । यसैको सम्झनामा खड्ग जात्रा सुरु भएको लोककथन रहेको पाइन्छ । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x