×

NMB BANK
NIC ASIA

बालुवाटारलाई चौतर्फी दबाब : उपेन्द्र टाढिँदै, शेखर चिढिँदै

असोज २०, २०७९

NTC
फाइल फोटो
Premier Steels

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटका कारण नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा चौतर्फी दबाब परेको छ ।

Muktinath Bank

लामो समयदेखि प्रयास गर्दा पनि सत्तारुढ गठबन्धनले सिट बाँडफाँट टुंग्याउन सकेको छैन । बिहीवार समेत बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बसेको छ तर उम्मेदवारी दर्ता गर्ने दिन असोज २३ गते नजिकिँदै गर्दा पनि गठबन्धन अनिर्णित छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सभापति देउवा नेतृत्वको पार्टी कांग्रेसभित्र शेखर कोइराला नेतृत्वको असन्तुष्ट समूहले पार्टीले गठबन्धनमा बढी सिट राख्नुपर्ने, फरक समूहका नेताहरूलाई विभेद गर्न नहुने भनेर दबाब दिइरहेको छ । देउवामाथि दबाब बढाउन कोइराला समूहका छुट्टै भेला, बैठक बस्दै आएका छन् । देउवाले समानुपातिकको बन्दसूचीमा नाम राख्दा अन्याय गरेको भन्दै कोइराला पक्ष चिढिएको छ भने प्रत्यक्ष तर्फको टिकट वितरणको निर्णयको पर्खाइ समेत गरिरहेको छ ।


Advertisment
Nabil box
Kumari

अर्काेतिर गठबन्धनमा चाहेजति सिट नपाइने देखेपछि गठबन्धनकै घटक जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव नेकपा एमालेसँग नजिकिन थालेका छन् । यादवले बिहीवार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।

Vianet communication

सत्तारुढ गठबन्धनकै दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी दबाब समेत देउवामाथि उस्तै छ । कांग्रेसले लिन चाहेको सिटमा समेत माओवादी र समाजवादीले दाबी गरेपछि देउवा दबाबमा परेका चर्चा कांग्रेस वृत्तमा भइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x