×

NMB BANK
NIC ASIA

संसदीय निर्वाचन २०७९

सत्ता गठबन्धन र लोसपाबीच तालमेल गर्ने सैद्धान्तिक सहमति, सिट बाँडफाँटबारे भाेलि बिहान थप छलफल हुने

असोज २१, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

सत्तारुढ गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा तालमेल गरेर जाने सैद्धान्तिक सहमति भएको छ । गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि लोसपाले प्रवेश पाएकाे हाे । 

Muktinath Bank

शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा आगामी निर्वाचनमा गठबन्धन गरेर जाने सैद्धान्तिक सहमति भएको लोसपा नेता जितेन्द्र सोनलले लोकान्तरलाई जानकारी दिए । सिट बाँडफाँडका बारेमा पनि प्रारम्भिक छलफल भएको उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेता सोनलका अनुसार शुक्रवारको वार्ता सकारात्मक भएको छ । गठबन्धन र लोसपा नेताहरूबीच शनिवार पुनः छलफलमा बसेर सिट बाँडफाँटबारे अन्तिम निर्णय गर्ने सहमति भएको उनले बताए । ‘आजको छलफलमा गठबन्धन र लोसपाबीच गठबन्धन गरेर आगामी निर्वाचन जाने सैद्धान्तिक सहमति भएको छ, सिट बाँडफाँटबारे पनि केही कुरा भएको छ’, उनले भने, ‘भोलि बिहान फेरि बसेर यसलाई टुंग्याउने सहमति भएको छ ।’ 


Advertisment
Nabil box
Kumari

गठबन्धन र लोसपाबीच शनिवार बिहान ८ बजे पुनः बालुवाटारमा छलफल हुने सोनलले जानकारी दिए । 

Vianet communication

यसअघि गठबन्धनका रहेको जसपा बाहिरिएपछि लोसपाले प्रवेश पाएको हो । जसपाले एमालेसँग गठबन्धन गर्ने तयारी गरिरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x