×

NMB BANK
NIC ASIA

बाढीले पुल भत्काएपछि हुलाकी सडकखण्ड अवरुद्ध

असोज २८, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

पूर्व–पश्चिम जोड्ने हुलाकी सडकखण्डअन्तर्गत पर्ने बर्दिया राजापुर कैलाली सत्तीघाटमा पुल भत्किएपछि हुलाकी सडकखण्ड अवरुद्ध भएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण कर्णाली नदीमा पानीको सतह वृद्धि भएपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा यात्रुलाई आवतजावत गर्न कठिनाइ भएको छ भने यात्रु चिसापानी भएर यात्रा गर्न बाध्य भएका छन् । बाटो अवरुद्ध हुँदा तीन दिनदेखि ठूला तथा साना सवारीसाधान आवातजावत पूर्णरूपमा बन्द छ ।

Muktinath Bank

बवई नदीको जब्दीघाटको पुल बाढीले बगाउँदा गुलरिया सदरमुकाम र बारबर्दिया नगरपालिकाका स्थानीयवासीको आउजाउ बन्द भएको  छ । ग्याङ नदीमाथि रहेको झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ । उक्त पुल बगाउँदा बारबर्दिया नगरपालिका र गुलरिया सदरमुकाम जाउजाउमा समस्या भएको स्थानीय विक्रम चौधरीले बताए । उक्त पुल पप्पु कन्स्ट्रसनले निर्माण गरेको हो । यसअघि सो पुल हस्तान्तरण नहुँदै २०७१ सालमा बबईको बाढीले भत्काएको थियो ।   


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बर्दियामा कर्णाली र बवई नदीको बाढीले सात सय घरपरिवार पिडीत भएका छन् । अधिकांशको घर बाढीले बगाएको छ भने करोडौंको धानबाली बाढीले बगाएर पूर्णरूपमा नष्ट भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्दु बाँस्तोलाले बताए । गेरुवा र राजापुरमा कर्णाली नदीको बाढी पस्दा सात सय घरपरिवारमा विस्थापित भएका छन् । कोही स्कुल त कोही आफन्तकहाँ बसेका छन् । 


Advertisment
Nabil box
Kumari

बाढीबाट आठ हजार घरपरिवारलाई प्रतिघरपरिवार रु १५ हजारका दरले कुल रु १२ करोड नेपाल सरकार र विश्व खाद्य कार्यक्रमबाट राजापुर नगरपालिका, गेरुवा गाउँपालिका, ठाकुरबाबा नगरपालिका र मधुवन नगरपालिका कर्णालीको बाढी प्रभावितलाई राहत वितरण गरिएको प्रजिअ बास्तोलाले बताए । 

Vianet communication

त्यसैगरी बाढीबाट घरहरू बगाए पनि मानवीय क्षति हुनबाट भने आफूहरूले जोगाएको बर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए । करिब ३५ घर पूर्णरूपमा बगाएको छ भने तिनका परिवारलाई तत्काल रु १५ हजारका दर रकम वितरण गरिएको उनले बताए । 

सदरमुकाम गुलरिया आउने बारबर्दियाका स्थानीयवासी बाँसगढी नगरपालिका बढैयाताल गाउँपालिका र मधुवन नगरपाललिका घुमेर आउनुपरेका कारण निकै सकस भएको बारबर्दिया–११ निवासी विक्रम चौधरीले बताए । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x