×

NMB BANK
NIC ASIA

कांग्रेसको घोषणापत्रमा मंसिर ४ पछि सरकार कसरी अगाडि बढ्छ भन्ने कुरा समेटिने

असोज २८, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बनाउँदै गरिएको घोषणापत्रको सम्बन्धमा छलफल भएको छ । शुक्रवार कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको तर्फबाट बन्दै गरेको घोषणापत्रको सम्बन्धमा छलफल भएको हो । 

Muktinath Bank

कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा ४१ सदस्यीय घोषणापत्र तयारी समिति गठन गरेको थियो । बैठकमा संयोजक शर्माले घोषणापत्रको सैद्धान्तिक पक्षका बारेमा कुरा राखेको सह–महामन्त्री जीवन परियारले जानकारी दिए । त्यस्तै घोषणापत्र मस्यौदा उपसमितिका संयोजक डा. स्वर्णिम वाग्लेले पनि घोषणापत्रको संक्षिप्त सारको विषयमा कुरा राखेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकमा पार्टी सभापति शेरबहादुर देउवालगायत पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यगरी १२ जनाले घोषणापत्र निर्माणको सम्बन्धमा सुझावहरू दिएको पनि सह–महामन्त्री परियारले बताए । 


Advertisment
Nabil box
Kumari

‘सुझावसहित यो मस्यौदा समितिले यसलाई अन्तिम रूप दिएर छिटोभन्दा छिटो हामीले यसलाई सार्वजनिक गर्ने प्रतिबद्धता पनि नेपाली कांग्रेसले गरेको छ । मुख्यकुरा हामीले यो घोषणापत्रमा के लाई बढी महत्व दिएका छौँ भने २०७२ सालमा काँग्रेसको नेतृत्वमा संविधान जारी भएको । त्यो संविधानको रक्षा गर्ने मूल नेतृत्व पनि नेपाली काँग्रेसले लिन्छौँ भन्ने कुरा हाम्रो प्रतिवद्धता घोषणापत्रमा पहिलो रूपमा आउँछ’, उनले भने, ‘विगतमा हाम्रो सरकारले ०४८ सालदेखि आजसम्म कांग्रेस नेतृत्वको सरकारले प्रारम्भ गरेका महत्वपूर्ण विषयवस्तुहरु पनि हामी यो घोषणापत्रमा संक्षिप्तमा राख्नेछौँ । मंसिर ४ गतेपछि हाम्रो सरकार अगाडि बढ्छ भन्ने पनि जनताको बीचमा हामी सार्वजनिक गर्नेछौँ ।’

Vianet communication

घोषणापत्र तयारी समितिले डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा गठन गरेको घोषणापत्र मस्यौदा उपसमितिले घोषणापत्र लेखनको काम तीव्र गतिमा गरिरहेको उनले बताए । उपसमितिमा केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल, नेताहरू गेजा शर्मा वाग्ले, महासमिति सदस्य डा. कृष्ण पौडेल, युवा नेता प्रताप पौडेल, नेता प्रिति मण्डल र सदस्य सचिवको रूपमा केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुलीले काम गरिरहेको सह–महामन्त्री परियारले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x