×

NMB BANK
NIC ASIA

नवौं राष्ट्रिय खेलकुद : महिला बास्केटबालमा त्रिभुवन आर्मी, बागमती, सुदुरपश्चिम र सशस्त्र विजयी

असोज २९, २०७९

NTC
Premier Steels

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ निर्मल माविमा जारी महिला बास्केटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मी क्लवले दोहोरो जित हासिल गरेको छ । 

Muktinath Bank

फुलकोर्ट र थ्री बाई थ्रीतर्फ त्रिभुवन आर्मी क्लबले एक÷एक जीत दर्ता गराएको हो । फुलकोर्टतर्फ त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ६८–३० अंकले पराजित गरेको हो । त्रिभुवन आर्मी क्लबले पहिलो क्वाटरमा १७–५, दोस्रो क्वाटरमा १५३, तेस्रो क्वाटरमा २२–१० र चौथो क्वाटरमा १४–१२ अंक प्राप्त गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्रिभुवन आर्मीको जीतमा प्रतिक्षा मगरले व्यक्तिगत सबैभन्दा बढी १५ अंक जोडेकी थिइन् । सुदूरपश्चिम प्रदेशका लागि सञ्जुले व्यक्तिगत १६ अंक जोडिन् । थ्री बाई थ्रीतर्फ त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई १४–७ ले पराजित ग¥यो । उक्त खेलमा त्रिभुवन आर्मी क्लबका जेनिशा श्रेष्ठले सबैभन्दा बढी आठ र लुम्बिनीका सृष्टि चौधरीले तीन अंक जोडिन् । 


Advertisment
Nabil box
Kumari

आजै भएको फुलकोर्टतर्फ प्रदेश नं १ लाई पराजित गर्दै बागमती प्रदेशले विजय सुरुआत गरेको छ । बागमती प्रदेशले प्रदेश नं १ लाई ७५–२६ अंकको फराकिलो अन्तरले पराजित गरेको छ । खेलमा बागमतीका विनामणि योञ्जनले सबैभन्दा बढी १३ अंक जोडिन् भने प्रदेश १ का शीतल तामाङले आठ अंक जोडिन् । 

Vianet communication

थ्री बाई थ्रीतर्फ बागमती प्रदेशले मधेश प्रदेशलाई १४–२ ले पराजित गर्‍यो । उक्त खेलमा बागमतीका आशा चौधरीले सबैभन्दा बढी आठ र मधेशका शवनम खातुनले एक अंक जोडिन् । 

थ्री बाई थ्रीतर्फ सुदूरपश्चिम र सशस्त्र प्रहरीको विभागीय टिम विजयी भएको छ । सुदूरपश्चिम प्रदेशले प्रदेश १ लाई ७–६ अंकले पराजित ग¥यो । उक्त खेलमा सुदूरपश्चिमका अशिका कुँवरले व्यक्तिगत चार अंक प्राप्त गरिन् । प्रदेश नम्बर १ का सम्झना राईले तीन अंक जोडेकी थिइन् । 

थ्री बाई थ्रीतर्फ सशस्त्र प्रहरीको विभागीय टिमले गण्डकी प्रदेशलाई ९–७ ले पराजित गर्‍यो । सशस्त्रका छिरिङ चोकेले व्यक्तिगत चार अंक जोडिन् भने गण्डकीका स्मृति गुरुङले चार अंक जोडिन् । 

प्रतियोगिताका लागि फुलकोर्ट (पाँच जना खेलाडी) र थ्री बाई थ्री (तीन जना खेलाडी) का लागि छुट्टाछुट्टै समूह विभाजन गरिएको छ । पाँच खेलाडी खेल्नेतर्फ समूह ए मा नेपाल आर्मी, सुदूरपश्चिम प्रदेश र मधेश प्रदेश रहेका छन् भने समूह बि मा बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ रहेका छन् । 

तीन खेलाडी खेल्नेतर्फ समूह ए मा मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र नेपाल आर्मी छन् भने समूह बि मा प्रदेश नम्बर १, सशस्त्र प्रहरी, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन् । रासस 
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x