
नेपाल लेयर्स कुखुरापालक व्यवसायी सङ्गठित भएका छन् । देशैभरका अण्डा उत्पादन गर्ने ठूला व्यावसायिक फर्म सङ्गठित भएका हुन् ।
व्यवसायीले तदर्थ समिति गठन गरेका छन् । समितिको अध्यक्षमा विनोद पोखरेल, महासचिव शोभाकान्त ढकाल, सचिव मदन चिरञ्जीवी पोखरेल, कोषाध्यक्ष प्रकाश चापागार्इं, सदस्य राजेन्द्र लामिछाने, रामलाल भुसाल, ज्योतेन्द्र श्रेष्ठ, गङ्गा भट्टराई, भरत शर्मा, गोकुलनाथ पौडेल, पीताम्बर सञ्जेल, सञ्जीव खनाल रहेका छन् ।
समितिको संरक्षकमा गुणचन्द्र विष्ट, सल्लाहकारमा सुरेश वैद, दीपककुमार प्रधान, शिवाजी राव रहेका छन् ।