×

NMB BANK
NIC ASIA

विदेशबाट आयातित खाद्य वस्तुलाई प्रतिबन्ध लगाउन विज्ञहरूको सुझाव

असोज ३०, २०७९

NTC
Premier Steels

नेपालको खाद्य प्रणालीमा सुधार र खाद्य सम्प्रभुताको लागि विदेशबाट आयात हुने कृषिजन्य वस्तु प्रतिबन्ध गर्नुपर्ने आवश्यकता रहेको विज्ञहरूले बताएका छन् । पछिल्लो समय विश्वमा नै वातावरणीय प्रभाव तथा अन्य कारणले खाद्य वस्तु उत्पादनमा कमी हुँदै गएको भन्दै विज्ञहरूले विदेशबाट आयात हुने कृषिजन्य वस्तु प्रतिबन्ध गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

Muktinath Bank

आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विज्ञहरूले वातावरणीय प्रभावको कारण खाद्य पदार्थ उत्पादनमा कमी आउँदा विश्वमा नै खाद्य संकट आउन थालेको बताए । कृषि विज्ञहरूले वातावरणीय प्रभावलाई सन्तुलनमा राखेर खाद्य वस्तुको उत्पादन र उत्पादकत्व बढाउन आवश्यक रहेको पनि बताए । नेपालमा खाद्य प्रणालीमा सुधार ल्याउन कृषि क्षेत्रमा लगानी वृद्धि र सरकारले कृषि क्षेत्रलाई व्यवस्थित बनाउने गरी प्रोत्साहन नीति बनाउनुपर्ने विज्ञहरूको सुझाव छ । उनीहरूले कृषि उत्पादनमा ठूलो सम्भावना हुँदासमेत कृषिजन्य सामग्री विदेशबाट आयात भइरहेकोप्रति दुःख प्रकट गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अब नेपाली रैथाने कृषि उत्पादनलाई प्राथमिकतामा राखेर सबै नेपालीले आयातित कृषिजन्य वस्तु प्रयोगमा प्रतिवन्ध लगाए मात्रै खाद्य प्रणालीमा सुधार र खाद्य सम्प्रभुता हुने विज्ञहरूको भनाइ थियो । ४२औँ विश्व खाद्य दिवसको अवसरमा अखिल नेपाल किसान महासंघको आयोजनामा भएको नेपालको खाद्य प्रणाली र खाद्य सम्प्रभुता विषयक अन्तरक्रियामा बोल्दै कृषि विभागका उपमहानिर्देशक डा. हरिबहादुर केसीले नेपालको कृषि क्षेत्रमा सरकार र निजी क्षेत्रको कृषि अनुसन्धान,जनशक्ति र लगानीको कमी रहेको बताए । 


Advertisment
Nabil box
Kumari

उनले पछिल्लो समय कृषि क्षेत्रमा विकास भएका नयाँ प्रविधिहरूले नेपाली रैथाने प्रविधिलाई विस्थापित बनाएको पनि बताए । डा. केसीले नेपाली रैथाने प्रविधिलाई नयाँ प्रविधिमा विकास गर्न सकेमा कृषि क्षेत्रमा वैदेशिक रूपमा प्रतिष्पर्धा बढाउन सकिने अवस्था आउने बताए । उनले नेपाली किसानले उत्पादन गरेको वस्तुलाई बजारमा प्राथमिकता दिएर विदेशबाट आयात भएका कृषिजन्य वस्तुलाई प्रतिवन्ध गर्न आवश्यक रहेको बताए । 

Vianet communication

डा. केसीले नेपालीहरूले नै नेपाली उत्पादनलाई प्राथमिकता दिन नसके नेपाली उत्पादनले बजार पाउन नसक्ने बताए । उनले नेपाली खाद्य सामग्रीलाई उपभोग योग्य बनाउनुपर्ने आवश्यकता रहेको बताए । उनले नेपालले पछिल्लो केही वर्षमा कृषि उत्पादन बढेको भए पनि कृषिजन्य वस्तुमा आयात बढ्दै गएको बताए । उनले पछिल्लो १० वर्षमा किसानले पाउने बजार मूल्यमा परिर्वतन हुन नसक्दा कृषिजन्य वस्तुमा उत्पादक किसान र क्रेता–बिक्रेताबीचको मूल्यमा धेरै अन्तर रहेको दाबी गरे । उनले नेपालमा भोकमरीको समस्यामा सुधार भएकाले आयात बढ्न गएको पनि बताए । 

त्यस्तै, अखिल नेपाल किसान महासंघका अध्यक्ष डा.प्रेम दंगालले खाद्य प्रणालीमा सुधार ल्याउन सरकारले खाद्य नियमावली ल्याएर राष्ट्रिय खाद्य सम्प्रभुता परिषद् बनाउनुपर्ने माग गरे । उनले राष्ट्रिय खाद्य सम्प्रभुता परिषद् बनाउँदा स्थायी प्रकृतिको अधिकार सम्पन्न भएमात्रै नागरिकहरू खाद्य अधिकारको पहुँचमा पुग्ने बताए । 

त्यस्तै, मानव अधिकार एलायन्सका महासचिव विदुर सुवेदीले नेपालमा कृषि शिक्षाको अभाव रहेको बताए । उनले कृषिसम्बन्धी शिक्षा कमजोर हुँदै गएको अवस्थामा पनि कृषकहरू समेत विदेश जाने क्रम बढिरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले विकासित मुलुकहरूले हरित ग्यास उत्पादन गरेको कारण खाद्य संकट आउन थालेको बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

चैत २५, २०८०

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...

मंसिर ३०, २०८०

विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...

बैशाख ५, २०८१

नेपालमा सबैभन्दा बढी खोजिएको स्मार्टफोन ब्राण्ड सामसङले ‘ग्यालेक्सी एम१४ एलटीई’ सार्वजनिक गरेको छ । ५० एमपी ट्रिपल क्यामरा, ५००० एमएएच ब्याट्री, अत्याधुनिक अक्टा–कोर प्रोसेसर र शक्तिशाली सुविध...

चैत २५, २०८०

जापानको सर्वोत्कृष्ट पेन्ट केएनपी नेरोलेक पेन्टले हालै मात्र नेपालमा दुई नयाँ पेन्ट सार्वजनिक गरेको छ । आफ्ना सम्पूर्ण अधिकृत विक्रमहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरी कम्पनीले आफ्ना दुई नयाँ पेन्ट सार्वजनिक गरे...

चैत २२, २०८०

३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।  बिहीवार आयोजित कार्यक्रममा कजरिया...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x