×

NMB BANK
NIC ASIA

कात्तिक १८ गतेदेखि मात्र निर्वाचन प्रचार गर्न पाइने

असोज ३०, २०७९

NTC
Premier Steels

निर्वाचन आयोगले निर्वाचन आचारसंहीता पूर्ण रुपमा पालना गर्न उम्मेदवारहरूलाई आग्रह गरेको छ । राजनीतिक दलका उम्मेदवारहरू तथा स्वतन्त्र उम्मेदवारहरूले चुनाव प्रचारप्रसार गरेको उजुरी परेसँगैै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराएको हो । निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिताअनुसार निर्वाचन हुने दिनभन्दा १७ दिन अगाडिदेखि (कार्तिक १८ गतेदेखि) मात्रै प्रचारप्रसार गर्न पाइने बताए । 

Muktinath Bank

आयुक्त भण्डारीले उम्मेदवारहरूले घरदैलो कार्यक्रम गर्न पाउने र त्यसमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने प्रावधानलाई पनि पालना गर्न सचेत गराए । घरदैलोमा बाजागाजा र तामझाम गरिरहेको उजुरी आयोगमा परेको भन्दै उनले त्यस्ता कार्य नगर्न आग्रह गरे । घरदैलोमा तामझाम र बाजागाजा गर्नु पनि आचारसंहिता विपरीत हुने उनको भनाइ छ । आचारसंहिताको परिधिभित्र बसेर कानूनी सजाय नपाउनेगरी घरदैलो गर्न उनले उम्मेदवारहरूलाई आग्रह गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘दलका प्रतिनिधिहरूको सहमतिमासमेत बनेको आचारसंहिताले निर्वाचन हुने दिनभन्दा १७ दिन अगावै अर्थात २०७९÷०७÷१८ बाट निर्वाचन प्रचार–प्रसार गर्न पाइन्छ । त्योभन्दा अगाडि निर्वाचन प्रचारप्रसार गर्ने लगायतका क्रियाहरू गर्न पाइँदैन भनेर आचारसंहीताले निषेध गरेको छ । राजनीतिक दलका उम्मेदवार अथवा स्वतन्त्र उम्मेदवारहरू घरदैलो गर्न पाए । घरदैलो गर्न पाउने पनि हामीले भर्खर आचारसंहिता संशोधन गरेर दलहरूकै आग्रहमा घरदैलो कार्यक्रम गर्न पाउने भनेर हामीले आचारसंहिता संशोधन गरेर घोषणा गरिदिएका छौँ’, उनले भने, ‘घरदैलो कार्यक्रम गर्दाखेरी पनि उहाँहरू मत माग्न मतदाताको घरमा जाँदाखेरी २५ जनाभन्दा बढी जान पाउनुहुन्न । २५ जनापनि बाजागाजा, तामझाम गरेर जान पाइँदैन । आचारसंहिताले निषेध गरेको छ । थुप्रै ठाउँबाट उजुरी कसरी आइरहेको छ भने यसरी घरदैलो कार्यक्रममा उम्मेदवारहरू जाँदाखेरी बढी तामझाम गरेर जानुभयो । बाजागाजा बजाइदिनु भयो । नाचगान गर्नुभयो र उहाँहरूले भोजभतेर पनि गर्न शुरु गर्नुभएको छ भन्ने कुरो हामीकहाँ उजुरी परेको छ । यो उजुरीको सम्बन्धमा हामी मसिनोसँग छानबिन गरिराखेका छौँ ।’


Advertisment
Nabil box
Kumari

उनले उम्मेदवारहरूले आफू राम्रो र अरु नराम्रो भनि प्रचारप्रसार गर्न नपाइने उल्लेख गरे । उम्मेदवारहरूलाई आफ्नो घोषणापत्र अनुरुप र आफूले गर्ने कामहरूको मात्रै प्रचारप्रसार गर्न उनको सुझाव छ । अरू दल र स्वतन्त्र उम्मेदवारहरू नराम्रो भनी प्रचार गर्न नपाइने उनले उल्लेख गरे । आयुक्त भण्डारीले प्रचारप्रसारको क्रममा आचारसंहीता उल्लंघन भएमा आयोगले उम्मेदवारको मनोनयनपत्र खारेजसम्म गर्नसक्ने बताए । 

Vianet communication

आयुक्त भण्डारीले आयोगले हालसम्म दर्जनौँ उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिसकेको जानकारी दिए । स्पष्टीकरण चित्तबुझ्दो नभएमा थप कानूनी कारबाही अगाडि बढाइने र आचारसंहिता पालना गराउने सन्दर्भमा आयोग निर्मम र निर्दयी भएर अघि बढ्ने स्पष्ट पारे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x