×

NMB BANK
NIC ASIA

नवौँ राष्ट्रिय खेलकुद : कराँतेमा विभागीय टोलीकै दबदबा

असोज ३१, २०७९

NTC
Premier Steels

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत करातेमा विभागीय टोलीकै दबदबा रहेको छ । अहिले दिउँसोसम्म छिनोफानो भएका सबै ११ स्वर्ण पदक तीनवटै विभागीय टोली नेपाल पुलिस क्लब, एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले आफ्नो पोल्टामा पारेका छन् ।  

Muktinath Bank

एपीएफ र आर्मीभन्दा पनि पुलिस क्लब अब्बल निस्केको छ । पुलिस क्लबले हालसम्म छिनोफानो भएका ११ मध्ये सात स्वर्ण जित्न सफल भएको छ । पुलिस क्लब शीर्ष स्थानमा छ । पुलिसले दुई रजत र दुई कास्य पदकसमेत प्राप्त गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्य दुई विभागीय क्लब एपीएफ र आर्मी क्लब क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । आर्मी क्लबले दुई स्वर्ण र तीन रजत प्राप्त गरेको छ । एपीएफ क्लबले दुई स्वर्ण, तीन रजत र तीन कास्य पदक प्राप्त गरेको छ । विभागीय बाहेक सात प्रदेशको प्रदर्शन निकै कमजोर रहेको पाइएको छ । 


Advertisment
Nabil box
Kumari

प्रदेश १, गण्डकी, बागमती, लुम्बिनी र मधेश प्रदेश क्रमशः चौंथो, पाचौँ, छैटौँ, सातौँ र आठौँ स्थानमा छन् । कर्णाली र सुदूरपश्चिम पदक तालिकाको पुछारमा छन् । 

Vianet communication

प्रदेश १ ले दुई रजत र चार कास्य, गण्डकीले एक रजत र तीन कास्य, बागमतीले एक रजत र दुई कास्य, लुम्बिनीले चार कास्य तथा मधेश प्रदेशले दुई कास्य प्राप्त गरेको छ । कर्णाली र सुदूरपश्चिमले एक एक कास्य मात्र हात पारेका छन् । 

कुश्मास्थित मिनी कभर्डहलमा केहीबेर अघि सम्पन्न महिला ६८ किलो माथिको तौल समुहमा पुलिस क्लबकी इरिका गुरुङले स्वर्ण, आर्मीकी विभूषा थापाले रजत तथा प्रदेश १ की मिस्डोना राई र लुम्बिनीकी दिया थापाले कास्य पदक प्राप्त गरिन् । 

यस्तै पुरुष ६७ किलो तौल समूहमा पुलिस क्लबकै नविन रसाइलीले स्वर्ण, एपीएफका मीनबहादुर तामाङले रजत तथा मधेशका कृष्ण महतो र गण्डकीका मनोज श्रेष्ठले कास्य पदक प्राप्त गरे । 

यसैगरी पुरुष ६० किलो तौल समुहमा पुलिस क्लबका सन्तोष श्रेष्ठले स्वर्ण पदक जित्दा गण्डकीका सक्षम लामाले रजतमै चित्त बुझाए । सो स्पर्धामा लुम्बिनीका खड्ग थामी मगर र एपीएफका सुविन खत्रीले कास्य पदक प्राप्त गरे । करातेका मुख्य प्रशिक्षक तुलसी महर्जन अनुसार आजै थप दुई स्वर्ण पदकको छिनोफानो हुनेछ ।  महिला ६८ किलो मुनि र पुरुष ८४ किलो मुनि तौल समूहको फाइनल खेल हुँदैछ ।  

यसअघि सम्पन्न महिला ५५ किलो तौल समुहमा नेपाल पुलिस क्लबकी सोनी राईले स्वर्ण, प्रदेश नं १ की विद्याकला राईले रजत तथा गण्डकीकी अनु गुरुङ र एपीएफकी मनिषा चौधरीले कास्य प्राप्त गरेका थिए । यस्तै पुरुष ७५ किलो कुमुतेतर्फ पुलिसकै गङ्गाराम कुशवारले स्वर्ण, गण्डकीका प्रतिक घर्तिमगरले रजत तथा बागमतीका रोशन बलामी र प्रदेश १ का रुरिहाङ राईले कास्य प्राप्त गरे । 

यसैगरी महिला ६१ किलो तौल समुहमा पुलिसकी अनु अधिकारीले स्वर्ण, पुलिसकै अर्मिला डिसीले रजत तथा एपीएफकी अस्तर राई र लुम्बिनीकी रविना घर्तिमगरले कास्य प्राप्त गरे । यस्तै पुरुष ८४ किलो माथिको तौल समुहमा पुलिसकै विप्लव श्रेष्ठले स्वर्ण जित्दा आर्मी क्लबका विपिनराजसिंह धामीले रजत तथा एपीएफका दिगम्बरप्रसाद पन्त र नारायणबहादुर गुरुङले कास्य प्राप्त गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x