×

NMB BANK
NIC ASIA

लगातार तीनवटा हिट फिल्म दिएका निर्देशक प्रदीप, चौथो परीक्षामा महापुरुष !

कात्तिक १, २०७९

NTC
Premier Steels

निर्देशक प्रदीप भट्टराईका प्रदर्शनमा आएका तीनवटै फिल्म बक्स अफिसमा सुपरहिट छन् । पहिलो फिल्म ‘जात्रा’, दोस्रो ‘शत्रु गते’ र तेस्रो ‘जात्रै जात्रा’ उनले निर्देशन गरेका सफल फिल्महरू हुन् । 

Muktinath Bank

लगातार तीनवटा हिट फिल्म दिएका उनको नयाँ फिल्म ‘महापुरुष’ यही कात्तिकको ११ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ । सफल फिल्म दिइरहेका जो–कोही नयाँ फिल्म पनि सफल हुनुपर्ने दबाबमा देखिन्छ । हालसम्म तीनवटा फिल्म निर्देशन, तीनवटै सफल दिएका प्रदीपमा पनि ‘महापुरुष’ चल्नैपर्ने दबाब देखिन्छ । यद्यपि, फिल्मको व्यापारलाई लिएर आफूमा डर भने कत्ति पनि नरहेको उनी बताउँछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मलाई सुटिङमा जानुअगाडि डर लाग्छ । स्क्रिप्ट लक गर्नुअगाडि एकदमै डराउँछु’ मंगलवार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले भने, ‘फिल्म सुटिङ भएपछि डर नै लाग्दैन ।’ स्क्रिप्ट लक गर्नुअगाडि अघिल्ला फिल्मजस्तो हुने हो कि होइन ? त्यस्तो भयो/भएन भनेर आफूमा डर हुने उनको भनाइ थियो ।  ‘महापुरुष’ को विषयवस्तु नै बलियो भएकाले पनि डर नभएको उनी बताउँछन् । 


Advertisment
Nabil box
Kumari

‘हामी सामान्य विषयमा पनि ठिकै लेभलको फिल्म बनाइरहेका थियौँ । यसमा त खिचिदिए मात्रै पनि राम्रो हुने खालको विषयवस्तु उठाएका छौँ’, उनी भन्छन्, ‘इन्टरटेन्मेन्टको हिसाबले हामीलाई अलिकलि ज्ञान भएको हुनाले त्यो भइहाल्छ । विषयवस्तुका हिसाबले पनि यो यत्तिकै क्यामेरा लगाएर खिचे पनि राम्रो हुन्छ भन्ने खालको कथा हो । त्यसकारण डर कत्तिपनि छैन ।’ 

Vianet communication

प्रदीप स्वयंको कथा रहेको ‘महापुरुष’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री, अन्जना बराइलीलगायतको अभिनय छ । 

यसअघि ‘टलकजंग भर्सेस टुल्के’, ‘जात्रा’ र ‘जात्रै जात्रा’ निर्माण गरेको पट्कोण आर्टस्को ब्यानरमा फिल्म निर्माण भएको हो । रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा म्याक्स दिपेश खत्री छन् । भाइटीकाको भोलिपल्टदेखि प्रदर्शनमा आउने फिल्म समीक्षात्मक र व्यापारिक दुवै हिसाबमा राम्रो हुने आकलन छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x