×

NMB BANK
NIC ASIA

नवौँ राष्ट्रिय खेलकुद : गण्डकीलाई पराजित गर्दै आर्मी फुटबलको फाइनलमा

कात्तिक १, २०७९

NTC
Premier Steels

विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलको फाइनलमा पुगेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा मंगलवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक गण्डकी प्रदेशलाई १–० गोलले निराश पार्दै आर्मी फाइनलमा पुगेको हो । 

Muktinath Bank

आर्मी आठौँ संस्करणको राष्ट्रिय खेलकुदमा फुटबलको च्याम्पियनसमेत हो । पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएकामा दोस्रो हाफममा आर्मीले गरेको एक मात्र गोल निर्णायक बन्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वैकल्पिक खेलाडी सुदील राईले खेलको ५८औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए । खेलको २४औँ मिनेटमा कप्तान भरत खवासको स्थानमा मैदान प्रवेश गरेका राईले उत्कृष्ट गोल गरेपछि आर्मी स्वर्ण पदक नजिक पुगेको हो । आर्मीले खेलको सुरुआतदेखि गण्डकीलाई दबाबमा राखे पनि पाएको अवसरको उचित सदुपयोग गर्न सकेको थिएन । आर्मीका गोलका केही अवसर खेर गएका थिए ।


Advertisment
Nabil box
Kumari

जारी प्रतियोगितामा आर्मी समूह ‘सी’ को विजेता बन्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको थियो । आर्मीले लिग चरणको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४–१ ले र दोस्रो खेलमा पुलिस क्लबलाई २–० गोल अन्तरले हराएको हो । प्रतियोगिताको दोस्रो सेमिफाइनलका लागि सुदुरपश्चिम प्रदेश र समूह ‘बी’ विजेता एपिएफ क्लबका बीच खेल हुँदैछ ।

Vianet communication

पुरुष फुटबल प्रतियोगितामा नवौँमा सहभागी ११ वटै टोलीले सहभागिता जनाएका छन् । प्रत्येक टोलीलाई चार समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’ मा गण्डकी प्रदेश, प्रदेश नं १ र एनआरएनको टोली छ । समूह ‘बी’मा बागमती, मधेश प्रदेश र एपीएफ रहेका छन् । त्यसैगरी आर्मी, लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब समूह ‘सी’ मा र समूह ‘डी’मा कर्णाली र सुदूरपश्चिम प्रदेश छन् । पुरुष फुटबलको स्वर्ण पदकका लागि कात्तिक ३ गते फाइनल खेल हुनेछ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x