×

NMB BANK
NIC ASIA

नवौँ राष्ट्रिय खेलकुद : एपीएफलाई फुटबलको स्वर्ण

कात्तिक ३, २०७९

NTC
Premier Steels

डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा स्तब्ध बनाउँदै एपीएफ क्लबले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ । पोखरा रंगशालामा भएको फाइनल प्रतिष्पर्धामा एपीएफले सडन डेथमा आर्मीलाई हराउँदै स्वर्ण पदक जितेको थियो । 

Muktinath Bank

एपीएफले पेनाल्टी सुटआउटमा ६–५ अन्तरले पराजित गरेको हो । यसअघि निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । दुवै टोलीमा एक–एक खेलाडीले रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । त्यसपछि १० खेलाडीमा सीमित भएका दुवै टोलीबाट प्रतिष्पर्धात्मक खेल भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खेल अवधिभर एपीएफले आर्मीमाथि दबाब दिएर खेल्दै सुनौलो अवसर बुने पनि सदुपयोग गर्न चुकेको थियो । आर्मीले पनि केही राम्रा अवसर खेर फाल्न पुगेको थियो । यस पराजयसँगै आर्मीले पुरुष फुटबलमा रजत पदकमा चित्त बुझाएको छ । 


Advertisment
Nabil box
Kumari

उता कास्य पदकका लागि भएको प्रतिष्पर्धामा सुदूरपश्चिम प्रदेशलाई १–० गोल अन्तरले हराउँदै गण्डकी तेस्रो भयो । गण्डकीको जितमा कमल थापाले फ्रिकिकमार्फत गरेको गोल निर्णायक भएको थियो । यस्तै, महिला फुटबलमा भने विभागीय टोली एपिएफ क्लबले स्वर्ण जितेको छ । स्याङ्जाको वालिङमा बिहीवार भएको फाइनल प्रतिष्पर्धामा एपिएफले नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले स्तब्ध बनाउँदै स्वर्ण पदक जितेको हो । 

Vianet communication

निकै रोमाञ्चक बनेको खेलमा एपीएफले स्वर्ण पदकमा बाजी मार्दा दुवै गोल सावित्रा भण्डारीले गरेकी हुन् भने पुलिसका लागि निरु थापाले एक गोल फर्काएकी थिइन् । दुई गोल गरेकी सावित्राले सबै खेलमा गोल गरेकी छन् । उनले प्रतियोगिताभर १४ गोल गर्न सफल भइन् ।

यस्तै महिला फुटबलमा त्रिभुवन आर्मी क्लबले कास्य पदक जितेको छ । तेस्रो स्थानको प्रतिष्पर्धामा आर्मीले प्रदेश १ लाई ७–० ले पराजित गर्दै कास्य पदक जितेको हो । आर्मीको जितमा स्ट्राइकर अमिशा कार्कीले ह्याट्रिक गरिन् । यसबाहेक कप्तान हिमा चौधरी, चन्द्रा भण्डारी र कुसुम खतिवडाले एकएक गोल गरे । खेलको तेस्रो मिनेटमै हिमाले गोल गर्दै आर्मीलाई अग्रता दिलाएकी थिइन् । अमिशाले खेलको ५, ३५ र ४६औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x