×

NMB BANK
NIC ASIA

तीन सयभन्दा बढी सरकारी योजनामा आयोगले लगायो रोक

कात्तिक ३, २०७९

NTC
Premier Steels

निर्वाचन आयोगले सरकार र मातहतका निकायले विभिन्न कामको अनुमतिका लागि दिएको तीन सयभन्दा बढी निवेदन रोकिदिएको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचन आचारसंहिताविपरित हुने खालका काममा अनुमति पाउँ भनी दिएको निवेदनहरू रोकिदिएको प्रष्ट पारे । 

Muktinath Bank

उनले कर्मचारी सरुवा, बढुवा, नयाँ नियुक्ति, नयाँ भवन शिलान्यास, उद्घाटन, अनावरणलगायतका विषयमा सरकार र मातहतका निकायले दिएको निवेदन निर्वाचन आचारसंहिताविपरित भएकाले त्यस्ता खालको काममा अनुमति नदिइएको बताए । तर, आयोगले अत्यावश्यक सेवाका लागि परेको करिब १५३ वटा निवेदनमाथि अध्ययन गरी सो कार्य अघि बढाउन अनुमति दिइएको जनाएको छ । निर्वाचन आयुक्त भण्डारीले देशको प्रतिनिधित्व गरेर बाहिर मुलुकमा जानुपर्ने विषय, अत्यावश्यक स्वास्थ्य, सरसफाइलगायतका कार्यक्रम अघि बढाउन दिइएको निवेदन भने स्वीकृति गर्दै अघि बढाउन अनुमति दिइएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘आचारसंहिताले कर्मचारी सरुवा, बढुवा, नयाँ कार्यक्रम छन भने उद्घाटन, शिलान्यास, अनावरणलगायतका विषयवस्तुहरु जुन कार्य गर्दाखेरी निर्वाचनलाई प्रतिकूल असर पर्छ । अर्थात निर्वाचन प्रभावित हुन्छ भने ती काम गर्न पाइँदैन भनेर हामीले रोक्यौँ । आचारसंहिताले रोक्यो । रोकिसकेपछि लगभग ५०० संख्यामा यो आचारसंहिता उलंघन गर्नु हुँदैन यो काम गर्नेलाई अनुमति पाउँ, सहमति पाउँ भनेर आयोगमा निवेदन परेको छ । नेपाल सरकारको विभिन्न मन्त्रालय, संस्थान, विश्वविद्यालयलगायतका विभिन्न ठाउँबाट । त्यसकारण नगरी नहुने र दैनिक कार्यमै बाधा अडचन खडा हुने र स्वास्थ्यसम्बन्धी, सरसफाई सम्बन्धी, अत्यावश्यक विषयवस्तुभित्र पर्छन्’, आयुक्त भण्डारीले भने, ‘ती विषयवस्तुहरुलाई समेत समेट्नुपर्ने विषय छ भने त्यसलाई अध्ययन गरेर हामीले १५३ वटालाई सहमति दिएका छौँ । कतिपय कर्मचारीहरूको महिना दिन अगाडि विदेश जाने भनेर स्वीकृति भइसकेको छ । जुन मुलुकको तर्फबाट प्रतिनिधित्व गरेर जानुपर्नेछ । त्यसलाई तत्काल स्वीकृति गरेर अनुमति दिएका छौँ । सो भन्दा बाहेक जुन गर्न नहुने तर सरकारले गर्न खोज्ने कर्मचारी नियुक्ति, भर्ना, बढुवा, भनेको ठाउँमा सरुवाजस्ता विषयहरु भने हामीले रोकेका छौँ । आचारसंहिताले निषेध गरेको छ । रोकिएको करिव-करिव ३०० हाराहारीमा होला । निर्वाचन प्रक्रियामा असर पर्ने कुनै पनि अनुमती सरकारलाई दिन सकिदैन, हामी रोक्छौँ ।’


Advertisment
Nabil box
Kumari

निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा असर पर्ने कुनै पनि कामलाई अघि बढाउन अनुमति दिन नसकिनेतर्फ सरकारलाई सचेत गराउँदै आएको छ । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x