×

NMB BANK
NIC ASIA

बेलायतको राजनीतिक हलचल, निराश परिवेशको नालीबेली

कात्तिक ५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

आर्थिक सङ्कटलाई समाधान गर्न आफूलाई ‘अवरोधक’ बनाउने कसम खाएकी बेलायतकी प्रधानमन्त्री लिज ट्रसले करिब सबै पूराना निर्णयबाट यू–टर्न गरिन् । उनले पदबाट बहिर्गमनको घोषणा गरेपनि आफ्नै मन्त्रीको कमजोर अर्थनीतिका कारण थप जटिल बन्दै गएको मुद्रा स्फीतिको मार्गलाई अबरोध गरी उनले एउटा प्रतिज्ञा पुरा गरिन्। 

Muktinath Bank

प्रधानमन्त्रीको छोटो कार्यकाल सात दिनको अवधिमा चरमोत्कर्षमा पुगेको थियो जुन सन् २०१६ देखि बेलायतले देखेको जस्तो विध्वंसकारी थियो, जब युरोपेली सङ्घबाट बाहिरिने देशको निर्णयले राजनीतिको सामान्य नियमलाई उल्ट्याएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“यो ’लभ आइल्याण्ड’ होइन, यो बेलायतको शासन व्यवस्था हो,” कन्जरभेटिभ्स पार्टीका प्रमुख इतिहासकार टिम बेलले ट्वीट गर्दै भनेका छन् । 


Advertisment
Nabil box
Kumari

यूरोपेली सङ्घ (ईयूबाट) बाट बेलायतको बहिर्गमन ‘ब्रेक्जिट’ले कन्जरभेटिभ पार्टीलाई अस्थिर बनाएको छ र यसले कुनै पनि सरकारलाई समस्या पनि दिएको छ किनभने यसले व्यापार र वृद्धिमा कमी ल्याएको छ,” बेलले भने । 

Vianet communication
Laxmi Bank

“यसको मतलब उनीहरूले २०१९ मा गरेका वाचाहरू पूरा गर्न धेरै कम पैसा छ । मलाई लाग्दैन कि कसैले जादुको छडी हल्लाएर बेलायतको आर्थिक समस्या समाधान गर्न सक्छ ।

उनले पूर्व अर्थमन्त्रीलाई सङ्केत गर्दै भने “तर यदि तपाईं बौद्धिक र सञ्चारको हिसाबले सक्षम व्यक्तिलाई छान्नुहुन्छ भने तपाईंले ऋषि सुनकलाई शीर्ष उम्मेदवारको रूपमा विचार गर्नुपर्दछ, उहाँको चेतावनी ट्रसको आघात र विस्मयकारी कार्यक्रमको बारेमा विस्तृत रूपमा वर्णन गरिएको भाषामा आएको छ ।” 

ट्रसको गलत कदमले बेलायतलाई ग्रीस वा इटालीको तुलनामा अन्तर्राष्ट्रिय ऋणपत्र बजारका लागि बढी खतरनाक सम्भावना बनाएपछि मित्रराष्ट्रहरूले दयाको दृष्टिले मात्र हेर्न सक्थे ।
बजारको निर्णयले लाखौं बेलायतीहरूका लागि उधारो लागत बढायो जसका कारण उनीहरूले पुस्तौंदेखिको सबैभन्दा खराब जीवनयापनको सङ्कटको सामना गरिरहेका छन् । यसमा केही विद्वान्हरूले ब्रेक्जिटपछि कन्जरभेटिभ शासनमा रहेको बेलायतको कमजोरी भनेका छन् । 

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्राेँले भने, “बेलायतले चाँडै राजनीतिक स्थिरता हासिल गरोस् । यो महत्वपूर्ण छ र म यही चाहन्छु । केही हप्ताअघि ट्रसले उनलाई बेलायतको ‘साथी’ भन्न अस्वीकार गरेकी थिइन् । 

सन् १८२७ मा जर्ज क्यानिङको भन्दा पनि छोटो समयावधिका लागि मात्र ट्रसको प्रधानमन्त्रीको कार्यकाल रेकर्ड भयो ।

सन् २०१६ पछि बेलायती संसद्मा भएको ब्रेक्जिटको बहस, थेरेसा मेको पीडादायी प्रधानमन्त्रीकाल र बोरिस जोन्सनको डाउनिङ स्ट्रिटमा तीन वर्ष बिताएपछि देशको अवस्था कस्तो भएको थियो भन्ने कुराले टिप्पणीकारहरूलाई झस्काएको थियो ।

तर, केवल ४४ दिनमा, ट्रसले बेलायतको प्रतिष्ठा र उनको आफ्नै टोरी पार्टीको प्रतिष्ठालाई समेत प्रश्नचिन्ह खडा गरेको छ । 

उनकै दलका धेरै सांसदहरू सरकारको कामबाट निराश भएका समय बुधबार अबेर राति भएको संसदीय मतदानमा उनको नेतृत्वलाई कमजोर बनाईदिएको थियो । 

गत शुक्रबार ट्रसले आफ्ना अर्थमन्त्री क्वासी क्वार्टेङलाई बर्खास्त गरेसँगै ट्रसको बर्हिगमनको मार्ग निर्धारण गर्ने सात दिनको सुरुवात भएको थियो । यद्यपि उनले अर्थमन्त्रीलाई आफ्नो राजनीतिक सबैभन्दा राम्रो साथी र ‘वैचारिक आत्मासाथी’ को रूपमा वर्णन गरेकी थिइन् । 

हाउस अफ कमन्समा क्वार्टेङको निधनको बारेमा लेबरले सोधेको प्रश्नलाई ट्रसले बेवास्ता गरेपछि सोमबार स्थिति अझ खराब साबित भयो । कुनै नेताले मन्त्रीमार्फत् आफू ‘डेस्कमुनि लुकेको छैन’ भनेर घोषणा गर्नु कदापि राम्रो कुरा होइन ।

मङ्गलबारसम्म, जब उनले तनावपूर्ण मन्त्रीपरिषद् बैठक बोलाइन् । मतदानको एक ताजा चरणले पत्ता लगायो कि सुनकविरूद्ध उनलाई समर्थन गर्ने टोरी सदस्यहरू पनि ट्रसबाट निराश बनीसकेका थिए ।

बुधबार ट्रसले हाउस अफ कमन्ससँग कुरा गर्दै आफू लडाकु र भगुवा नभएको बताइन् । टोरीको पछिल्ला बेन्चमा रहेका निराश अनुहारहरूले लडाईको लागि कुनै चाहना देखाएनन् । त्यसको केही घण्टापछि गृहमन्त्री सुएला ब्रेभरम्यानले पदबाट राजीनामा दिइन् । 

अन्तमा, ट्रसका सांसदहरूले निर्णय गरे कि उनीहरूले केही महिनाभित्रै सर्वेक्षण रेटिंगहरू पतनको पीडा सहनुको सट्टा दोस्रो नेतृत्वको निर्वाचनको लज्जाको सामना गर्नु उचित माने । 

प्राध्यापक बेलका लागि, अब टोरीहरूका लागि जोनसनको आवेश र भ्रमपूर्ण परिस्थिति र ट्रसको ‘जोस’ पछि निराश क्षमताको लागि छनौटको विकल्प दिएको छ । 

डेली स्टार पत्रिकाले हरियो तरकारी वा ट्रसको कार्यकाल पहिले समाप्त हुन्छ भन्ने विचार प्रदायक आलेख प्रकाशित भई भाइरल बनेपछि धेरै टिप्पणीकारहरू निराश बनेका छन् ।

पत्रकार जेन मेरिकले ट्वीट गर्दै लेखेका छन्, “जब ‘सागको आयुले प्रधानमन्त्रीलाई उछिन्छ’, हामी साँच्चिकै अन्तिम दिनहरूमा आइपुगेका छौं यो प्रस्ट हुन्छ ।

शुक्रबारसम्म आउँदा प्रधानमन्त्रीमा पुनः बोरिस जोनसनलाई सरकारको नेतृत्व दिनुपर्ने आवाजहरू पनि सुनिन थालेका छन् । तर उनलाई निर्विकल्प मान्न उनको टोरी समूहका केही नेताले नै तत्काल उनको आवगमनलाई अस्वीकार गरेका छन् । तर सङ्कटग्रस्त अर्थतन्त्र सम्हाल्न एक साहसी र दूर दृष्टि भएको नेताको आवश्यकता रहने छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x