×

NMB BANK
NIC ASIA

वैदेशिक लगानीको प्रतिबद्धता

लगानी सम्मेलन सम्पन्न : आधा दर्जन बढी समझदारी, कर्णालीमा रिसोर्टदेखि विद्युतीय गाडी उत्पादनसम्म​

काठमाडाैं | बैशाख १७, २०८१

NTC
Premier Steels

आइतवारदेखि राजधानी काठमाडौंमा शुरू भएको लगानी सम्मेलन केही अन्तर्राष्ट्रिय समझदारीसँगै सोमवार साँझ समापन भएको छ ।

Muktinath Bank

कर्णालीमा डेढ अर्बको रिसोर्ट बनाउनेसँगै विराटनगरमा चिनियाँ कम्पनीले विद्युतीय गाडी उत्पादन गर्नेसम्मका समझदारी सम्मेलनका क्रममा भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोशी एनके मोटर्स र चिनियाँ कम्पनी सिमेन गोल्ड ड्रागन अटो बडी को. लिमिटेडबीच विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न समझदारी भएको हो । चिनियाँ कम्पनीले प्रारम्भिक रूपमा ३ अर्ब लगानी गर्ने प्रतिबद्धता उक्त सम्झौतामा उल्लेख गरिएको छ ।


Advertisment
Nabil box
Kumari

त्यस्तै लगानी बोर्डका प्रवक्ता प्रद्युम्न उपाध्यायले लोकान्तरलाई दिएको जानकारी अनुसार अष्ट्रेलियाको एक्स्पर्ट ग्रुप र रारा होल्डीङबीच करिब डेढ अर्बमा कर्णालीमा लक्जरी होटल खोल्ने विषयमा समझदारी बनेको छ ।

Vianet communication

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ र नेशनल च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्री मलेसियाबीच लगानी आदान-प्रदान गर्नेबारे समझदारी भएको छ । 
महासंघले फेडेरेसन अफ मलेसियन म्यानुफ्याकचरर्ससँग पनि नेपालमा उत्पादनमूलक उद्योगमा लगानी गर्न द्विपक्षीय समझदारी गरेको लगानी बोर्डले जनाएको छ । 

त्यस्तै नेपाली एसोसियसन अफ पीपीपी(पब्लिक प्राइभेट पार्टनरशीप) र वर्ल्ड एसोसियसन अफ पीपीपीबीच पनि समझदारीमा हस्ताक्षर भएको छ । 

छड तथा स्टील उत्पादन गर्दै आएको शाख ग्रुपले चीनको बोर ग्रुप अफ होटलसँग नेपालमा होटल व्यवसायमा लगानी गर्नेबारे सम्झौता गरेको छ ।

लगानी बोर्डले लोकान्तरलाई दिएको जानकारीअनुसार नेक्स्जेन म्यानेजमेन्ट सोलुसन र एमएबीसी इन्भेस्टमेन्टबीच पनि नेपालमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउनेबारे समझदारीमा हस्ताक्षर भएको छ ।

नेपाल उद्योग वाणिज्य संघ र चीनको डोङगुवान लाइटिङ प्रोडक्टबीच नेपालमा लगानी गर्ने समझदारी भएको बोर्डले जनाएको छ । 

यससँगै उद्योग विभागले सोमवारबाटै लागू हुने गरी अटोमेटिक रुटबाट लगानी स्वीकृति गर्ने संयन्त्र तयार गरेको थियो ।

सो संयन्त्रअनुसार ९ अर्ब बराबरको लगानी प्रतिबद्धता आएको उद्योग मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा भाग लिन ८ सय विदेशी लगानीकर्ता आएका थिए भने १ हजारभन्दा बढी नेपाली व्यवसायी र उद्योगी सहभागी भएका थिए ।

सम्मेलन समापन सत्रमा बोल्दै लगानी बोर्डका सीईओ सुशील भट्टले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको पुष्टि भएको बताए । 

काठमाडौंमा दुई दिनसम्म चलेको सम्मेलनमा विभिन्न प्यानल छलफल, साइडलाइन मिटिङ र विभिन्न सम्झौता र समझदारी भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x