कात्तिक २३, २०८०
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
कात्तिक ६, २०७९
नेपाल प्रहरीले निर्वाचनका लागि ल्याएको नयाँ गाडी तिहारपछि वितरण गर्ने भएको छ । प्रहरीले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि भनेर १८० वटा गाडी खरिद गरेको छ । उक्त गाडी केही दिनभित्रै आइपुग्ने र तिहारपछि बाँडिने प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले १०० वटा महिन्द्राको स्कोरपियो र ८० वटा टाटाको योद्धा पिकअप भ्यान किन्न लागेको छ । यसपटक प्रहरीले गाडी नेपालमा रहेका डिलरहरूबाट खरिद गरेको छ । प्रहरीले खरिद गर्न लागेकामध्ये अहिलेसम्म ३५ वटा गाडी प्राप्त गरिसकेको छ । उक्त गाडीमा सञ्चार सेटहरू जडान गरिरहेको छ । अरु गाडीहरू पनि केही दिनमा आएपछि वितरण गर्ने तयारी भइरहेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले जानकारी दिए ।
‘गाडीहरू आउने क्रममा छन्, केही आएका छन् । त्यसलाई तिहारपछि वितरण गर्ने तयारीमा छौँ’, डीआईजी राईले भने ।
सरकारले प्रहरीका लागि ७५ करोड रुपैयाँ निर्वाचन लक्षित बजेट छुट्याएको थियो ।
२०७० सालमा किनेका सवारीसाधन बिग्रेकाले त्यसलाई विस्थापन गर्नुपर्ने प्रहरीको भनाइ छ । उक्त सवारीसाधन सबै विस्थापन गर्नुपर्ने भन्दै प्रहरीले सरकारसँग यो निर्वाचनमा एक हजार ४०० गाडी किन्ने बजेट माग गरेको थियो ।
देशमा आर्थिक अवस्था कमजोर भएको भन्दै वैशाखमा भएको स्थानीय तह निर्वाचनमा सरकारले प्रहरीलाई सवारीसाधन किन्न बजेट उपलब्ध गराएको थिएन ।
प्रहरीले स्थानीय तह निर्वाचनमा १ हजार २०० सवारीसाधन भाडामा लिएर चलाएको थियो । आगामी चुनावका लागि प्रहरीले १ हजार ५२९ पिकअप भ्यान, ११० वटा ‘वान टन’ गाडी र बस किन्नका लागि बजेट माग गरेको थियो ।
प्रहरीले संगठनलाई ७ हजार ८९४ सञ्चार सेट र हतियार आवश्यक रहेको बताएको छ । सरकारसँग प्रहरीले उक्त संख्यामा सञ्चार सेट र हतियार खरिद गर्ने बजेटसमेत माग गरेको थियो । स्थानीय तह चुनावमा प्रहरीले सेनाबाट हतियार सापट लिएर चलाएको थियो । मंसिर ४ को निर्वाचनमा पनि प्रहरीले सेनाबाटै हतियार सापटी लिएर काम चलाउने भएको छ ।
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...