×

NMB BANK
NIC ASIA

आरुघाट पुगेर प्रचण्डले सम्झिए अध्यापन गरेको क्षण

कात्तिक १२, २०७९

NTC
Premier Steels

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको आरुघाटमा आफूले अध्यापन गरेको क्षण सम्झिएका छन् । शुक्रवार साँझ आरुघाट पुगेका प्रचण्डले आफूले ४६ वर्ष पहिले आरुघाटमा शिक्षक भई अध्यापन गराउँदाको क्षण सम्झिएका हुन् । 

Muktinath Bank

आफूले ४६ वर्षपहिले आरुघाटमा व्यवसायिक शिक्षक भई काम गरे पनि आज पनि सम्झना उस्तै ताजा रहेको बताए । उनले शिक्षकका रुपमा काम गरिरहँदा आरुघाटका बासिन्दाले अपार माया र सद्भाव दिएको भन्दै धन्यवाद ज्ञापन गरेका छन् । उनले, आरुघाटबाटै राजनीतिक आन्दोलनको नेतृत्व गर्ने प्रेरणा प्राप्त गरेको पनि बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘आरुघाटका बासिन्दा तपाईंहरूले जस्तो माया, प्रेम र विश्वास दिनुभयो, मैले आरुघाट सम्झिरहने कारण त्यो पनि हो । मैले जीवनको फक्रदो समय आरुघाटमा तपाईंहरूको बीचमा बिताएको हुँ । मैले राजनीतिमा जे गरे, तपाईंहरूकै व्यवहारबाट प्रेरणा लिएको हुँ । मैले व्यवसायिक शिक्षकको हिसाबले किसानहरूको हितमा जे गरे, त्यसबाट पनि मैले प्रेरणा लिएको हुँ’, प्रचण्डले भने, ‘यहाँका सबैले मलाई आत्मिय प्रेम दिनु भएको थियो । त्यो मैले बिर्सन सकेको छैन । हुन त ४६ वर्ष बितिसकेको छ । तर, अहिले पनि सम्झना उस्तै ताजा छ ।’


Advertisment
Nabil box
Kumari

उनले आज पनि देशभरिका जनताले आफूलाई हेर्न चाहेको जस्तो भान भइरहेको बताए । 

Vianet communication

‘यहाँबाट गएपछि म पार्टीमा पूर्णकालीन कार्यकर्ता बने, त्यसपछि पञ्चायतविरुद्ध आन्दोलन भयो । हामी संसद्मा गयौँ । त्यसपछि ठूलो युद्ध भयो, त्यसको नेतृत्व गर्ने दायित्व मैले प्राप्त गरे । त्यसपछि शान्तिप्रक्रिया भयो । संविधानसभाबाट संविधान प्राप्त भयो, गणतन्त्र, संघीयता, समावेशी प्राप्त भयो’, प्रचण्डले भने, ‘हुन त मलाई दुई पटक देशको प्रधानमन्त्री बन्ने सौभाग्य पनि प्राप्त भयो । अहिले फेरि तपाईंहरूको बीचमा आएको छ । अहिले देशभरि घुम्दा मलाई सुन्न खोजेजस्तो, छुन खोजेजस्तो, हेर्न खोजेजस्तो अनुभूति हुन्छ । मलाई गोरखा १ बाटै नाम सिफारिस गरेर उम्मेदवार बन्न आग्रह गर्नु भएको हो, तर पार्टीभित्र सल्लाह गरेर म गोरखा २ बाट उम्मेदवार बनेको छु ।’ 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x