फागुन २९, २०८०
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
कात्तिक १४, २०७९
नेपाल वायुसेवा निगमको उडान अस्तव्यस्त भएको छ । आइतवार निगमको काठमाडौं–दिल्ली उडान नेपाल नागरिक उड्डयन प्राधिकरणले रद्द गरिदियो भने सोमवार दिउँसोको पनि उडान रद्द भएको छ ।
आइतवारबाट लागू भएको ‘विन्टर सेड्युल’मा निगमले तोकेको भन्दा बढी उडान तालिका राखेकोले रद्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार निगमले सातामा ७ वटा उडान गर्दै आएकोमा आइतवारबाट २ वटा कटौती भएको छ । निगमले उडान अनुमति पाएको भन्दा बढी तालिका राखेको र यात्रुलाई विमानस्थल बोलाएर दुःख दिएको भन्दै निगमलाई २४ घण्टे स्पष्टीकरणसमेत सोधेको छ ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले सोमवार एक प्रेस विज्ञप्ति जारी गरेरै निगमको लापर्वाहीका कारण उडान हुन नसकेको स्पष्ट पारेको छ । प्राधिकरणले उडान नभएको समयमा यात्रु बोलाएर दुःख दिएको तथा हवाई उड्डयनमै नकारात्मक छबि बनाएको भन्दै स्पष्टीकरण सोधेको उल्लेख गरेको छ ।
कुनै पनि वायुसेवाले प्राधिकरणको अनुमति विना उडान गर्न नपाउने व्यवस्थाविपरीत निगमले उडान तालिका राखेको प्राधिकरणको भनाइ छ । प्राधिकरणले आइतवार र सोमवारको दुई वटा काठमाडौं–दिल्लीको दुईतर्फी उडान रद्द गरिदिएको छ । यही उडान रद्द भएका कारण निगमका यात्रुले दुःख पाएका छन् भने निगमलाई नियमित उडानमा व्यवस्था मिलाउन गाह्रो भएको छ ।
निगमले आइतवारका यात्रुलाई होटलमै राखेको र सोमवार अर्को वायुसेवामार्फत उडाएको भए पनि तालिका अनुसार नहुँदा यात्रुले दुःख पाउने र अस्तव्यस्तता बढेको छ ।
निगमका सहप्रवक्ता गणेशकुमार घिमिरेका अनुसार तोकिएको तालिकाअनुसार नै उडान गर्न खोजेको बताएका छन् । उनले भने, ‘सातामा प्राधिकरणले दिएकै तालिकाभित्र रहेर उडान गर्ने गरी निगमले तयारी गरेकोले यात्रु बोलाएर आइतवार बोर्डिङ पास पनि गराइसकिएको दिल्ली उडान रद्द भयो । सोमवार दिउँसोको पनि सोही गन्तव्यको उडान रद्द भएको छ ।’
जहाजविहीन हुँदा आन्तरिक उठान ठप्प
निगमको आन्तरिक उडान भने जहाजविहीन भएका कारण ठप्प भएको छ । सोमवारका लागि तोकिएको अन्तरिक उडान सबै रद्द भएको छ । आन्तरिक उडानमा २ वटा जहाज मात्रै छन् । एउटा जहाज बिग्रिएर थन्किएकाले अर्को एउटाले मात्रै उडान गरिरहेको थियो । चलिरहेको जहाज पनि थन्किएपछि निगमले सोमवार उडान नै नगरेको निगमले जानकारी दिएको छ । निगमले दुर्गम क्षेत्रका जनतलाई सेवामूलक उडान गर्दै आएको छ ।
चिनियाँ जहाज भाडामा गएन, अब बिक्री गरिने
वायुसेवा निगमले ४५ दिन अगाडि चिनियाँ जहाज भाडामा दिने सार्वजनिक प्रस्ताव आव्हान गरेको थियो । चिनियाँ जहाज भाडामा लिन कुनै पनि पक्ष इच्छुक देखिएन । भाडामा दिन निगमले दिएको ४५ दिने समयसीमा आज (सोमवार) सकिँदैछ । आजसम्म कसैले रुची नदेखाएकोले थप १५ दिनको समय दिइने भएको छ । निगमले १५ दिनको समय दिएर पुनः प्रस्ताव आव्हान गर्ने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
थप दिएको समयमा पनि कसैले भाडामा लिन इच्छा नदेखाए बिक्री नै गर्ने तयारी निगमले गरेको स्रोतले बतायो । निगमका अनुसार भाडामा लिएर चलाउने आन्तरिक वायुसेवा कसैले इच्छा नदेखाएको र चासोसमेत नआएकोले औपचारिकताका लागि समय थप गरेर प्रस्ताव माग गरिने भए पनि बिक्रीकै लागि पनि एकैसाथ तयारी हुँदैछ । थपिएको समय सकेपछि बिक्री गर्ने विषयमा अर्को प्रस्ताव आउने पनि निगमले जानकारी दिएको छ ।
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...