×

NMB BANK
NIC ASIA

विशेष कुराकानी

प्रधानमन्त्री बन्ने चाहना छ, तर भारतमा कुनै सहमति भएको छैन– आरजु राणा [अन्तर्वार्ता]

‘मंसिर ४ पछिको प्रधानमन्त्री शेरबहादुर, प्रचण्ड पनि दाबेदार’

कात्तिक १४, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेकी प्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा. आरजु राणा पछिल्लो समय राजनीतिमा सक्रिय छिन् ।

Muktinath Bank

कैलाली– ५ बाट चुनाव लड्ने तयारी गरेकी आरजुले अन्तिममा समानुपातिकमा बसेर संसद् पुग्ने सुरक्षित बाटो रोजिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेस सभापति देउवाले आरजुलाई राजनीतिमा स्थापित गराउन भरमग्दुर प्रयास गरेको चर्चा कांग्रेसभित्र चलिरहेको छ । असार अन्तिम साता माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको भ्रमण गर्दा आरजु दिल्लीमै थिइन् ।


Advertisment
Nabil box
Kumari

उपचारका लागि दिल्लीमा रहेकी आरजु, प्रचण्ड र भारतका केही प्रतिनिधिबीच सत्ता साझेदारीको समझदारी भएको भनेर नेपालमा चर्चा चल्यो । 

Vianet communication

दिल्लीमा कुनै सहमति नभएको भनेर प्रचण्डले स्पष्टीकरण दिइसकेपनि आरजुले यसबारे बोलेकी थिइनन् ।

छठको अवसरमा जनकपुर पुगेकी प्रधानमन्त्रीपत्नी आरजुसँग लोकान्तरका अजय अनुरागीले समसामयिक विषयमा कुरा गरेका छन् । प्रस्तुत छ, कुराकानीको सारः 

नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि, चन्दा चौधरीको आमन्त्रणमा जनकपुर आएर छठ पर्वमा सूर्यलाई अर्घ्य पनि दिनुभयो । यसको खास सन्देश के हो ?

– मुख्य सन्देश भनेको इन्टिग्रेसनकै हो । हाम्रो नेपालमा हामी धेरै डाइभर्स्ड कल्चर भएको मानिस हो । हाम्रो मेन पहिचान भनेको नेपाली हो । हामी मधेशी, पहाडीको भगवान् पनि एकै हो । जसरी सूर्य भगवान्लाई उपासना गरेर छठ मनाइन्छ, म जीवनभर सूर्य भगवान्को उपासना गर्दै आएको मान्छे पनि हो । जनकपुरको छठ हेर्न मलाई मन पनि लागेको थियो, जनकपुरको छठको भव्यता हेर्न पनि म आएको हो ।


 
नेपाली कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिसँग खास गरेर कांग्रेस महाधिवेशनपछि तपाईंहरूसँगको सम्बन्धमा तिक्तता आएको थियो । अहिले तपाईंलाई उहाँले विमानस्थलमै स्वागत गर्नुभयो । आफ्नै घरमा खाना खुवाउनुभयो । अहिले बिदाइ गर्न विमानस्थल आउनुभएको छ । तपाईंहरूको सम्बन्ध सुध्रिएको सन्देश हो यो ?

– बाहिर अब के–के न ढिसुम–ढिसुम वार तथा फाइट नै परेको हो कि जस्तो हल्ला हुन्छ । वाइल्ड बेस्ड सिनेमामा जसरी पेस्तोल निकालेर दनादन फायर गर्ने गरिन्छ, त्यस्तो पोलिटिक्समा हुँदैन ।

उहाँहरू कम्पिटिटर हो । उहाँले मेरो हस्बेन्डलाई भनेरै उठ्नुभएको थियो । उहाँले शेरबहादुरजीलाई म यसपालि सभापतिमा उठ्छु है भनेरै उठ्नुभएको थियो । उहाँले पनि ‘हुन्छ तिमी उठ’ भनेर भन्नुभएको हो । अब त्यो च्याप्टर बन्द भइसक्यो । उहाँ उठ्नु पनि भयो । दोस्रो चरणमा समर्थन पनि गर्नुभयो । अब त्यो च्याप्टर क्लोज भइसक्यो । 

उहाँ (निधि) त हाम्रो धेरै ठूलो नेता हो । उहाँलाई कसैले नमानेर हुन्छ र ? उहाँलाई त चिनेको कतिदेखि हो, बिसौं वर्षदेखि हो । मैले मेरो हस्बेन्डलाई चिनेपछि उहाँलाई पनि चिनेको हो । उहाँको परिवारलाई चिनेको हो । उहाँका छोराहरू सानै हुँदादेखि मैले चिनेको हो । हामी दुवै जनाबीच पारिवारिक सम्बन्ध पनि छ । त्यसैले एउटा इस्यूमा केही भयो, कम्पिटिसन पर्दैमा दुस्मनी हुन्छ भन्ने कुरा हुँदैन, पोलिटिक्समा यसो गर्न मिल्दैन ।

त्यसो हो भने निधिजी पनि अब संस्थापन पक्षमै आइसक्नुभयो ?

– अफ कोर्स । हामी सबै अब एउटै टीममा छौं । शेखरजी त अब हामीसँग मिलिसक्नुभयो । उहाँले अस्ति नै भन्नु पनि भयो, हामी सबैले मिलेर नै टिकट बाँडेका हौं । त्यसो नगर्ने हो भने पार्टी नै चल्दैन । नत्र फ्यामिली सिस्टम भइहाल्यो नि ! आफ्नो आफ्नो क्लब ! आफ्नो मन परेको मात्र गर्ने हो भने त पार्टी चल्दैन नि !

तपाईं आफैंले लामो तयारी गरेर पनि प्रत्यक्ष चुनाव नलडेर किन समानुपातिकको बाटो रोज्नुभयो ?

– मेरो स्वास्थ्यका कारण नै मैले समानुपातिक रोजेको हो । जुन र जुलाई महिनामा गरी २ वटा सर्जरी भयो । त्यसपछि फेरि कोभिड पनि भयो । त्यसकारण मैले जति मेहनत गर्नुपर्ने थियो, त्यो गर्न नसकेकै कारण प्रत्यक्ष चुनाव नलडेको हो । तयारी त थियो तर स्वास्थ्यले नै साथ नदिएपछि नलडेको हो ।

चुनाव हारिन्छ भनेरै प्रत्यक्षमा लड्न डराउनुभयो भन्ने आरोप छ नि ?

– त्यो त कसको कन्फिडेन्स छ र ? म त कहिल्यै डराउने मान्छे होइन । फिल्डमा ओर्लिएपछि ब्याटल नै गर्ने मान्छे हो । एकपटक हार्दैमा डराएर भाग्ने मान्छे हो जस्तो तपाईंलाई लाग्छ ? डराएर भाग्ने मान्छे त पोलिटिक्स नै गर्दैन नि ! 

भावी प्रधानमन्त्रीको रूपमा जबरजस्त तपाईंको नाम जोडिएको छ, त्यो रेसमा हो ?

– स्योर, पोलिटिक्स गर्ने हरेक मानिसको चाहना प्रधानमन्त्री नै बन्ने हुन्छ । त्यसकारण मेरो पनि चाहना हुनु स्वाभाविक नै हो । भावी प्रधानमन्त्रीको रूपमा  मान्छेले मेरो नामको चर्चा गरेको होला तर म त्यो रेसमा भने छैन । मैले प्रधानमन्त्रीको लागि दाबी गरेको छैन । किनभने आई एम स्टिल टू यङ । प्रधानमन्त्री बन्नका लागि धेरै अनुभव चाहिन्छ । यत्तिकै मिडियाले बनाएर भइहाल्ने हुन्न । त्यसो भए त धेरै राम्रो हुन्थ्यो ।

उमेरका कारण शेरबहादुर देउवा फेरि प्रधानमन्त्री नबन्ने भन्ने कुरा कति सत्य हो ?

– होइन । किनभने प्रधानमन्त्री बन्नका लागि उमेरले छेक्ने कुरा हुँदैन । जो दिग्गज छ, जसले चलाउन सक्ने हो उही बन्ने हो । एजको विषय कुनै फ्याक्टर नै होइन । 

त्यसो भए मंसिर ४ पछि सत्ता गठबन्धनबाट अबको प्रधानमन्त्री को बन्नुहुन्छ ?

– शेरबहादुर देउवा ।

तर नेपाली कांग्रेसबाट नै रामचन्द्र पौडेल, गगन थापालगायतले आफ्नो दाबी पेश गरिरहनुभएको छ नि ?

– त्यो दाबी सबैको हुन्छ । राजनीतिमा सबैले दाबी गर्न पाइन्छ । झन् हाम्रो पार्टीमा त खास गर्न पाइन्छ । किनभने हाम्रो पार्टी प्रजातान्त्रिक पार्टी हो । जो संसदीय दलको नेता हुन्छ, त्यही मानिस प्रधानमन्त्री बन्छ । अब कस्तो किसिमको नतिजा आउँछ, त्यो हेर्न नै बाँकी छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि भावी प्रधानमन्त्रीको दाबेदार हो नि ?

– अफ कोर्स । उहाँ पनि भावी प्रधानमन्त्रीको दाबेदार हो । उहाँ फर्मर प्राइम मिनिस्टर हो । उहाँ पनि दाबेदार हो ।

त्यसो हो भने शेरबहादुर र प्रचण्डमध्ये को बन्नुहुन्छ होला अबको प्रधानमन्त्री ?

– अब म ज्योतिष होइन । कसरी भन्नसक्छु ?

गठबन्धनमा पावर शेयरिङको विषयमा कुनै सहमति भएको छ कि छैन ?

– त्यो मलाई थाहा छैन ।

चुनावलगत्तै प्रचण्ड र त्यसपछि तपाईं प्रधानमन्त्री बन्ने भनेर भारतमा सहमति भएको हो भन्ने पनि छ नि ?

– तपाईंले प्रचण्डजीको अभिव्यक्ति सुन्नुभएन । उहाँले प्रेस बोलाएरै सबै वाहियात गफ हो भनेर भनिसक्नुभएको छ । साँचिक्कै त्यो वाहियात गफ नै हो । म २ वटा अप्रेसन गराएर त्यहाँबाट आएको हो । उहाँले एज ए पोलिटिकल कलिग ब्रेकफास्ट खान मात्र बोलाएको हो । हामीले ओपन्ली ब्रेकफास्ट खाएको हो, त्यो पनि राजदूतावासमा । त्यहाँ भएभरका कर्मचारीहरू पनि थिए । सबै नेपाली मानिस नै थिए त्यहाँ । हुँदाहुँदै त्यहाँ ड्राफ्ट शुद्ध लेखेर सहमति भयो भन्ने बाहिर हल्ला फैलाइयो । 

कुनै सहमति गर्नु नै परे नेपालमै गर्थ्यौ र नेपालमा प्रधानमन्त्री कसरी बन्छ भन्ने कुरा त तपाईंलाई थाहै छ । हरेक सांसदले भोट हाल्नुपर्छ । पहिला आफ्नो पार्टीको संसदीय दलको नेता हुनुपर्‍यो । त्यसपछि अरु जोसँग गठबन्धन हुने हो, त्यसले पनि भोट हाल्नुपर्छ । कोहीले यसो मिलाइदिएर हुने फर्मुला हो र यो ? त्यस्तो हुने कुरा होइन ।

भारतीय नेताहरूसँग तपाईंको बढ्दो भेटघाट तथा सम्बन्धलाई लिएर कांग्रेसकै अन्य नेताले आशंका गरिरहेका छन् नि ?

– (हाँस्दै) किन भारतीयलाई भेट्नुहुन्न र ? यस्तो हो बीजेपीसँग हामी नेपाली कांग्रेसको एउटा रेसिप्रिटी, पार्टी टु पार्टी सम्बन्ध छ । हाम्रो पार्टीको मात्र छैन, केपी शर्मा ओलीजीको त चाइनिजहरूसँग पनि छ । ओलीजीको पार्टीलाई त चाइनिजहरूले यहीँ आएर प्रशिक्षण नै दिनुभएको थियो । त्यसको त तपाईंहरूबाट केही प्रश्न भएन ।  

मैले त भारतीय नेतालाई राखी पनि बाँध्या हो । त्यो हाम्रो कल्चर पनि छ । अब गएर भेट्ने बित्तिकै यो होला कि त्यो होला भनेर भएन र पोलिटिक्स हो, कुनै कुरा पनि गोप्य रूपमा हुँदैन । केही कुरा हुन्छ भने हामीले तपाईंहरूलाई यसरी–यसरी भयो भनेर ओपन्ली नै भन्छौं नि ! यसमा लुकाउनुपर्ने केही कुरा छैन । हो, विजय चौथाईवाला र हाम्रो एकदमै राम्रो सम्बन्ध छ । हाम्रो पार्टीकै सबै जना साथीहरूलाई उहाँहरूले धेरै माया पनि गर्नुहुन्छ । हाम्रो उहाँसँग राम्रो सद्भावपूर्ण सम्बन्ध पनि छ । हामीले उहाँहरूबाट सिक्नुपर्ने धेरै कुरा छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x