×

NMB BANK
NIC ASIA

सबै देशका पर्यटकहरू नेपाल भित्र्याउने ‘पर्यटक भ्रमण दशक’

कात्तिक १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले विश्वभरका पर्यटकहरूलाई नेपाल भित्र्याउने गरी पर्यटन क्षेत्रको विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विश्वभरका पर्यटकहरूलाई नेपाल भित्र्याउनका लागि ‘पर्यटक भ्रमण दशक’ कार्यक्रमलाई अभियानको रूपमा अघि बढाउने उनको भनाइ थियो । 

Muktinath Bank

थाहा नगरपालिकाले शुक्रवारबाट काठमाडौंको वसन्तपुर डबलीमा आयोजना गरेको ‘थाहा पर्यटकीय फोटो प्रर्दशनी’को उद्घाटन गर्दै मन्त्री श्रेष्ठले कल्चर, नेचर र यहाँ रहेका वैभवहरूका लागि पूर्वाधार विकास गरी नेपालमा बाह्रै महिना पर्यटकहरू आकर्षित हुने गरी आफूले योजना तयार पारेको दाबीसमेत गरे । पर्यटन क्षेत्रको समावेशी विकासका लागि आफूले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना तयार परेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले त्यसको कार्यान्वयनमा जोड दिनेसमेत बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नेपाललाई १२ महिनानै पर्यटन गन्तव्य स्थलको रूपमा स्थापित गर्नुपर्छ भन्ने मान्यतासहित अहिले पर्यटन मन्त्रालयले कार्यक्रमहरू अगाडि सारेका छौँ । र, म यो मन्त्रालयको जिम्मेवारीमा आइसकेपछि ७३ बुँदाको पर्यटन विकासको कार्यक्रमहरू तत्कालीन, मध्यकालीन र दीर्घकालीन महत्वको कार्यक्रमहरू अगाडि सारेको छु । र, पर्यटन क्षेत्रलाई समावेशी ढंगबाट विकास गर्ने उद्देश्यसहित कार्य योजनाहरू तयार गरेको छु’, मन्त्री श्रेष्ठले भने, ‘नेपालको पर्यटन क्षेत्र अव हिमाल र ट्रेकिङमा मात्रै होइन्, हाम्रा कल्चरहरू, नेचरहरू र यहाँ रहेका जुन वैभवहरू छन् । यसलाई पूर्वाधार विकास गरेर १२ महिनानै पर्यटकहरू आउन सक्ने वातावरण तयार गर्नुपर्छ भन्ने मान्यताहरूसहित हामीले पर्यटनको योजना अगाडि सार्‍यौँ । अब नेपाल भ्रमण वर्ष भनेर जुन यस क्षेत्रको प्रमोशनको कामहरू गर्‍यौँ । अब हामीले दीर्घकालीन रुपमा पर्यटन क्षेत्रको दिगो विकास गर्ने भनेर २०२३ देखि २०३२ सम्मलाई ‘पर्यटक भ्रमण दशक’ भनेर घोषणा गरेका छौँ ।’


Advertisment
Nabil box
Kumari

मन्त्री श्रेष्ठले थाहा नगरपालिकाले आयोजना गरेको फोटो प्रर्दशनीले पनि नेपाललाई पर्यटन क्षेत्रको गन्तव्यको रुपमा विकास गराउन सहयोग पुर्‍याउने विश्वाससमेत व्यक्त गरे । ३ दिनसम्म चल्ने प्रर्दशनीमा थाहा नगरपालिकाको सांस्कृतिक, प्राकृतिक तथा धार्मिक महत्वका सम्पदाहरूको चित्रण गर्ने प्रयास गरिएको थाहा नगरपालिकाले जनाएको छ । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x