×

NMB BANK
NIC ASIA

लुम्बिनीमा समृद्धि र विकासको योजना टुंगोमा पुर्‍याउछौँ : गिरी

कात्तिक १८, २०७९

NTC
Premier Steels

नेकपा एमालेका पोलिटब्यूरो सदस्य, लुम्बिनी प्रदेशका सह–इन्चार्ज, लीला गिरी राजनीतिज्ञहरूमध्ये शालिन र अनुशासित मानिन्छन् । एमालेबाट उनी लुम्बिनी प्रदेशका भावी मुख्यमन्त्रीका दाबेदार हुन् । 

Muktinath Bank

प्रदेशका पूर्वमन्त्रीसमेत रहेका गिरीको विशेषता अनुभवी, समाजसेवामा निरन्तर समर्पित र इमानदारिता हो । निष्ठावान, जिम्मेवारीमा प्रतिबद्ध, समन्वयकारी स्वभाव, सत्यका पक्षपाती र सुशासनका माध्यमबाट उनले विशिष्ट पहिचान बनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुपन्देही क्षेत्र नं. २ (१) बाट लुम्बिनी प्रदेश सभामा उनी अहिले एमालेबाट उम्मेदवार छन् । लुम्बिनी प्रदेश सरकारमा उनी संस्थापक मन्त्रीसमेत बनेर अनुभव हासिल गरेका छन् । 


Advertisment
Nabil box
Kumari

समृद्ध लुम्बिनी प्रदेशको खाका बनाउने, समृद्धिका आधार तयार पार्ने, आधार साकार पार्नका लागि आवश्यक कार्यक्रम तयार पार्ने काममा उनको नेतृत्वदायी भूमिका रहेको छ । आफूहरूकै नेतृत्वमा तयार भएका समृद्धिका आधारलाई साकार पार्न र यसअघिको अनुभवबाट नतिजा दिनका लागि अवसर दिनुपर्ने उनको अपेक्षा छ । 

Vianet communication

प्रदेशमा जनआकांक्षा अनुसारका विकास निर्माणका कामलाई अगाडि बढाउने काममा मन्त्रीका रूपमा नेता गिरीले पनि अगुवाई गरेका थिए । लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन विकास, एसियाकै ठूलो राप्ती उपत्यका, तराई, पहाड र हिमाल समेटिएको, बहुल संस्कृति, भेषभूषा, जातजाति रहेको लुम्बिनी प्रदेशलाई समृद्ध बनाउने आधार तयार पार्ने काममा लिला गिरीको नेतृत्वदायी भूमिका छ । 

तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा लुम्बिनी प्रदेशका समृद्धिका आधार तयार पार्ने र तिनलाई साकार पार्न उपयुक्त कार्यक्रम बनाउने काम पनि उनकै अगुवाइमा भएको थियो । 

लुम्बिनीको समृद्धि र विकासका अधुरा कामलाई टुंगोमा पु¥याउन आफू फेरि उम्मेदवार बनेको बताउँछन् । गिरीसहितका नेता कार्यकर्तालाई समृद्ध देश र विकासका अधुरो काम टुंगोमा पु¥याउन मत दिने मतदाताहरूको भनाइ छ ।

लुम्बिनी प्रदेश सरकारमा ०७४ चैत ५ गतेदेखि ०७८ वैशाख ६ गतेसम्म मन्त्रीका रूपमा जिम्मेवारी बहन गरेका थिए । लुम्बिनी प्रदेश सरकारमा पहिलो उद्योग, वन, पर्यटन र वातारणमन्त्री, केही समय आन्तरिक मामिला तथा कानूनमन्त्री र स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारी बहन गरे । यसअवधिमा यस प्रदेशका १२ जिल्लामा विभिन्न योजना निर्माण र कार्यान्वयनका लागि आवश्यक बजेटको विनियोजन गराए । 

साथै यस निर्वाचन क्षेत्रमा (रुपन्देही क्षेत्र नंं २ (१) का लागि चालु आवमै करिब एक सय वटा योजना र तिनका लागि झण्डै डेढ अरब रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ । बुटवल उपमहानगर र तिलोत्तमा नगरपालिका विभिन्न वडाहरूमा केन्द्रित गर्दै झण्डै एक सय वटा योजनाहरू छनोट गरी कार्यान्वयन भइरहेका छन् । 

योजनाविनाको विकास दीर्घकालका लागि हुँदैन भन्नेमा आफू विश्वास रहेको गिरीको भनाइ छ । ‘समृद्ध लुम्बिनी प्रदेशको खाका तयार पार्ने कामको नेतृत्व गर्नेलाई नै समृद्धिका आधार साकार पार्ने काममा अवसर दिनुपर्छ । शुरू भएका दीर्घकालीन महत्वका योजनाहरूलाई सञ्चालन गर्न, साकार पार्न पनि अनुभवी र योग्य नेतृत्वको आवश्यकता छ’, उनले भने, ‘परिपक्व, जुझारु र पार्टीको केन्द्रीय नेतृत्वमा रहेका, जनताको भावना बुझ्न सक्ने, जनताको भाषा बोल्नसक्ने सक्षम ब्यक्तिलाई एमालेले उम्मेदवार बनाएको छ ।’

राष्ट्रिय स्वाभिमानको सम्पदा स्थल तत्कालीन अंग्रेज फौजलाई हराएको जीतगढी किल्लाको संरक्षण र प्रबद्र्धनका काम जारी छ । बुटवलदेखि ऐतिहासिक नुवाकोट गढीसम्मको सडक विस्तार र नुवाकोटको प्रबद्र्धन र सैनामैनामा प्रदेशस्तरको एकीकृत फोहोर प्रशोधन केन्द्र निर्माणको शुरुवात पनि गिरीकै पहलमा भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x