×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री कप क्रिकेट : आर्मी विजयी

कात्तिक १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सुदूरपश्चिम प्रदेशमाथि १ सय ६९ रनको फराकिलो जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मीले राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न शुक्रवारको खेलमा आर्मीले सुदूरपश्चिमलाई फराकिलो अन्तरले पराजित गरेर दोस्रो खेलबाट पहिलो जित निकालेको हो । 

Muktinath Bank

यसअघि पहिलो खेलमा आर्मीले अर्को विभागीय टोली एपीएफलाई ५६ रनको नतिजा सुम्पिएको थियो । आर्मीले दिएको २ सय ८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमले २९ ओभर ४ बलमा अलआउट हुँदै १ सय १३ रन मात्र बनाउन सक्यो । सुदूरपश्चिमका लागि वसन्त खत्रीले सर्वाधिक २५ रन जोड्दा नारायण जोशीले १९ रन जोड्दा गजेन्द्र भण्डारीले १७ तथा टेक रावलले १५ रन बनाए । वसन्त कार्की १४ तथा मिलन बोहरा १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । सुदूरपश्चिमको इनिङलाई सस्तैमा समेट्ने क्रममा जितेन्द्र मुखियाले ३ विकेट लिए । विक्रम सोब र शादव खानले २÷२ विकेट लिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८२ रन बनाएको थियो । आर्मीका लागि अर्जुन साउदले सर्वाधिक ७३ रनको अर्धशतकीय इनिङ खेले । अर्धशतकीय इनिङ खेलेका रोहित पौडेलले ५२ रन जोडे । त्यस्तै, कुशल मल्लले ४३ रन जोड्दा भीम सार्कीले ३४ तथा कप्तान विनोद भण्डारीले २८ रन बनाए । विक्रम सोब १५ रनमा अविजित रहदा सोनु तामाङ १६ रनमा आउट भए । 


Advertisment
Nabil box
Kumari

सुदूरपश्चिमका हेमन्त धामी, नारायण जोशी र गजेन्द्र बोहराले २/२ विकेट लिए । यस जितसँगै आर्मीले २ खेलमा २ अंक जोडेको छ । आर्मी तेस्रो स्थानमा उक्लिएको छ । उता लगातार तेस्रो हार व्यहोरेको सुदूरपश्चिम पुछारमा छ भने सुदूरपश्चिम प्रतियोगिताबाट समेत बाहिरिएको छ । 

Vianet communication
Laxmi Bank

प्रतियोगिताअन्तर्गत शुक्रवार नै भएको अर्को खेलमा एपीएफ र गण्डकीप्रदेशबीच खेल टाइ भएको छ । यससँगै दुवै टोलीले १–१ अंक बाँडेका छन् । मैदान ओसिलो भएका कारण ४३ ओभरमा घटाइएको खेलमा एपीएफले दिएको १ सय १६ रनको लक्ष्य गण्डकीले ३१ ओभरमा ९ विकेट गुमाएर १ सय १५ रन बनाउन सक्यो । नौ विकेट गुमिसकेको अवस्थामा ३१औँ ओभरको अन्तिम बलमा ब्याटिङमा रहेका कमल परियार मौसम ढकालको बलमा बोल्ड हुँदै पवेलियन फर्किएपछि खेल टाई भएको थियो । 

यसअघि गण्डकीका अभिषेक बस्नेतले सर्वाधिक २४ रनको पारी खेल्दा ओपनर अर्जुन कुमालले १८, कप्तान विपिन खत्रीले १७ तथा कमल ढकालले ११ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको व्यक्तिगत स्कोर बनाउन सकेनन् । बलिङतर्फ एपीएफका मौसम ढकाल र किशोर महतोले समान ४/४ विकेट निकाल्दा भुवन कार्कीको नाममा दुई विकेट रह्यो ।

मूलपानी मैदानमा यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफले ३५.१ ओभरमा सबै विकेट गुमाएर १ सय १५ जोडेको थियो । एपीएफका दुवै ओपनरले राम्रो शुरुवात गर्न सकेनन् । एपीएफका लागि भुवन कार्कीले बनाएको नटआउट २४ रनको पारी नै सर्वाधिक रन रह्यो । यसअघि पूर्ण विकले २३ को व्यक्तिगत स्कोर बनाउँदा लोकेश बम र सन्दीप जोराले समान २२/२२ रनको योगदान गरे । 

अमर रौटेलाले १३ रन जोड्दा कप्तान शरद भेषवाकर विपिन खत्रीको बलमा बोल्ड हुँदै पवेलियन फर्किएका थिए । एपीएफका तीन ब्याट्सम्यान शून्यमा पवेलियन फर्किएका थिए । बलियो एपीएफलाई रोक्ने क्रममा अमृत गुरुङ र अर्जुन कुमालले समान ३/३ विकेट लिए । यस्तै सुवास भण्डारीको नाममा २ विकेट रहँदा चन्द्र पौडेल र विपिन खत्रीले १/१ विकेट निकाले । यससँगै एपीएफ र गण्डकीले समूह ‘ए’ को अंक तालिकामा समान ५ अंक बनाएका छन् । तीन खेलबाट दुवै टोलीले समान २/२ खेलमा जित निकालेका छन् । एपीएफ रन रेटको आधारमा समूह तालिकाको शीर्ष स्थानमा छ ।

प्रतियोगितामा शनिवार पनि दुई खेल हुनेछन् । कीर्तिपुरमा एपीएफ र कर्णालीबीच खेल हुनेछ भने मूलपानी मैदानमा लुम्बिनी र मधेश प्रदेशबीच खेल हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x