×

NMB BANK
NIC ASIA

प्रचण्डको पछि लाग्नुभन्दा बरु चुप लागेर आफ्नाे सुति-खेती गरेर खाए हुन्छ : ओली

कात्तिक १९, २०७९

NTC
Premier Steels

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा टिक्न नसक्ने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निर्वाचन लड्न गोरखा जानु परेको टिप्पणी गरेका छन् । उनले आफ्नै जिल्लामा निर्वाचन लड्न नसकेर गोरखा जाने प्रचण्डलाई स्वदेश तथा विदेशमा रहने कुनै पनि नेपालीले साथ दिन नहुने तर्कसमेत गरे । 

Muktinath Bank

प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिवार काठमाडौंमा उद्घाटन गर्दै ओलीले प्रचण्डले आफ्नै नेतृत्वमा चलाएको युद्धका कारण धेरै नेपालीले बेसहारा जीवन गुजार्नु परेको उल्लेख समेत गरे । प्रचण्ड सशस्त्र युद्धका कारण पीडामा परेकाहरूलाई बेवास्ता गरेर आफ्ना परिवार र आफ्न्तको हितमा मात्रै लागिपरेको उनको आरोप थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘देशमा १७ हजार मानिस मारिए । विधवा छन कति ? एकल छन् कति ? टुहुराटुहुरी छन् कति ? बेसहारा बुबा, आमाहरू कति छन् कति ? शरीरमा गोली लिएर, अंगभंग भएर ह्वील चियरमा लौरा टेकेर, बैशाखी टेकेर घसारिएर कोही हिँडेका छन् । कोही उठ्न सक्ने अवस्था छैन । उनीहरूले नियमित रुपमा उपचार गराइरहनु परेको छ । अनेक पिटाइका कारणले, यातनाका कारणले । अरु विभिन्न देशका इफेक्ट । तर, सञ्चालन गर्ने नेता, तिनका परिवार, तिनका आफन्त मैले भनिरहन परेन’, ओलीले भने, ‘त्यस्ताका पछाडि नेपालभित्र मात्रै होइन, जो आफ्नै गाउँ चितवनमा टिक्न नसकेर भागेर गोरखा जान्छ । अब विदेशमा त्यस्ताका पछाडि लागेर संगठन बनाएर हुन्छ के ? त्यो भन्दा त बरु चुप लागेर सुति-खेती गरेर खाए हुन्छ नि । विदेशमा जानु छ, प्रचण्डको संगठन बनाउनु छ । यो कुराबाट सचेत गराएर ती साथीभाईलाई उठाउने कसले ? त्यसबाट उन्मुक्ति दिने कसले ? यसको जिम्मा प्रवासी नेपाली मञ्चले लिनुपर्छ ।’


Advertisment
Nabil box
Kumari

ओलीले आगामी निर्वाचनपछि एमाले एक्लैले बहुमतको सरकार बनाउने दाबीसमेत गरे । उनले सत्तारुढ गठबन्धनले आगामी निर्वाचनमा जनमत पाए लुटपाट शुरु हुने र देश कंगाल बन्ने जिकिरसमेत गरे । उनले सत्तारुढ गठबन्धन मृत अवस्थामा पुगिसकेकाले यसले देशको, जनताको माया नगरेको समेत बताए । 

Vianet communication

‘यो अहिलेको जुन गठबन्धन छ । यिनीहरूको मुख ६ तिर फर्केको छ । मैले धेरै ठाउँमा भन्ने गरेको छु–छ तिर फर्केका छन् । यिनको केही विचार छैन । तर, चपाएको चपाएकै छ । अब यो मंसिर ४ को निर्वाचनले यसको बीचमा फैसला गर्नुपर्ने छ । अहिले मैले भनेको खन्चुवा गठबन्धन, भिजनहीन, गन्तव्यहीन, नीतिहीन, थितिहीन, विधिहीन यसले जनता देख्दैन । देशको किन्चित माया छैन । यो पहिल्यै मरिसक्यो । अब त्यस स्थितिबाट देशलाई बचाउनका लागि यो १६ महिनामा कंगाल पार्नेहरूले जनादेश पनि पाए भने, परमादेश होइन, जनादेशबाट पनि आयौँ हामी भन्ने मौका पाएभने यिनले त कसरी लुट्छन होला । लखनउ लुट भनिन्थ्यो । त्यसमा त गहनामात्रै लुटिन्थे । सुन, चाँदी, हिरा, मोती मात्रै लुटिन्थ्यो । यिनले पर्दा, झ्याल, ढोका पनि फुटाउन लाग्दछन् । यस्तो लुट हुन्छ । र, देश कंगाल हुन्छ’, ओलीले भने, ‘आज नेपाललाई चाहिएको भनेको बलियो राष्ट्रिय शक्ति हो । वीथ मिसन, वीथ भिसन, वीथ पोलिसिज, वीथ प्रोग्राम । एमाले एक्लै सरकार बनाउन सक्छ । बहुमत ल्याउन सक्छ । बहुमतको सरकार बनाउन सक्छ । तर, यसको अर्थ हामी कसैलाई सरकारमा लिँदैनौं भन्ने होइन । तर नेकपा एमालेको अघि सारेको मिसन, भिजन कुनै पनि कुरामा तलमाथि नपर्ने गरी अरु पार्टीहरू पनि एमालेको सरकारमा सहभागी हुनेछन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x