×

NMB BANK
NIC ASIA

१४ प्रतिबद्धता र १३ राजनीतिक अवधारणसहित लोसपाको घोषणापत्र सार्वजनिक

कात्तिक २०, २०७९

NTC
Premier Steels

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक सो पार्टीको चुनावी घोषणापत्रमा १४ प्रतिबद्धता र १३ राजनीतिक अवधारणा प्रस्तुत गरिएको छ । 
विभिन्न ६ परिच्छेदमा विभक्त गरिएको घोषणापत्रको पहिलो परिच्छेदमा अध्यक्ष महन्थ ठाकुरको आह्वान र पृष्ठभूमि समेटिएको छ । यस्तै दोस्रोमा मधेसी दलहरुको टुटफुट र अन्तरघातको चर्चा गरिएको छ भने त्यसपछि संविधान संशोधनका विषयमा स्पष्ट गरिएको छ । लोसपाले संविधान संशोधन अनिवार्य भएको जनाएको छ । 

Muktinath Bank

चौथो परिच्छेदमा पार्टीको राजनीतिक अवधारणा स्पष्ट गरिएको छ भने पाँचौमा पार्टीको प्रतिबद्धता र छैटौँमा पार्टीका नाराहरु समेटिएको छ ।  लोसपाले आफ्नो घोषणापत्रमा सक्षम नेतृत्व, प्रभावकारी सेवा र भ्रष्टाचाररहित स्थानीय सरकारमा प्रतिबद्धता जनाएको छ । यसैगरी पार्टीले व्यवहारिक शिक्षाको विकास, स्वस्थ नागरिक एवम् समृद्ध देश, महिला सशक्तीकरण, कृषिको आधुनिकीकरण, चुरे संरक्षण, जेष्ठ नागरिकको सम्मान, युवा सशक्तीकरण एवम् उद्यमशीलता प्रवर्द्धन, प्रभावकारी विपद् व्यवस्थापन, भौतिक पूर्वाधारको विकासमा जोड दिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनकपुरलाई अन्तर्राष्ट्रिय पर्यटन एवम् विश्व हिन्दूको केन्द्र बनाउने, वीरगन्जलाई मधेस प्रदेशको आर्थिक कारोबारको केन्द्र बनाउने, विराटनगर, भैरहवा र नेपालगन्जलाई आर्थिक विकासको मेरुदण्ड बनाउने र लुम्बिनीलाई बुद्ध धर्मावलम्बीहरुका लागि अन्तर्राष्ट्रिय तीर्थस्थल एवम् ध्यानकेन्द्रको रुपमा विकास गर्ने लोसपाले प्रतिबद्धता जनाएको छ । 


Advertisment
Nabil box
Kumari

यसैगरी लोकतन्त्रको रक्षा गर्ने, नेपाललाई एक बहुराष्ट्रिय राज्य बनाउने, पहिचानसहितको संघीयताको पक्षमा वकालत गर्ने, लोकतान्त्रिक समाजवादीको सिद्धान्त अंगीकार गर्ने, समानुपातिक प्रतिनिधित्व, संसदीय व्यवस्थाको निरन्तरता, मिश्रित निर्वाचन प्रणालीको निरन्तरता, समावेशी र समतामूलक राज्यवस्था, व्यवहारिक विदेश नीति, मिश्रित अर्थनीति, सुशासन र भ्रष्टाचारमुक्त समाज र पर्यावरणीय सन्तुलनलाई पार्टीले आफ्नो राजनीतिक अवधारणामा समेटेको छ । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x