×

NMB BANK
NIC ASIA

तपाईं मत बदल्नुस्, हामी अवस्था बदल्छौं : राजेन्द्र लिङ्देन

कात्तिक २५, २०७९

NTC
Premier Steels

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले मत बदले देशको अवस्था राप्रपाले बदल्ने बताएका छन् ।

Muktinath Bank

स्याङ्जाको वालिङमा शुक्रवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशमा ठूला भनिएका पार्टी तथा नेतालाई धेरैपटक विजयी बनाए पनि देशको अवस्था उही रहेकाले एकपटक राप्रपालाई मतदान गर्न आग्रह गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कांग्रेस, कम्युनिस्टलाई धेरैपटक विजयी बनाउनुभयो, मत बदल्नुभएन र देशको अवस्था उही रह्यो,’ उनले भने, ‘एकपटक मनलाई मतसँग जोड्नुहोस् र मत बदल्नुहोस्, हामी देशको अवस्था बदल्छौं ।’


Advertisment
Nabil box
Kumari

आगामी मंसिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन आवधिक मात्रै नभई असल पार्टी र नेता चुन्नुपर्ने उनको भनाइ थियो ।

Vianet communication

‘यो निर्वाचन आवधिक निर्वाचन मात्रै होइन, असल पार्टी र नेता चुन्नेमात्रै होइन, विगतको समीक्षा र भविष्यको माग तय गर्ने महत्त्वपूर्ण अवसर पनि हो,’ उनले भने, ‘अहिलेसम्मका निर्वाचनमा ठीक पार्टी र ठीक नेता चुन्न नसकेकै कारण दुःख पायौं, अझै कति दुःख पाइरहने हो ? सोच्नुस् यो पटक ।’

देशलाई यो अवस्थामा पुर्‍याउनुको पछाडि पार्टी र नेता मात्रै दोषी नभई गर्दै गर्दैनन् भनेर जानीजानी उसैलाई मत दिने मतदाता पनि दोषी रहेको उनले बताए ।

‘कन्यादान दिने कुरा कतिपटक सोच्छौं, के हुने हो, कस्तो घर पर्ने हो, भन्दा भन्दै त कहिलेकाहीँ झुक्किन्छौं,’ उनले भने, ‘मतदान झन् ठूलो दान हो, तपाईंको गलत निर्णयले तपाईं मात्रै होइन समाज र राष्ट्र नै बिग्रन सक्छ बेलैमा सचेत हौं ।’

हिजो अर्को देशलाई सहयोग गर्ने देश आज मागी खाने, थापी खाने देशका रूपमा चित्रित भएको भन्दै उनले देशमा हाल रहेका ३ वटा सरकारलाई २ वटामा झार्नुपर्ने बताए ।

‘म कहिले पनि भ्रष्टाचार गर्दिनँ र अरुलाई गर्न पनि दिन्नँ,’ उनले भने, ‘भ्रष्टाचारी प्रवृत्तिमाथि डोजर चलाउने मन छ, म एक्लै संसद्मा पुगेर आवाज पुगेन, अरु पनि साथी सहयोगी पठाइदिनुहोस् भन्न स्याङ्जा आएको हुँ, तपाईंको सहयोग माग्न आएको हुँ ।’

चुनावी सभामा अभिनेत्री मनिषा कोइरालाले बीपीले अगाडि सार्नुभएको विचारजस्तै अहिले राप्रपाका विचार पनि मिल्ने भएकाले आफू पनि राप्रपाकै साथमा रहेको बताइन् । चुनावी सभामा राप्रपाबाट स्याङ्जा क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार लालगोपाल अर्याल, प्रदेश (१) का उम्मेदवार सागर गैह्रे, प्रतिनिधि सभाको समानुपातिकका उम्मेदवार देवी पराजुली लगायतले सम्बोधन गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x