×

NMB BANK
NIC ASIA

पर्यटन प्रवर्द्धनको रणनीतिक कार्ययोजना बनाउँदै बोर्ड

कात्तिक २८, २०७९

NTC
Premier Steels

नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि रणनीतिक कार्ययोजना निर्माण गर्ने भएको छ । बोर्डअन्तर्गत जीविकोपार्जन पुनःउत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) ले पर्यटन प्रवद्र्धनको योजनाका लागि विज्ञ सरोकारवालासँग छलछफल गरेको छ । 

Muktinath Bank

सोही प्रयोजनका निम्ति एसटीएलआरपीले विज्ञहरूको सहभागितामा विभिन्न प्रादेशिक मन्त्रालय, नगरपालिका तथा पर्यटनसँग सम्बन्धित निकायबीच कार्यशाला आयोजना गरिसकेको बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 उक्त कार्यक्रममार्फत आन्तरिक पर्यटनको वर्तमान स्थिति, प्रवद्र्धनमा बाधा पु¥याउने विद्यमान नीतिभित्रका अन्तरहरूको अन्वेषण र विश्लेषण गरिएको छ ।  साथै आन्तरिक पर्यटन प्रवद्र्धनका लागि नीतिगत सुधार, तीन तहका सरकारको भूमिका र दायित्व आदि विषयवस्तुमा गहन छलफल गरी आन्तरिक पर्यटन रणनीतिक कार्ययोजना निर्माण गरिने परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले जानकारी दिए ।
 
उनका अनुसार बोर्डले पहिलो चरणमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पर्यटन मन्त्रालय, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), होटल एशोसिएशन नेपाल (हान) तथा विभिन्न नगरपालिका र पर्यटनसँग सम्बन्धित अन्य सरोकारवाला सस्थासँग मिलेर कार्ययोजना तयार गर्न लागिएको छ । 


Advertisment
Nabil box
Kumari

प्रदेशमा आयोजना गरिएको कार्यशालामा विज्ञ तथा सरोकारवालाले स्पष्ट पर्यटनमैत्री नीति, पर्यटनमा एकद्वार प्रणाली, पर्यटन व्यवसायलाई २४ सै घण्टा सञ्चालनको व्यवस्था र जनशक्तिको क्षमता अभिवृद्धिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको बोर्डले उल्लेख गरेको छ । व्यवसायीले स्थानीय खाद्यान तथा घरबास कार्यक्रम ‘होमस्टे’ लाई प्रोत्साहन गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
 
     लुम्बिनीमा आयोजित कार्यशालामा सरोकारवालाले आन्तरिक पर्यटन प्रवद्र्धनको रणनीति आवश्यक रहेको बताउँदै आन्तरिक पर्यटन प्रवद्र्धनका लागि अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजना तर्जुमा गर्नुपर्ने कुरामा जोड दिएका छन् । सुदूरपश्चिमको धनगढीमा आयोजित कार्यशालामा नेपालमा आन्तरिक पर्यटनको प्रचुर सम्भावना रहेकाले यसको प्रवद्र्धनका लागि छुट्टै आन्तरिक पर्यटन प्रवद्र्धनको रणनीति एवं ठोस योजना आवश्यक रहेको सुझाएका छन् ।
 
     नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहकार्यमा कोभिड–१९ का कारण रोजगारी र आयआर्जनका अवसर गुमाएका पर्यटन क्षेत्रका श्रमिक मजदुरले अल्पकालीन रोजगारको अवसर प्राप्त गर्ने लक्ष्यका साथ कार्यक्रम ल्याइएको हो । प्रमुख पर्यटकीय गन्तव्यस्थलका पर्यटकीय सम्पदाको सम्वद्र्धन र विकासका कार्यक्रममार्फत पर्यटन उद्यमी र श्रमिकका लागि रोजगार र आयआर्जनका अवसरमा वृद्धि गर्ने परियोजनाको उद्देश्य रहेको छ ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x